All Posts By कोशी प्रेस

    Showing २,३९१-२,४०० of १२,८१४ items.
  • ताप्लेजुङका निजी विद्यालयले फागुन १८ गतेदेखि २५ गतेसम्म एक साता बिदा गर्ने

    इटहरी । ताप्लेजुङका निजी विद्यालयले फागुन १८ गतेदेखि २५ गतेसम्म एक साता बिदा गर्ने भएका छन् । फागुन १८ गते आइतबारबाट बिदा भएका विद्यालय २५ गते सोमबार बिहान १० बजेदेखि मात्रै नियमित हुने भएको हो । फागुन १८ गते होली पर्व पर्छ र यो दिन हिमाली तथा पहाडी जिल्लामा सार्वजनिक बिदा हुन्छ । २० देखि २२ गतेसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गृह मन्त्रालयले गरिसकेको छ । फागुन २३ गते शनिबार र २४ गते नारी दिवस भएकाले यी दुई दिन पनि सार्वजनिक बिदा छ । फागुन १९ गते एक दिन विद्यालय नलगाउने निर्णय गरिएको निजी विद्यालय अर्गनाइजेशन प्याब्सनका सचिव तरुण भारतीले जानकारी दिनुभएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १७९ पटक पढिएको
  • रास्वपा प्रदेश समिति सदस्य न्यौपाने एमालेमा प्रवेश

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले पार्टीमा शुक्रबार प्रवेश गराउनु भएको हो । एमाले झापाका अनुसार न्यौपानेसँग अन्य स्थानीय कार्यकर्ता समेत एमालेमा प्रवेश गर्नुभएको छ । 

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १९९ पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनअघि झापाका भारत–सीमा नाकामा कडा सुरक्षा, तीन दिन बन्द रहने

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भारतसँग सीमा जोडिएको झापाको दसगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मेचीनगर, भद्रपुर र गौरीगन्जलगायतका सीमा नाकामा नेपाली सेनासहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँच तथा चौबीसै घण्टा निगरानी बढाइएको छ। निर्वाचनको समयमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। तिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो। आउँदो सोमबार राति

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १७५ पटक पढिएको
  • झापामा सवारी दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

    इटहरी । झापामा सवारी दुर्घटनामा परेर शुक्रबार राति एकजनाको ज्यान गएको छ । बिर्तामोडस्थित हर्कलाल मार्गमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको हो । बिर्तामोड नगरपालिका वडा नं। ४ कञ्चनजंघा स्कुल नजिक बिर्तामोडबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१३ चारआली बस्ने २५ वर्षीय विशाल पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते पौडेललाई उपचारका लागि तत्कालै बिएण

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १३१ पटक पढिएको
  • रेडस्टार माविको अभिभावक तथा वार्षिक उत्सव भव्यताका साथ हुँदै

    इटहरी । रेडस्टार माविको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सहित हुँदैछ । विद्यालयका निर्देशक एवं प्रिन्सिपल टि.एन. तिम्सिनाको सभाअध्यक्षतामा शुक्रबार देखि सरुभएको दुई दिवसीय अभिभावक तथा वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि  खतिवडाले पूर्वी मोरङको शैक्षिक हबको रूपमा स्थापित ब्रिटिस काउन्सिल द्वारा अवार्ड प्राप्त गरेको रेडस्टारले शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा शैक्षिक

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २९४ पटक पढिएको
  • धनकुटा–इटहरी सम्पर्क समाजको भवन शिलान्यास सम्पन्न

    इटहरी । धनकुटा इटहरी सम्पर्क समाजका अध्यक्ष देशबधु कार्कीको नेतृत्वमा समाजको आफ्नै भवन निर्माण कार्यको शुभारम्भ गरिएको छ । बिहीबार इटहरी–२ मायाघर पछाडि आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल द्वारा भवन शिलान्यास सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष कार्कीले भवन निर्माण समाजको दीर्घकालीन सपना भएको उल्लेख गर्दै यसले इटहरीमा बसोबास गर्ने धनकुटेलीहरूलाई अझ संगठित र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। इटहरी–सुनसरी क्षेत्रमा बसोबास गर्दै आएका धनकुटेलीहरूको साझा संस्था धनकुटा–इटहरी सम्पर्क समाजले संस्थागत विकास र दीर्घकालीन स्थायित्वको लक्ष्यसहित भवन निर्माण कार्य अघि ब

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २८४ पटक पढिएको
  • नेपाली काङ्ग्रेस इटहरी–२० मा बृहत् चुनावी भेला सम्पन्न

    इटहरी | नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिका वडा नम्बर २० को आयोजनामा बृहत् चुनावी भेला सम्पन्न भएको छ।इटहरी–२० मा आयोजित उक्त भेलामा राजिव कोइराला लाई विजयी गराउने लक्ष्यसहित कार्यक्रम नेपाली काङ्ग्रेस इटहरी–२० का सभापति अर्जुन बस्नेतको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य, सुनसरी क्षेत्र नं. २ का निर्वाचन प्रचार–प्रसार संयोजक एवं पूर्व नेपाल विद्यार्थी संघ सभापति राजिव डुंगाना को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।भेलामा वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार राजिव कोइरालालाई अत्यधिक मतले विजयी गराउन सबै नेता–कार्यकर्तालाई सक

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • ४८९ पटक पढिएको
  • आचारसंहिताको कडाइका साथ पालना गर्न निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको आग्रह

    इटहरी । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः आग्रह गर्नुभएको छ । शुक्रबार कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा निर्वाचन सुरक्षा सम्बन्धी छलफलमा सहभागी भएर विराटनगर पुग्नुभएका भण्डारीले सञ्चारकर्र्मीसँग कुरा गर्दै आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त सम्पूर्ण उजुरीहरु फागुन २० गतेभित्र टुङ्ग्याइने समेत बताउनुभयो । उहाले निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै उजुरीहरुको अन्तिम निर्णय गरिने जानकारी दिनुभयो ।  उहाका अनुसार हालसम्म आचारसंहिता उल्लंघन सम्बन्धी करिब १

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • १७५ पटक पढिएको
  • काम र लगनशीलताले जनताको मन जित्दै भगवती चौधरी

    इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगवती चौधरीप्रति मतदाताको आकर्षण क्रमश बढ्दै गएको छ । उहाँको शालीन अभिव्यक्ति संयमित प्रचार शैली तथा विकासमुखी छविका कारण स्थानीय तहमा सकारात्मक प्रतिक्रिया देखिएको बताइन्छ। चौधरीले आफूले गर्न नसक्ने झुट आश्वासन नदिने प्रतिस्पर्धी उम्मेदवारको व्यक्तिगत आलोचना नगर्ने भ्रष्टाचार नगर्ने तर सुशासनका पक्षमा दृढ रुपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । उहाँका अनुसार राजनीति सेवा र परिणामसँग जोडिनुपर्ने विषय भएकाले व्यवहारमै देखिने कामलाई प्राथमिकता दिएको हो। उम्मेदवार चौधरीले अघिल्लो निर्वाचनमा विजयी भएपछि तीन वर्षको अवधिमा करिब ३ अर्ब २१ कर

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २४२ पटक पढिएको
  • चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली द्धारा स्पष्ट

    इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको आरोप लगाउदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो । उहाले प्रचार–प्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकपाल भए त्यसलाई रोक्नुपर्ने बताउनुभयो । ओलीले असंवैधानिक तरिकाले नभइ लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राख्नुभयो । उहाले मुलुकमा भइरहेको संसद भंग गरेर आगो लगाउने र

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २१९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]