इटहरी । इलामको माईजोगमाई गाउँQपालिकामा अपाङ्गता भएका अशक्त व्यक्तिलाई घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।गाउँपालिकास्थित अपाङ्गता समन्वय समितिले वडा १ र ३ मा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र हस्तान्तरण गरेको हो । पालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत र पारिवारिक अवस्था बुुझ्ने, आवश्यक पुनस्थापना सेवाको पहिचान गर्ने, स्वास्थ परीक्षणका साथ अपाङ्गता परिचयपत्र हस्तान्तरण गर्ने साथै न्यानो कपडा वितरण गर्ने काम गरिएको गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता समन्वय समिति संयोजक प्रविना राईले बताउनुुभयो । परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राईसहित गाउँपालिका अध्य
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ७ स्थित गैयाँराज आधारभुत विद्यालयले आफ्नो ४२ औँ वार्षिककोत्सव मनाएको छ । सोमबार विद्यालय व्यावस्थापन समिती अध्यक्ष सुमित राईको सभाध्यक्षता तथा स्थानीय समाजसेवी गोपाल बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङगनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत विभिन्न खेलकुद तथा प्रतिस्पर्धात्मक विधाहरू सञ्चालन गरिएका थिए । जसमा कक्षा १ देखि ३ बीच आयोजित चक्लेट दौडमा एलिस्टजोन आछामी प्रथम, एसन राई द्वितीय र निश्चल खत्री तृतीय भएका थिए । कक्षा ४ र ५ मा छात्रतर्फ भाले जुधाई प्रतियोगितामा सन्जिब राई (कक्षा ५) विजेता बने भने छात्रातर्फ स्किपिङ प्रतियोगिता
इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका छन् । आचारसंहिता अनुगमन अधिकृत तथा कोष नियन्त्रक यमनाथ गिरीका अनुसार कतिपय उम्मेदवारले आफ्नै नाममा र कतिपयले आफ्ना आधिकारिक प्रतिनिधिका नाममा चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका हुन् । ताप्लेजुङमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । ताप्लेजुङमा नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा (एमाले) बाट क्षितिज थेबे, नपाली कम्युनिस्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरेन
इटहरी । आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुरको समग्र शान्तिसुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल उदयपुर आउनुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले पूर्वी पृतना इटहरी भ्रमणको व्रmममा प्रधान सेनापति सिग्देल उदयपुर आइपुग्नुभएको हो । प्रधान सेनापति सिग्देलले चौदण्डीगढी नगरपालिकामा केन्द्रित भई सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिनुभएको हो । सो अवसरमा नेपाली सेनाले निर्वाचनलक्षित सुरक्षा तयारी, चुनौती तथा अपनाइएका रणनीतिबारे जानकारी गराएको पशुपतिप्रसाद गणका गणपति प्
इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो । सरकारको २०८२ कात्तिक १७ को निर्णयअनुसार साविक करदाता सेवा कार्यालय भोजपुरबाट प्रदान हुँदै आएका केही सेवा अब स्थानीय तहबाटै उपलब्ध गराइने सहमति भएको छ । यस व्यवस्थासँगै सामान्य करसम्बन्धी कामका लागि सेवाग्राहीले टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । मझदारीअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्रा
इटहरी । पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहितासम्बन्धी धनकुटा जिल्लास्थित क्रियाशील पत्रकारहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश, विराटनगरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। अभिमुखीकरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा आचारसंहितासम्बन्धी व्यवस्था, सत्य–तथ्य र निष्पक्षता, पत्रकारिताको प्रतिबद्धता तथा आचारसंहिता पालना गर्नुपर्ने संस्था, निकाय र अधिकारीहरूका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो। तीन नगरपालिका र चार गाउँपाल
इटहरी । नेकपा एमाले सुनसरी क्षेत्र नं। १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार धरानमा पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचन परिचालन कमिटीकि संयोजक मन्जु भण्डारीले स्लाइडमार्फत घोषणापत्र सार्वजनिक गर्नुभयो। एमालेले विकासमा हाम्रो दूरदृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं। १ को समृद्धिको आधारु भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले आर्थिक क्षेत्र विकास (इकोनोमिक करिडोर) को अवधारणाअनुसार धरानका ४,५,६, ८,११,१७, २० वडा सहित ४२ किलोमिटर सडक निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले ध
विराटनगर । नेपाल विद्यार्थी संघले कोशी प्रदेश अध्यक्षको जिम्मेवारी दुर्गा शेर्पालाई प्रदान गरेको छ। संघको केन्द्रीय कार्यालय, काठमाडौंबाट जारी पत्रमार्फत शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो।संघको विधान २०७७ (सातौं संशोधन २०७९) बमोजिम गठित प्रदेश समितिको संरचना अनुसार शेर्पालाई कोशी प्रदेश अध्यक्ष पदको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। संघलाई विधि, विधान र मर्यादाभित्र रही थप गतिशील र सशक्त बनाउने विश्वासका साथ नेतृत्वको जिम्मा सुम्पिएको जनाइएको छ।केन्द्रीय कार्यसमितिले शेर्पाको मनोबल र नेतृत्व क्षमताले संगठनलाई थप उचाइमा पुर्याउने अपेक्षा गरेको उल्लेख गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्
इटहरी। लामो समयपछि इलामको उत्तरी क्षेत्रमा वर्षा भएको छ । गएको कात्तिक पहिलो साता यता वर्षा नभएको इलाममा बाक्लो असिनासहित वर्षा भएको हो । इलामको उत्तरपूर्वी जमुना, जौबारी, माईपोखरी, देउराली, माईमझुवासहितका उत्तरी लेकाली क्षेत्रमा वर्षा भएको जमुनाका स्थानीय निम लम्बू शेर्पाले जानकारी दिनुभयो । वर्षा भएपछि अलैंची, चिया र जडीबुटी किसानलाई सिँचाइका लागि राहत मिलेको बताइएको छ ।
इटहरी। नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० सुनसरी च्याप्टरको आयोजनामा ुएनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता( २०२६ु आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा फागुन १६ गते ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता एक दिने प्रतियोगिता हुने भएको हो। प्रतियोगिता आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताउनु भयो। उहाँले प्रतियोगिताको मुख्य उद्देश्य खेलभावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.