इनरुवा । मदन भण्डारी स्मारक संरक्षण समाज   सुनसरीको आयोजनामा ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा स्मृति सभा एवं प्रतिमामा माल्यार्पण कार्यक्रम  इनरुवा–३, सखुवागाछीमा सम्पन्न भएको छ।

कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री राम प्रसाद मेहता  एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेत, कोशी प्रदेश सभा सदस्य विजय राई, एमाले सुनसरी जिल्ला अध्यक्ष पर्शुराम यादव, साथै एमाले नेताहरु खेमराज पोखरेल, पोष्ट कुमार नेपाल, कालुराम गुरुङ, मोतिराज सुनवार, लोकेश निरौला, इन्द्रकला राइ लगायत  विभिन्न कमिटीका नेता कार्यकर्ता बुद्धिजीवी, स्थानीयको उपस्थिति रहेको थियो।

IMG-20260517-WA0013

वक्ताहरूले तत्कालीन जननेता मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँहरूको विचार आज पनि सान्दर्भिक रहेको बताएका थिए।

IMG-20260517-WA0012

सामाजिक विकास मन्त्री मेहताले मदन–आश्रितले देखाएको राजनीतिक विचार, जनतासँगको सम्बन्ध र राष्ट्रियताको भावनालाई नयाँ पुस्ताले आत्मसात गर्नुपर्ने बताउनुभयो। उहाँले समाज परिवर्तनका लागि त्याग र समर्पण आवश्यक पर्ने धारणा राख्नुभयो।

Screenshot_2026-05-17-14-19-24-96_6012fa4d4ddec268fc5c7112cbb265e7

कार्यक्रममा एमाले नेता लोकेश निरौलाले मदन–आश्रितको योगदानलाई पुस्तान्तरण गर्न यस्ता स्मृति कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा प्रतिमामा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो।

IMG-20260517-WA0016