All Posts By कोशी प्रेस

    Showing २,७२१-२,७३० of १२,८१४ items.
  • भोजपुर जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा

    इटहरी । भोजपुर जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै सङ्कट उत्पन्न भएको छ ।  लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान सोवित आछामेका  अनुसार सुन्तलामा एैजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै सुक्ने समस्या देखिन थालेको छ । यी समस्याका कारण उत्पादन घट्दै गएको र कतिपय स्थानमा बगान पूरै नष्ट हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । प्राविधिक सहयोगको कमी र

    • प्रकाशित मितिः माघ १९, २०८२
    • १४० पटक पढिएको
  • नेबिसंघले तोक्यो निर्वाचन परिचालन संयोजक, सुनसरी १ मा लिम्बू, २ मा बस्नेत

    इटहरी | नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले १६५ क्षेत्रमै निर्वाचन परिचालन संयोजक तोकेको छ । आगामी फाल्गुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागी सम्पूर्ण क्षेत्रमा संयोजक तोकिएको हो । नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन नेबिसंघलाई परिचालन गरिएको बताइएको छ । सोही अनुसार सुनसरीका चारवटै क्षेत्रमा संयोजक तय भएका छन् । सुनसरी १ मा विज्ञान लिम्बुलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने २ मा सुमनबाबु बस्नेतले परिचालनको कमान्ड सम्हाल्ने भएका छन् । नेबिसंघ जनता बहुमुखी क्याम्पसका इकाई समिति सभापति बस्नेतले राजीव कोइरालालाई विजयी गराउन नेबिसंघ परिचालन गर्न लागेका हुन् । सुनसरी ३

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ४६० पटक पढिएको
  • इलाममा निर्वाचन प्रहरीको तालिम सुरु

    इटहरी । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीको तालिम इलाममा सुरु भएको छ । नेपाल प्रहरीतर्फ एक हजार सात सय ३४ जना र शसस्त्र प्रहरीतर्फ एक सय ७९ जना गरी एक हजार नौ सय १३ जना निर्वाचन प्रहरीलाई तालिम दिन थालिएको हो । इलाम सदरमुकामसहित जिल्लाका चुलाचुली, दानाबारी, फिक्कल, पशुपतिनगर र मङ्गलबारे गरी ६ स्थानमा तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयो । आगामी २७ गतेसम्म तालिम हुने र त्यसपछि निर्वाचन प्रहरी ४० दिन निर्वाचनमा खटिने छन् । 

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ३५७ पटक पढिएको
  • देशभरका १९ मेडिकल कलेजका विद्यार्थी भेला, वीपी प्रतिष्ठानमा ‘साईन्याप्स २०२६’ सुरु

    इटहरी । नेपालभरका १९ वटा मेडिकल कलेजका विद्यार्थीहरूको सहभागितामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बहुविषयक विद्यार्थी सम्मेलन ‘साईन्याप्स २०२६’ सुरु भएको छ । गैर–राजनीतिक तथा गैर–नाफामुखी विद्यार्थी संस्थाद्वारा आयोजना गरिएको साईन्याप्स २०२६ को मूल नारा ‘पुनर्जीवित, पुनः जोडिने र लचिलोपन’ तय गरिएको छ । विद्यार्थी कल्याण समाजको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा देशका विभिन्न मेडिकल कलेजहरुको उपस्थिती रहेको छ । आठ वर्षपछि दोस्रो पटक आयोजना गरिएको साईन्याप्स सम्मेलनले चिकित्सा शिक्षा मात्र होइन, विद्यार्थीहरूको शारीरिक, मानसिक र

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ३०१ पटक पढिएको
  • भोक्राहा नरसिंहमा तेश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिदेखि

    सुनसरी — भोक्राहा नरसिंह गाउँपालिका–८, सोनियाहीमा आयोजना हुने तेश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। प्रतियोगिता २०८२ माघ २० गतेदेखि २०८२ माघ २७ गतेसम्म सञ्चालन हुनेछ।भोक्राहा नरसिंह–८ स्थित श्री राष्ट्रिय आवि खेल मैदानमा हुने प्रतियोगिताका खेलहरू दैनिक दिउँसो २:०० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।प्रतियोगितामा दुई समूह बनाएर खेल सञ्चालन गरिनेछ। Group–A मा BFC बर्जु, जनता युवा क्लब, मिलन स्पोर्टिङ क्लब र सुनसरी कल्याण समाज सहभागी छन्। त्यसैगरी Group–B मा NBFC इटहरा, मधुवन खेलकुद समिति, सरकार युवा क्लब र आयोजक टिम सहभागी रहनेछन्।प्रतियोगिताको फाइनल खेल २०८२ माघ २७ गते

