इटहरी । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशको नेपालसंग जोडिएको भारत र चीनको सिमानाकाहरुमा दुबै देशका सुरक्षा अधिकारीहरुले सुरक्षा सतर्कता बढाउने भएका छन् । भारततर्फ जोडिएको करिब ४ सय २८ किलोमिटर सिमा क्षेत्रमा दुबै देशका सुरक्षा अधिकारीहरुले संयुक्त गस्ती गर्ने सहमति भएको छ । यसैगरी ७२ घण्टा अगाडि अर्थात फागुन १८ गते देखि मतदान भएको राती १२ बजे सम्म नेपाल भारत सिमा सिल गर्ने सहमति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । कोशी प्रदेशको चीनसंगको करिब २ सय ५८ किलोमिटर सिमानामा त्यति समस्या नभएपनि
इटहरी । फागु (होली) पर्व नजिकिँदै गर्दा धनकुटा प्रशासनले मर्यादित र सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ। पहाडी क्षेत्रमा यस पटक फागुन १८ मा होली मनाइँदै छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले होलीको अवसरमा कसैको इच्छा विपरीत रङ्ग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, जबरजस्ती अबिर दल्ने जस्ता गतिविधि नगर्न अनुरोध गरेको हो। साथै मादक तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजागाजा बजाउने लगायतका अवाञ्छित क्रियाकलाप गर्नमा रोक लगाइएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जनानुभयो। रेग्मीले कसैको
इटहरी । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुजन लामा ९३८ वर्ष० ले आफूलाई दोस्रो पुस्ताको एमाले नेताका रूपमा प्रस्तुत गरेका छन्। उनले बाल्यकालदेखि नै राजनीतिमा चासो राख्दै २०५४ सालको स्थानीय तह निर्वाचनमा आमाबुवासँगै पहिलो पटक एमालेको झण्डा बोकेर प्रचारप्रसारमा सहभागी भएको स्मरण गरेका छन्।उनी २०६५ सालदेखि सक्रिय राजनीतिमा लागेका हुन्। हाल उनी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को जिल्ला कमिटि सदस्यका रूपमा कार्यरत छन्। यसअघि २ नं। क्षेत्रीय कमिटि सदस्य, नगर कमिटि सचिवालय सदस्यजस्ता जिम्मेवारी सम्हालिसकेका छन्। साथै युवा संघ नेपाल मा जिल्ला अध्यक्ष हुँदै अहिले प्रदेश कम
इटहरी । मोरङ० स् ६० वटा मतदान स्थल र १ लाख २८ हजार ५४५ मतदाता रहेको मोरङ क्षेत्र नम्बर १ यसपटकको निर्वाचनमा अत्यन्त रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ। विगतका तीन निर्वाचन ९२०७०–२०७९० सम्म निरन्तर प्रतिस्पर्धा हुँदै आएको दुई प्रमुख पात्र — डिगबहादुर लिम्बू ९नेपाली कांग्रेस० र घनश्याम खतिवडा ९नेकपा एमाले० — मध्ये यसपटक लिम्बू मैदानमा छैनन्। यसले चुनावी समीकरणलाई नयाँ मोड दिएको विश्लेषकहरू बताउँछन्।कांग्रेसले पुरानो अनुहार हटाउँदै नयाँ नेतृत्वलाई अघि सार्ने रणनीति अपनाएको छ। सोहीअनुसार पार्टीले उर्लाबारी नगरपालिका का पूर्वप्रमुख खड्ग फागो लाई उम्मेदवार बनाएको छ। उनी स्थानीय तहको अनुभव र संगठनात
इटहरी । मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–२ मा दुर्घटना भएको हो । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३५ प ९७५९ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री बेलबारी–२ लालभित्तीका अन्दाजी ७९ वर्षीय जसबहादुर राईलाई बिहीबार दिउँसो १ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरियो । उपचारकै क्रममा राति १० बजेतिर राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताउनुभयो । दुर्घ
इटहरी । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शुक्रबार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी) अन्तर्गतको खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापनअनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन।
इटहरी । धनकुटाको पाख्रिवासमा भू–सूचना प्रणालीमार्फत जिल्लाका स्थानीय तहबाटै जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । भूमि प्रशासनलाई प्रविधिमैत्री बनाउँदै स्थानीय तहबाटै सेवा प्रवाह प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।भूमि व्यवस्थापन तथा अभिलेख विभाग, काठमाडौँको आयोजनामा तथा धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र पाख्रिवास नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै कुमार इङनामले भूमि प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन सरकारले सू
इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका–६, टेङ्ग्रा खोला नजिकै रहेको Saisha Beauty Salon & Academy को उद्घाटनमा आएको छ । पूर्व म्याजिक स्टेशनको ठीक अगाडि, Yonjan Niwas को दोस्रो तलामा अवस्थित उक्त एकेडेमी नयाँ स्वरूप र अत्याधुनिक सेवासहित सञ्चालनमा आएको हो।सौन्दर्यसम्बन्धी व्यावसायिक तालिम तथा आधुनिक ब्यूटी सेवा प्रदान गर्ने लक्ष्यसहित सुरु गरिएको एकेडेमीले उद्घाटनको अवसरमा सीमित अवधिका लागि ५० प्रतिशतसम्म छुटको विशेष अफर सार्वजनिक गरेको छ ।एकेडेमीमा डिप्लोमा इन कस्मेटोलोजी,प्रोफेशनल नेल टेक्निसियन, प्रोफेशनल मेकअप आर्टिस्ट, प्रोफेशनल मेकअप तथा हेयर स्टाइल लगायतका कोर्सहरूमा ५०%
इटहरी । झापामा पैसा देखाएर ठगी गर्ने गिरोहका ६ भारतीय र एक नेपालीसहित सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीले शङ्का लागि नियन्त्रणमा लिएको उक्त गिरोहलाई बुधबार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।भद्रपुर नगरपालिका–८ घोडामारास्थित एयरपोर्ट सडकखण्डमा मङ्गलबार साँझ सशस्त्र प्रहरी बल नेपाल नं। २ हेडक्वार्टर गणले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार भारतीय नम्बर प्लेटका सवारी साधनमा ुप्रेसु लेखेर हिँडिरहेको उक्त समूहले जिल्लामा वित्तीय ठगी गर्ने योजना बनाएको प्रा
इटहरी । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा सुनसरीमा उम्मेदवारहरू आ–आफ्ना एजेण्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा सक्रिय बनेका छन् । यही क्रममा सुनसरी क्षेत्र नम्बर ४ का जगदिश कुसियत (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई तीव्रता दिनुभएको छ । यसपटक कुसियतले ‘स्थानीय उम्मेदवार’को पहिचानलाई मुख्य मुद्दा बनाउनुभएको छ । प्रदेशमन्त्री हुँदा सुरु गरिएका कोशी रिफ्रेसमेन्ट सेन्टर, पार्क निर्माण, सीमा जोड्ने सडक लगायतका योजनालाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै उहाँले स्थानीयताको भावनालाई मतदातामाझ बलियो बनाउने प्रयास गरिरहनुभएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.