All Posts By कोशी प्रेस

    Showing १,६०१-१,६१० of ११,७७० items.
  • भोजपुरको ऐतिहासिक पाँचधारे पोखरी संरक्षणपछि पर्यटकीय गन्तव्य बन्दै

    इटहरी । भोजपुरको पर्यटकीय क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरीलाई संरक्षण गरिएको छ । विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएको छ । पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना बनाइएको छ । पोखरीको बिचमा रहेको खम्बा माथि एउटा त्रिशूल समेत रहेको थियोे अहिले त्यो त्रिसुल देख्न पाइदैनन । पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको छ  ।  यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको थियो । बाह्रै महिना पानी आउने पाँच मुह

    • प्रकाशित मितिः माघ २४, २०८२
    • १८० पटक पढिएको
  • नेसनल प्याब्सन कोशी प्रदेश र इन्स्पायर एजुकेशनबीच सम्झौता

    इटहरी । निजी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षक–कर्मचारीको क्षमता विकासलाई केन्द्रमा राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेश र इन्स्पायर एजुकेशन कन्सलटेन्सीबीच सहुलियत दरमा विभिन्न तालिम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्ग्लिस स्कुलमा सम्पन्न सम्झौतामा नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनाल र इन्स्पायर एजुकेशन कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्र कुमार प्रसाईले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि प्रतिक्रिया दिँदै कार्यवाहक अध्यक्ष खनालले निजी विद्

    • प्रकाशित मितिः माघ २४, २०८२
    • १९७ पटक पढिएको
  • उदयपुरमा ३ हजार ८ सय ४८ किशोरीलाई एचपिभी खोप लगाइँदै

    इटहरी । उदयपुरमा तीन हजार ८ सय ४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २६ गतेदेखि २९ गतेसम्म कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लाका आठवटै पालिकामा सञ्चालन हुने उक्त अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५ सय ४९, त्रियुगा नगरपालिकामा एक हजार १ सय १९, कटारी नगरपालिकामा ७ सय १६ र बेलका नगरपालिकामा ६ सय ६२ जना किशोरीलाई खोप लगाइने कार्यालयले जनाएको छ । त्यसैगरी, उदयपुरगढी गाउँपालिकामा २ सय ६१, रौतामाई गाउँपालिकामा २ सय १६, ताप्ली गाउँपालिकामा १ सय ४४ तथा लिम्चुङबुङ ग

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २०५ पटक पढिएको
  • सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेको हृदयघातका कारण निधन

    इटहरी। सशस्त्र प्रहरी बलका उपरीक्षक ९एसपी० राजेश घिमिरेको हृदयघातका कारण निधन भएको छ । मोरङको बिराटचोकमा शुक्रबार सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल ९एसएसबी० का अधिकारी सम्मिलित डीआईजी तहको समन्वय बैठककै क्रममा घिमिरे अचानक बेहोस भएर ढल्नुभएको थियो ।सशस्त्र प्रहरी बल मोरङका प्रमुखका रूपमा कार्यरत घिमिरे बैठकमा सहभागी भइरहँदा दिउँसो केही शारीरिक समस्या देखिएको थियो । सशस्त्र प्रहरी बल नं। १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार, सुरुमा केही असहज महसुस गरे पनि घिमिरेले ‘म ठिक भएँ’ भन्दै पुनः बैठकमा सहभागी हुनुभएको थियो । तर साँझपख पुनः अचानक बेहोस भएर ढलेपछि उहा

    • प्रकाशित मितिः माघ २४, २०८२
    • १९७ पटक पढिएको
  • ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    इटहरी । ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्रस्थित साब्लाखुमा शुक्रबारदेखि सुरु भएको हो ।सिदिङ्वा गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगिताको कोशी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री मेन्याङ्बोले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भविश्यका खेलाडी उत्पादन गर्ने आधारशिला भएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका विद्यार्थी अर्थात बालबा

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २२७ पटक पढिएको
  • झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सातौँ संस्करणको झापा गोल्डकप आजदेखि सुरु

