All Posts By कोशी प्रेस

    Showing १,३७१-१,३८० of १३,५८३ items.
  • सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

    इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ ।सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए । बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरूलाई पनि बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्‍याउनका लागि अगाडि बढाइने तयारी भएको छ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १६३ पटक पढिएको
  • टुङ्गिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित

    इटहरी । मोरङका केही क्रसर उद्योगले राजस्व हिनामिना गरेको आशङ्कामा सुरु भएको अनुसन्धान दुई महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण पूर्वपश्चिम राजमार्ग विस्तार कार्य प्रभावित भएको छ ।  राजमार्ग निर्माणका लागि निर्माण सामग्रीका रूपमा अस्फाल्टलगायत गिट्टी, ढुङ्गा आदि नदीजन्य पदार्थ आपूर्ति गर्दै आएका क्रसर उद्योग नै सरकारी छानबिनको दायरामा परेका थिए । छानबिनका लागि ती उद्योगमा ताला बन्द गरिएका कारण राजमार्गको पूर्व तथा पश्चिम खण्डमा कालोपत्रे गर्न तयारी अवस्थामा रहेको सडकको काम अगाडि बढ्न नसकेको हो । जिल्ला अनुगमन समितिले क्रसर उद्योग अनुगमन गरी जफत गरेर ल्याएको विवरण

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ८७ पटक पढिएको
  • पुरानो सिक्का देखाएर ठगी गर्ने पक्राउ

    इटहरी । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन् । भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ । यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणम

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ५८ पटक पढिएको
  • जीर्ण पुलले लियो ज्यान

    इटहरी। दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिएर एक जनाको ज्यान गएको छ । यहाँको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीमा भएर बग्ने गाडखोलामा निर्माण गरिएको काठे पुल भाँचिँदा सोही गाउँपालिका–८ गौलका अन्दाजी ५६ वर्षीय धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देबेन्द्रसिंह बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार काठको जीर्ण पुलबाट खोला तर्न खोज्दा पुल भाँचिएर धामी खोलामा खस्नुभएको थियो । सोमबार साँझ घरबाट तेल किन्न स्थानीय बजार मेलखेत जानुभएका धामी राति अबेरसम्म घर नफर्केपछि खोजी गरिएको थियो ।खोजी गर्ने क्रममा मङ्गलबार बिहान पुलभन्दा

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ११७ पटक पढिएको
  • कप्तानगन्ज घटना : छानबिन समितिले थाल्यो काम

    इटहरी। सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन मङ्गलबार जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास भइरहेको छ । सो घटनाबारे गठित छानबिन समितिले मङ्गलबारदेखि छानबिनको काम सुरु गरेको    छ ।  जिल्लाका केही स्थानमा मङ्गलबार पनि कफ्र्यु जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता, प्रशासनको निरन्तर समन्वय, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्ने प्रयास गरिएको छ । सुनसरीको दुहबी, पकलीलगायत स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्‍यालीको आयोजना गरेका छन् ।

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १०१ पटक पढिएको
  • सुनसरी घटनापछि शान्ति–सुरक्षा सुदृढ बनाउन उच्चस्तरीय छलफल

    इटहरी।  सुनसरीमा हालै भएको घटनापछि जिल्लाको शान्ति–सुरक्षा अवस्था, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने विषयमा मङ्गलबार अपराह्न उच्चस्तरीय छलफल सम्पन्न भएको छ।छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संसदीय दलका उपनेता गणेश पराजुली, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सुनसरी–३ का प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरकारका सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। बैठकमा घटनापछिको समग्र अवस्थाको समीक्षा गर्दै जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने रणनीतिबारे विस्तृत छलफल भएको प्रति

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १३८ पटक पढिएको
  • मोरङका क्रसर उद्योगमाथिको अनुसन्धान सुस्त बन्दा पूर्वपश्चिम राजमार्गको कालोपत्रे कार्य ठप्प, निर्माण सामग्रीको अभावले व्यवसायी चिन्तित

    इटहरी । मोरङका केही क्रसर उद्योगले राजस्व हिनामिना गरेको आशङ्कामा सुरु भएको अनुसन्धान दुई महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण पूर्वपश्चिम राजमार्ग विस्तार कार्य प्रभावित भएको छ । राजमार्ग निर्माणका लागि निर्माण सामग्रीका रूपमा अस्फाल्टलगायत गिट्टी, ढुङ्गा आदि नदीजन्य पदार्थ आपूर्ति गर्दै आएका क्रसर उद्योग नै सरकारी छानबिनको दायरामा परेका थिए । छानबिनका लागि ती उद्योगमा ताला बन्द गरिएका कारण राजमार्गको पूर्व तथा पश्चिम खण्डमा कालोपत्रे गर्न तयारी अवस्थामा रहेको सडकको काम अगाडि बढ्न नसकेको हो । जिल्ला अनुगमन समितिले क्रसर उद्योग अनुगमन गरी जफत गरेर ल्याएको विवरणका आधा

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १०८ पटक पढिएको
  • ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरे

    इटहरी  । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजारभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात् गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार गत आव २०८२÷८३ मा कुल एक हजार ३३१ विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका छन् । उक्त सङ्ख्यामध्ये ७९ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् भने अन्य विदेशी पर्यटक एक २५२ जना कञ्चनजङ्घा क्षेत्रको भ्रमण अएका संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ९० पटक पढिएको
  • इटहरीमा 'The Face of Beautician 2026' आयोजना हुने

    इटहरी /  'The Face of Beautician 2026' ले सौन्दर्य व्यवसायमा कार्यरत महिला ब्युटिसियनहरूको प्रतिभा, आत्मविश्वास र व्यवसायिक उत्कृष्टतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित इटहरीमा आयोजना गर्ने भएको छ । प्रतियोगिता केवल सौन्दर्य प्रतिस्पर्धा नभई ब्युटिसियनहरूको सीप, नेतृत्व, व्यक्तित्व विकास र व्यवसायिक पहिचान स्थापित गर्ने साझा मञ्च हुने र अडिसनबाट छनोट गरिएका २०–२५ जना प्रतियोगीलाई व्यक्तित्व विकास, स्टेज प्रस्तुति, ब्रान्डिङ, फोटोसुट तथा कन्टेन्ट निर्माणसम्बन्धी तालिम प्रदान गरिनेछ। प्रतियोगितामार्फत ब्युटिसियनहरूलाई सम्मान, महिला सशक्तीकरण, सौन्दर्य व्यवसायको प्रवर्द्धन तथा नेपालकै ब्

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ५४२ पटक पढिएको
  • झापामा ‘पुरानो र धार्मिक सिक्का’ देखाएर करोडौँ कमाउने प्रलोभनमा ठगी , हल्दिबारी र बाह्रदशीबाट तीन जना पक्राउ, प्रहरीद्वारा सचेत रहन आग्रह

    इटहरी ।  ‘यो सिक्का करोडौँमा बिक्री हुन्छ’, ‘धार्मिक आकृति भएको पुरानो सिक्का विदेशमा महँगो मूल्यमा किनिन्छ’, ‘थोरै लगानी गर्नुस्, ठूलो रकम कमाउनुस’, यी र  यस प्रकारका प्रलोभनपूर्ण कुरा सुनेर झापामा धेरै सर्वसाधारण ठगीको सिकार भइरहेको पाइएको छ ।पछिल्लो समय झापामा पनि पुरानो तामाजस्तो देखिने सिक्का देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यसैसाता भित्र नै दुई छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनुसार हल्दिबार

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]