सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार आइतबार सुन्दरहरैचामा ८ जना महिला र ५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र आइतबार २३९ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।
प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । आइतबार मात्र झापामा ११९, मोरङमा २३९ र सुनसरीमा ५६ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।


