इटहरी । भोजपुरका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।जिल्लाका ग्रामीण भेगमा हिउँदे मौसममा लगाइने आलु किसानका लागि महत्वपूर्ण बालीका रूपमा लिइन्छ । यसले घरायसी खाद्यान्नको आवश्यकता पूर्ति गर्नुका साथै नगदेँ आम्दानीको स्रोतसमेत बनेको छ । विशेषगरी जिल्लाका पहाडी भेगका किसानले हिउँदे सिजनमा आलुखेतीलाई प्राथमिकता दिने गरेका छन् ।भोजपुर नगरपालिका, षडानन्द नगरपाल
इटहरी । धरान उपमहानगरपालिका(८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका यात्रुबाहक बसमा राति आगलागी हुँदा तिन वटा बस पूर्ण रूपमा जलेको छ ।इलालाका प्रहरी कार्यालय धरानको अनुसार मङ्गलबार राति करिव १० बजे आगलागी भएको खबर प्राप्त भई कार्यालयबाट प्रहरी निरीक्षक जीवन कुँवरको कमान्डमा प्रहरी टोली खटिएको थियो । नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो करिब १०ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आगलागीमा को १ ख ६२७४, प्र १–०१–००१ ख ४०३७ र बा ४ ख ५७५९, नम्बरका तिन वटा बस पूर्ण रूपमा जलेको छ भने को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको इलाका प्
काठमाण्डौ । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च पेश गर्नुभएको छ ।निर्वाचन आयोगको कार्यालय चितवनमा लामिछानेले पेश गरेको चुनावी खर्च ९ लाख ८९ हजार ९८६ रुपैयाँ रहेको छ । मनोनयन दर्तामा १० हजार, नमूना मतपत्र सामाग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार २०० रुपैयाँसहित झन्डै १० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । यसअघि झापा–५ बाट विजयी रास्वपाका वरिष्ठ नेता बा
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाको विकास, सम्भावना, समस्या र नागरिकको पिरमर्का बुझ्न ‘सिदिङ्वा संवाद’ कार्यक्रम गर्ने भएको छ।पालिकाले प्रत्येक टोलबस्तिमै पुगेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिए। टोलबस्तीमा पुगेर नागरिकका समस्या सुन्ने, विकास निर्माणको अवस्था बुझ्ने, गुनासो ग्रहण गर्ने र आगामी बजेटमार्फत उक्त समस्या समाधानका लागि योजना बनाउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले बताए।पालिकाले समस्याको पहिचान गरी समाधानका उपायहरूको खोजी गर्न यस्तो बहस अघि सारेको हो। टोलबस्तीमा पुगेर नागरिकमाझ गरिएका छलफल तथा
इटहरी । नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्।राईले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा आफू लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको आदर्शमा रहेर सक्रिय रहँदै आएको उल्लेख गरेका छन्। पार्टीले दिएको महासमिति सदस्य जस्तो गरिमामय जिम्मेवारीप्रति आफू सधैं आभारी रहेको उनले बताए।राजीनामा पत्रमा उनले पछिल्लो समय पार्टीको कार्यश
इटहरी । उदयपुरमा गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो ।गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन बृद्धि भएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी अनु बिसीले जानकारी दिइन्।जिल्लाको पहाडी क्षेत्रमा पर्ने ताप्ली, उदयपुर गढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकासहित त्रियुगा नगरपालिकाका पहाडी क्षेत्र, बेलका, चौदण्डी गढी तथा कटारी नगरपालिकाका पहाडी क्षेत्रमा कोदो खेती हुँदै आएको
इटहरी । विराटनगरमा विवाह समारोहमा काम गर्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। मंगलबार दिउँसो विराटनगर महानगरपालिका–११ जनप्रिय टोलमा भएको घटनामा अन्दाजी ५५–५६ वर्षीया महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार स्थानीय रवीन्द्र साहको घरमा छोरीको विवाहका लागि तयारी भइरहेका बेला झिलिमिली बत्ती जडान गरिएको तारबाट करेन्ट लाग्दा ती महिला गम्भीर घाइते भएकी थिइन्।दिउँसो करिब ४ बजेतिर भएको घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।प्रारम्भिक अनुसन्धानका क्रममा ती महिला क्याटरिङ पक्षमार्फत विवाह घरमा काम
इटहरी। पूर्वी नेपालको औद्योगिक पहिचान बोकेको जुट उद्योग यतिबेला गम्भीर सङ्कटमा परेको छ । बङ्गलादेश र भारतबाट हुने कच्चा जुटको आयातमा उल्लेख्य गिरावट आएपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट मिलले आफ्नो उत्पादन क्षमतामा ६० प्रतिशतले कटौती गरेका छन् । उत्पादन घटेसँगै यस क्षेत्रमा कार्यरत झन्डै तीन हजार मजदुरले रोजगारी गुमाएका छन् ।नेपाल जुट व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार गोल्छाका अनुसार कच्चा पदार्थको अभावमा उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यो अवस्था सिर्जना भएको हो । अहिले कोरिडोरमा चार वटा जुट उद्योग सञ्चालनमा छन्, जसको कुल उत्पादन क्षमता दैनिक २४० मेट्रिक टन हो । कच्चा पदार्थ नभए
इटहरी । ताप्लेजुङमा बाँदरलाई अमानवीय व्यवहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुका २१ वर्षीय युवक संगम भनिने छुप्पु हेम्ब्यालाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक जटाशंकर यादबका अनुसार हेम्ब्या पाँचथरको हिलिहाङ गाउँपालिका २ सिँहपुर घर भई हाल ताप्लेजुङको थेचम्बु ससुरालीमा बसोबास गर्दै आइरहनु भएको थियो । हेम्ब्याले थेचम्बुको माङजाबुङ भन्ने स्थानमा करिब आधा दर्जनभन्दा बढी बाँदरलाई हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।पटकपटक बाँदरलाई अमानवीय ढङ्गले
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटामा सुरक्षाका लागि खटिएका निर्वाचन प्रहरीलाई विभिन्न सीपमूलक तालिममा सहभागी गराउने तयारी गरिएको छ। निर्वाचन प्रहरीलाई आयआर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटासँगको समन्वयमा तालिम सञ्चालन गर्ने योजना अघि सारिएको हो।धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार निर्वाचनमा खटिएका नौ सय ८९ जना निर्वाचन प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले विभिन्न सीपमूलक तालिममा सहभागी गराउन लागि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.