    इटहरी । मोफसलकै लोकप्रिय झापा गोल्डकपको सातौं संकरण आजशनिबारबाट झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सुरु हुने भएको छ ।आयोजक झापा गोल्डकपले पत्रकार सम्मेलनको आयोजना गर्र्दै प्रतियोगिताको तयारी पूरा गरिएको जानकारी दिएको हो । आज हुने उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै छ ।प्रतियोगिताका लागि खेलमैदान र  १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको आयोजक समितिका अध्यक्ष केदार गिरीले बताउँनुभयो । खेलमैदानमा दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २०९ पटक पढिएको
  • सीमा सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणमा संयुक्त प्रतिबद्धता

    इटहरी । खुला सिमाना रहेका नेपाल र भारतबीच सीमा सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सूचनाको आदान–प्रदान गर्ने, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने र सुरक्षा निकायबीच सशक्त सहकार्य तथा समन्वय गर्ने सहमति भएको छ। त्यसैगरी, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि दुवै देशका सीमा सुरक्षामा परिचालित सुरक्षा निकायबीच सहकार्य गर्ने सहमति भएको छ।सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल ९एसएसबी० बीच मोरङ जिल्लाको विराटचोकमा सम्पन्न १६औँ डीआईजी तहको समकक्ष समन्वय बैठकमा सीमा स्तम्भको संरक्षण, नो–म्यान्स ल्यान्ड व्यवस्थापन, यात्रु सहज

    • प्रकाशित मितिः माघ २४, २०८२
    • १५४ पटक पढिएको
  • इटहरीमा भोल्भो आइचरको अत्याधुनिक 3S शोरूम सञ्चालनमा

     इटहरी | बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स प्रा.लि. ले पूर्वी नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरीको रामधुनी नगरपालिकामा अत्याधुनिक आइसर 3S (सेल्स, सर्भिस एण्ड स्पेयर्स) शोरूम सञ्चालनमा ल्याएको छ। माघ २१ गते उद्घाटन गरिएको यस नयाँ केन्द्रले व्यावसायिक सवारी साधनको बिक्री तथा बिक्रीपछिको सेवालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ।उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बटास, भोल्भो आइचर कमर्सियल भेहिकल्स (VECV) का अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख व

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २७५ पटक पढिएको
  • युवा, नीति र सत्ता: आशा, हाइप वा बानी? - युवा सहभागितामा केन्द्रित कार्यक्रम

    प्रेक्षा आचार्यहालै LOLA Itahari Chapter द्वारा “युवा, नीति र सत्ता: आशा, हाइप वा बानी?” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको उद्देश्य युवालाई नीति, नेतृत्व र लोकतन्त्रमा सक्रिय भूमिका खेल्न प्रेरित गर्नु थियो। कार्यक्रमले सहभागीहरूलाई आफ्नो अधिकार, जिम्मेवारी र सामाजिक उत्तरदायित्वबारे सोच्न उत्प्रेरित गर्‍यो।कार्यक्रममा युवाहरूले नेपालको वर्तमान निर्वाचन प्रक्रिया, मतदानको महत्व र नीतिहरूले शिक्षा, रोजगारी, डिजिटल पहुँच र सामाजिक समानतामा पार्ने प्रभावबारे छलफल गरे। कार्यक्रममा सहभागीहरूले नेपालका ऐतिहासिक संघर्ष र राजनीतिक परिवर्तनहरू पनि सम्झिए - राणा शासन, लोकतन्त्रको स्था

    • प्रकाशित मितिः माघ २३, २०८२
    • ३०८ पटक पढिएको
  • पथरीको एभरेष्ट बोर्डिङ्ग स्कुल क्ष्क्इ प्रमाणिकरणतर्फ अघि बढ्दै

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं १ मा रहेको  एभरेस्ट आवासीय माध्यमिक  विद्यालयले आफ्नो सेवा र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड आइ एस ओ  अनुसार अगाडि बढिरहेको जनाएको छ । शुक्रबार एक अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै सो बारे जानकारी दिईएको हो । विद्यालयको सेवा र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम एभरेष्ट इन्टरनेस्नल म्यानेजमेन्ट कन्सलटेन्सि एण्ड टे«निङ एजेन्सि काठमाडौंको सहकार्यमा सञ्चालन भएको थियो । विद्यालयले आइ एस ओ २१००१ः२०२५ एजुकेस्नल अर्गना

    • प्रकाशित मितिः माघ २३, २०८२
    • २१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]