इटहरी / 'The Face of Beautician 2026' ले सौन्दर्य व्यवसायमा कार्यरत महिला ब्युटिसियनहरूको प्रतिभा, आत्मविश्वास र व्यवसायिक उत्कृष्टतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित इटहरीमा आयोजना गर्ने भएको छ । प्रतियोगिता केवल सौन्दर्य प्रतिस्पर्धा नभई ब्युटिसियनहरूको सीप, नेतृत्व, व्यक्तित्व विकास र व्यवसायिक पहिचान स्थापित गर्ने साझा मञ्च हुने र अडिसनबाट छनोट गरिएका २०–२५ जना प्रतियोगीलाई व्यक्तित्व विकास, स्टेज प्रस्तुति, ब्रान्डिङ, फोटोसुट तथा कन्टेन्ट निर्माणसम्बन्धी तालिम प्रदान गरिनेछ।
प्रतियोगितामार्फत ब्युटिसियनहरूलाई सम्मान, महिला सशक्तीकरण, सौन्दर्य व्यवसायको प्रवर्द्धन तथा नेपालकै ब्युटी उद्योगलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।


