All Posts By कोशी प्रेस

    Showing १,३७१-१,३८० of ११,७७० items.
  • इटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु, तीन घाइते

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ प्रगति टेक्स्टायल अगाडि कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते  भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार गएराती  बेलुका करिब ९ः३० बजे विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १(००१(००१ च ७५०५ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द शाह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा उपचारकै क्रममा राति करिब ११स्२० बजे मृत्यु भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १७६ पटक पढिएको
  • मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारको क्रममा मृत्यु

     इटहरी । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति ज्यान गएको हो । कारागार प्रशासक गौरव ढुंगेलका अनुसार तामाङलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति करिब १० बजेतिर विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार राति पौने ११ बजेतिर उनको मृत्यु भएको जानकारी कारागार प्रशासनले दिएको छ । ढुंगेलका अनुसार स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेका तामाङले यसअघिदेखि नै नियमित औषधि सेवन गरिरहेका थिए । तर, पछिल्लो पटक अचानक

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १८३ पटक पढिएको
  • भोजपुरको अरुणमा त्रि–धार्मिकस्थल निर्माण स् विविधताबीच एकता र सहअस्तित्वको सन्देश

    इटहरी । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले भोजपुर जिल्लाको अरुण गाउँपालिकास्थित म(याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् ।  धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा योजनाबद्ध रूपमा संरचना निर्माण गरेको हो । प्रतिष्ठानका सचिव सोमनाथ शर्माले तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको ब

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १५१ पटक पढिएको
  • धनकुटामा मतदाता शिक्षा अभियान तीव्र, बदर मत घटाउने लक्ष्य

    इटहरी ।  आगामी २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न  व्यस्त भइरहँदा मतदाता स्वयंसेवक भने मतदाता शिक्षा दिन व्यस्त छन् । मतदान प्रव्रिmयालाई सहज, सरल बनाउन, बदर हुने मत घटाउनका लागि आयोगले गत ३ गतेदेखि सुरु गरेको स्वयंसेवक १७ गतेसम्म  परिचालन  हुने छ । स्वयंसेवक टोल टोल÷घर घर पुगेर मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी जानकारी दिइरहेका धनकुटा नगरपालिका–१ को स्वयंसेवक रोजिना राई बताउनुहुन्छ । विशेष गरी न

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १७० पटक पढिएको
  • सुनसरी–२ मा स्वतन्त्र उम्मेदवार देवेन्द्र पौडेलको दाबी : अपाङ्गता शिक्षा र सुशासन मुख्य एजेण्डा

    सुनसरी । प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र पौडेल ले आफू विजयी हुने दाबी गरेका छन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले देशमा राजनीतिक अस्थिरताकै कारण सामाजिक, आर्थिक, भौतिक तथा राजनीतिक क्षेत्र कमजोर भएको बताएका छन्।सुनसरी–२ मा उनको चुनाव चिन्ह ‘ह्विलचेयर’ रहेको छ। फरक क्षमता भएका व्यक्ति स्वयं पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, शिक्षा र अवसर सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्। उनले छात्रावास सुविधासहित अपाङ्ग विद्यालय स्थापना गरी त्यसलाई क्रमशः विश्वविद्यालयसम्म विस्तार गर्ने अवधारणा अघि सारेका

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • ६०० पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह

    इटहरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ । अनुमति लिएका ड्रोन समेत यो समयमा उडाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले विज्ञप्ति मार्फत फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सुरक्षाको दृष्टि संवेदनशीलतालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार प्रशासनबाट सञ्चालन अनुमति लिएका ड्रोनहरू फागुन १८ गतेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २१५ पटक पढिएको
  • पाँचथरका उच्च पहाडी क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात

    इटहरी । भारतसँग सीमा जोडिएका पाँचथरका उच्च पहाडी क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । यस क्षेत्रमा गत कात्तिकयता पानी परेको थिएन । लामो खडेरीबीच मङ्गलबार दिउँसोदेखि सुरु भएको वर्षासँगै हिमपात भएको फालेलुङ–४, चाररातेका विमल गुरुङले बताउनुभयो । पर्यटकीय क्षेत्र फालेलुङको चारराते, तीनसिमाना, फालोट तथा याङवरकको चिवाभञ्ज्याङ र तिम्बु पोखरी क्षेत्रमा बाक्लो हिउँ परेको छ । यस्तै पहाडेमेगु, फलेके, मेजर, लामपोखरी र तोरीफुले लगायतका उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी प्रभावित भएको छ । पाँचथरको याङवरक गाउँपालिकास्थ

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • १८३ पटक पढिएको
  • झापामा यसपटक चुनावी सरगर्मीले लियो नयाँ रूप

    इटहरी । राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भाषणमा केन्द्रित हुने चुनावी शैली अहिले फेरिएको छ । अचेल यस्ता आमसभा र मञ्चसहितका चुनावी भाषण विरलै देखिन थालेका छन् । उम्मेदवारहरू यतिबेला मतदाताको ‘आँगन’ सम्म पुगेका छन् । राष्ट्रिय राजनीतिको मियो मानिने प्रमुख पार्टीका शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रका टोल र बस्तीहरूमा हात जोड्दै पुगिरहेको देखिन्छ । पसलदेखि घरखेतसम्म उम्मेदवारहरू पुगेर मतदातालाई आकर्षित गरिरहेका छन् । विगतमा शीर्ष नेता हेलिकप्टर चढेर देशव्यापी दौडाहामा निस्कने र आफ्नो क्

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • १९४ पटक पढिएको
  • माईजोगमाई गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई घरमै परिचयपत्र

    इटहरी ।  इलामको माईजोगमाई गाउँQपालिकामा अपाङ्गता भएका अशक्त व्यक्तिलाई घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।गाउँपालिकास्थित अपाङ्गता समन्वय समितिले वडा १ र ३ मा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र हस्तान्तरण गरेको हो । पालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत र पारिवारिक अवस्था बुुझ्ने, आवश्यक पुनस्थापना सेवाको पहिचान गर्ने, स्वास्थ परीक्षणका साथ अपाङ्गता परिचयपत्र हस्तान्तरण गर्ने साथै न्यानो कपडा वितरण गर्ने काम गरिएको गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता समन्वय समिति संयोजक प्रविना राईले बताउनुुभयो । परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राईसहित गाउँपालिका अध्य

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • १८८ पटक पढिएको
  • गैयाँराज आधारभुत विद्यालयको ४२ औँ अभिभावक दिवस सम्पन्न

     इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ७ स्थित गैयाँराज आधारभुत विद्यालयले आफ्नो ४२ औँ वार्षिककोत्सव मनाएको छ । सोमबार विद्यालय व्यावस्थापन समिती अध्यक्ष सुमित राईको सभाध्यक्षता तथा स्थानीय समाजसेवी गोपाल बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङगनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत विभिन्न खेलकुद तथा प्रतिस्पर्धात्मक विधाहरू सञ्चालन गरिएका थिए । जसमा कक्षा १ देखि ३ बीच आयोजित चक्लेट दौडमा एलिस्टजोन आछामी प्रथम, एसन राई द्वितीय र निश्चल खत्री तृतीय भएका थिए । कक्षा ४ र ५ मा छात्रतर्फ भाले जुधाई प्रतियोगितामा सन्जिब राई (कक्षा ५) विजेता बने भने छात्रातर्फ स्किपिङ प्रतियोगिता

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २१२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]