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २४३ पटक पढिएको
  • झापा–५ मा निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा तथा अनुगमन कडा

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं। ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा बन्दोबस्त मिलाइएको र निष्पक्ष तथा भयरहित अवस्था सुनिश्चितता गरिने बताइएको छ । निर्वाच अधिकृतको कार्यालय क्षेत्र नंं ५ दमकमा भएको सर्वपक्षिय छलफलमा निर्वाचन आचारसंहिता पालना नभएको गुनासो आएको बताउँदै यसलाई गम्भीर रुपमा लिएर आचारसंहिता पालना गर्न र गराउन लाग्ने प्रमुख निर्वाचन अधिकृतसहित सरोकारवालाहरुले प्रतिबद्धता पनि जनाएकाछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले यसै निर्वाचन क्षेत्र

    • प्रकाशित मितिः माघ १८, २०८२
    • १९० पटक पढिएको
  • पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

    इटहरी ।  सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई शनिबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिर्जना थपलियाले जानकारी दिनुभयो । अति अशक्त अवस्थाकी बानियाँले सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा गत पुस १९ गते निवेदन दिनुभएको थियो। प्राप्त कागजातका आधारमा बानियाँलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ थपलियाले बताउनुभयो । यसैबिच शनिबार यहाँ जिल्ला सुरक्षा समितिले मतदानस्थल निरीक्षण गर्नुका साथै स्थानीय तहसँग निर्वाचन तयारी, आचार

    • प्रकाशित मितिः माघ १८, २०८२
    • १७१ पटक पढिएको
  • इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

    इटहरी ।  संखुवासभाको चैनपुर नगरपालिका–१०, इखम्बुमा खुकुरी प्रहार गरी एक पुरुषको हत्या गरिएको छ। स्थानीय ४७ वर्षीय लीलाप्रसाद राईमाथि खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार शनिबार दिउँसो मृतकका छिमेकी ५९ वर्षीय शिवकुमार राईले खुकुरी प्रहार गरेका थिए। गाईवस्तुले घाँस खाएको निहुँमा विवादले उग्ररुप लिँदा हत्या भएको प्रहरी निरीक्षक अर्यालले बतानुभयो । शिवकुमारले खुकुरी प्रहार गरेपछि लीलाप्रसादको घटनास्थलमै मृत्यु भएको अर्यालले जानकारी दिनुभयो । घटनापछि शिवकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबार

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ११४ पटक पढिएको
  • झापामा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

    इटहरी । झापाको बिर्तामोड नगरपालिकामा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिवार बेलुका करिब ८ः२५ बजेतिर बिर्तामोड नगरपालिका वडा नं। ७ खोपवारीस्थित भित्री पक्की सडक खण्डमा दुर्घटना भएको हो। प्याकुरेल चोकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र। १–०१–०१३ प ९१९९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक बिर्तामोड नगरपालिका वडा नं। ७ निवासी अन्दाजी ३५ वर्षीय शुभाष मादेनको मृत्यु भएको हो। मृतकको शव बीएण्डसी अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट करिब ८ किलोमिटर दक्षिण–पू

    • प्रकाशित मितिः माघ १८, २०८२
    • १७१ पटक पढिएको
  • इलाम–१ मा चुनावी तापक्रम उच्च, मुख्य भिडन्त ठूला दलबीच

    इटहरी । पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नम्बर १ मा अहिले चुनावी माहोल निकै बढेको छ ।  विगतमा नेकपा ९एमाले० ले विजय हासिल गर्दै आएको इलाम–१ मा यस पटक कसले बाजी मार्ला त्यो त निर्वाचनको मतपरिणाम पर्खनै पर्छ । यतिबेला इलाम–१ मा चुनावी गतिविधि बढेको छ । १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेको यो क्षेत्रमा अन्ततः मुख्य प्रतिस्पर्धा भने ठुला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबिच नै हुने निश्चित जस्तै छ । स्थानीय निर्वाचन जितेका पालिकाका आधारमा र अघिल्ला प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको आधारलाई हेर्ने हो भने पनि यस पटक

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]