इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गतका विद्यालय र स्वास्थ्य केन्द्रमा आँखा तथा कानको निशुल्क परिक्षण शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नं. २ लुङ्गिन स्थित शिवालय प्राथमिक विद्यालयबाट शुरु भएको आँखा र कानको समस्या पहिचान तथा उपचार सम्बन्धि अभियान आगामी असोज २५ गते सम्म सञ्चालन हुने भएको हो । नेपाल नेत्रज्योति संघ भोजपुर शाखा र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा हतुवागढी गाउँपालिकाको व्यवस्थापनमा आयोजित शिविरमा विद्यालयका विद्यार्थी र ४० वर्ष उमेर समूह माथिका नागरिकलाई लक्षित गरिएको छ । प्रत्येक वडामा तालिकाबद्ध दुई महिना सम्म सञ्चालन हुने उक्त शिविरमा अन्य जुनसुकै उमेर समुह
इटहरी । विराटनगर महानगरपालिका वडा नं। ४ स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि र मोरङको बुढीगंगा गाउँपालिकाबीच स्वास्थ्य उपचार सुविधामा सहजीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । यस सम्झौताअनुसार गाउँपालिकाबाट सिफारिस भई अस्पताल पुग्ने बिरामीहरूले उपचार खर्चमा छुट तथा थप सुविधा पाउने भएका छन्। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा, नर्सिङ तथा डेन्टलजस्ता क्षेत्रमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिलाई पहिलेदेखि नै उपचारमा सहुलियत दिँदै आएको र सोही क्रममा बुढीगंगा गाउँपालिकाभित
इटहरी। बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि तेह्रथुममा ग्याँस डिलरहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गुल्म हेडक्वार्टर जिरीखिम्ती र नेपाल पत्रकार महासंघ तेह्रथुमको संयुक्त टोलीले म्याङलुङ बजारमा रहेका ग्यास डिलरहरूको अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमनका क्रममा डिलरहरूमा रहेको ग्यासको मौज्दात, बिक्री-वितरणको अवस्था तथा उपभोक्ताले ग्यास पाउन भइरहेको सहजता र असहजताबारे जानकारी लिइएको थियो । अनुगमनमा प्रीमा ग्यास डिलरमा करिब ६० सिलिन्डर, रिजाल ग्यास डिलरमा करिब २२ सिलिन्डर र कोशी ग्यास डिलरमा २ वटा सिलिन्डर मौज्द
इटहरी। हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबीच छङ्छङ् गर्दै बग्ने खोल्सा र हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरी पछिल्लो समय पूर्वी नेपालको आकर्षक साहसिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । यस पोखरीको प्रचारप्रसार बढ्दै जाँदा यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेखनीय रूपमा बढेको छ । हाल दैनिक सरदर दुई दर्जन बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । यहाँको प्रचारप्रसारसँगै पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी अमिर राई बताउनुहुन्छ । उहाँले तिम्बुङ प
इटहरी। धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरू विभाजित हुँदा अझै वार्षिक बजेट आउन सकेको छैन । कार्यवहाक मेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरू आन्तरिक विवादमा फसेपछि बजेट ल्याउन नसकेको विषयान्तर पत्रकार सम्मेलन र समाजिक सञ्जालबाट एकअर्कालाई दोषारोपण गरिरहेका छन् । स्वतन्त्रबाट निर्वाचित भएर हर्कराज राई साम्पाङ मेयर भएपछि दलीय जनप्रनितिधिसँग तालमेल नमिल्दा विगतका आर्थिक वर्षमा यस्तै किचलो भएको थियो । साम्पाङले अहिले संघीय सांसद भइसकेका छन् । कार्यपालिकामा दलीय जनप्रतिनिधिमात्र छन् । तैपनि बजेटको किचलो समाधान हुन सकेको छैन । बजेट ल्याउनुपर्ने तोकिएको समय असार १० गते हो । तर साउनको तेश्रो साता सकिन
इटहरी । मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरेको छ।नगर कार्यपालिकाको कार्यालय उर्लाबारीले मंगलबार जारी गरेको सार्वजनिक सूचनामा नगरपालिकाले योजनाहरू सम्पन्न गर्नका लागि सहजीकरण गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत निर्माण कार्य पूरा गर्न व्यवसायीहरूले कुनै चासो र प्रयास नगरेको उल्लेख छ।सार्वजनिक सूचना अनुसार ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कारबाही प्रक्रिया किन अगाडि नबढाउने भन्ने विषयमा ठोस कारण भए लिखित जवाफ र प्रमाणसहित आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित भनेको छ । तोकिएको १५ दिनभित्र मनास
इटहरी : उपभोक्तालाई कम तौलको एलपी ग्यास बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवनराज कोइरालाका अनुसार बजार अनुगमनका क्रममा उद्योगमा रहेका रिफिल गरिएका ग्यास सिलिन्डरको तौल परीक्षण गर्दा कैफियत भेटिएको हो। अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरेको थियो। तीमध्ये एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको प्रशासनले जनाएको छ। बाँकी ६३ वटा सिलिन्डरको औस
इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ । पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो । स्थानीय नागरिकको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।कार्यालयका अनुसार बोलपत्र आह्वान भइसकेको छ भने निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेकाले हालसम्म
झापा : झापामा सशस्त्र प्रहरीले एक वर्षको अवधिमा १३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ करोड ९ लाख १८ हजार ४४१ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको हो । भारतसँगको खुला सीमाका कारण हुने अवैध ओसारपसार नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट ती सामान बरामद गरेको जनाएको छ । सोही अवधिमा १ करोड ४२ लाख ११ हजार ८८ रुपैयाँ मूल्य बराबरको अवैध काठसमेत बरामद भएको छ । काठ ओसारपसारमा प्रयोग भएका आठवटा सवारीसाधनसहित १ हजार ५०७ क्युफिट काठ र ५१ थान
इटहरी । कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ। बैठकले प्रदेशमा देखिएका विकाससम्बन्धी समस्या समाधानका लागि संघीय सरकारसमक्ष उठाउने विषयहरू तय गरेको छ। ती विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरिएको छ। बैठकले संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा असर परेको भन्दै संघीय निजामती ऐन छिटो ल्याउनुपर्ने विषय पुनः उठाएको छ। प्रदेशलाई आफ्ना संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन र जग्गा संरक्षण एवंम भोगाधिकार दिनुपर्ने विषयलाई पनि बैठकमा जोडदार रुपमा उठाइएको छ। त्यस्तै, ट्राफिक प्रहरीले उठाउँदै आएको जरिमाना स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.