All Posts By कोशी प्रेस

    Showing २,७९१-२,८०० of १२,८१४ items.
  • सुनसरी क्षेत्र नं ३ मा पुरानै प्रतिस्पर्धी मैदानमा

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन् । प्रमुख राजनीतिक दलका केन्द्रीयस्तरका प्रभावशाली नेताबिच नै प्रतिस्पर्धा हुने देखिएको हो । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा ९एमाले० का नेतृ भगवती चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीबिच प्रतिस्पर्धा हुने भएकाले यस क्षेत्रको निर्वाचनलाई विशेष रूपमा हेरिन थालिएको छ । अघिल्ला सात निर्वाचनमा निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गच्छदारलाई २०७९ सालको निर्वाचनमा भने नेकपा ९एमाले० का नेतृ एवं पूर

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २४९ पटक पढिएको
  • ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या

    इटहरी । एक महिनाअघि भएको दम्पती हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो । वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले घटनाबारे जानकारी दिँदै आफ

    • प्रकाशित मितिः माघ १३, २०८२
    • १९० पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न

    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छाप्ने कार्य धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गरिरहेको छ । निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइको काम सकेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सकिएसँगै प्रत्यक्षतर्फको छपाइ सुरु भएको छ । आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ। सम्बन

    • प्रकाशित मितिः माघ १३, २०८२
    • ११४ पटक पढिएको
  • सहिद धर्मभक्त माथेमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

    काठमाडौँ । सहिद सप्ताहअन्तर्गत सहिद धर्मभक्त माथेमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा मंगलबार प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थान सिफलमा स्मृति सभा गरिएको हो । सहिद धर्मभक्तको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले, विगतको शासनमा नागरिकले भोग्नु परेका क्रुरता, असमानता तथा कुष्ठित अवस्था नवपुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको संघर्ष र बलिदानी म्सरण गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । धर्मभक्तले

    • प्रकाशित मितिः माघ १३, २०८२
    • ९७ पटक पढिएको
  • इपिएस परीक्षा पास गरेकालाई छिटो कोरिया पठाउन माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौँ । रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न माग गरेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहे

    • प्रकाशित मितिः माघ १३, २०८२
    • १५१ पटक पढिएको
  • सुनसरी र झापाबाट लागू औषधसहित ७ जना पक्राउ

    विराटनगर । सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इटहरी-१७ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी विजयपुरले धरान-१४ बाट सोही स्थानका कुन्दन पाठकलाई ट्रामाडोल ३१८ क्याप्सुल र स्पास्पेन २८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने झापाको दमक नगरपालिका-५ स्थितमा बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट

    • प्रकाशित मितिः माघ १३, २०८२
    • १०२ पटक पढिएको
  • सुनसरी क्षेत्र नं। ४ मा विकासको नेतृत्व जगदीश कुसियैत

    सुनसरी । सुनसरी क्षेत्र नं। ४ मा प्रतिनिधिसभा निर्वाचनको रौनक छाएको छ । संघीय संसद प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा व्यस्त बनेका छन् ।कुल १ लाख २८ हजारबढी मतदाता रहेको यस निर्वाचन क्षेत्रमा यस पटक पनि नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने नेपाली कम्युनिष्ट पार्टी र रास्वपाले टक्कर दिदैछ । प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका यी चार पार्टीमध्येका नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका जगदीश कुसियैतको पक्षमा आमनागरिक खुल्न थालेका छन् । कुसियैतलाई यस अघि प्रदेशसभा सदस्यका रुपमा रहँदा सुनसरी क्षेत्र ४ का ले यसपटक साथ

    • प्रकाशित मितिः माघ १२, २०८२
    • ५१० पटक पढिएको
  • खोटाङको बंशिलाघाटमा बेलिवृज जडान हुँदै

    इटहरी । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । दुई जिल्लाको बिचमा पर्ने वंशिलाघाटमा सुनकोशी नदीमाथि  पहिलो पटक बेलिब्रिज राख्ने कार्य भइरहेको छ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५, पौवासेरा जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा मंसिरबाट बेलिब्रिज जडान सुरु गरिएको थियो । ५१।८१ मिटर लामो र ४।१ मिटर चौडाइ भएको बेलिब्रिज छिट्टै जडान सम्पन्न गर्ने गरी काम भइरहेको कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको सचिवालयले जनाएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुप

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २३९ पटक पढिएको
  • चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै हर्क साम्पाङविरुद्ध उजुरी

    इटहरी। चुनावी प्रचार कार्यक्रममा बालबालिकाको प्रयोग गरेको भन्दै श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ विरुद्ध उजुरी परेको छ । सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका साम्पाङ विरुद्ध निर्वाचनमा बालबालिका प्रयोग गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो । साम्पाङ सो पार्टीका केन्द्रीय अध्यक्ष समेत हुन् । धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको छ । उम्मेदवार साम्पाङले निर्वाचन आचारसंहिता र बालबालिका सम्बन्धी कानुनको धज्जी उडाएको सञ्जालको ठहर छ । सञ्जालले दर्ता गरेको उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २३९ पटक पढिएको
  • एमाले उम्मेदवार भगवतीको निर्वाचन परिचालन संयोजकमा बस्नेत

    इटहरी । एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नु भएकी भगवती चौधरीको निर्वाचन परिचालन समिति संयोजकमा लिलम बस्नेतलाई जिम्मेवारी दिईएको छ ।नेकपा एमाले सुनसरी ३ ले दुई हजार दुई सय एक सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । परिचालन समितिको सहसंयोजकमा ओम प्रकाश मेहता र उपसंयोजकहरुमा शिव नारायण चौधरी र आश नारायण चौधरी हुनुहुन्छ भने परिचालन समितिको सचिबमा मिलिराम चौधरीलाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ । सुनसरी ३ का प्रत्येक वडास्तरमा समेत परिचालन समिति बनाएर निर्वाचनमा जुटने संयोजक बस्नेतको भनाई छ । सुनसरी ३ वाट अघिल्लो चुनावमा नेपाली कांग्रेसका प्रतिस्पर्धी बिजय कुमार गच्छेदारलाई पाँ

    • प्रकाशित मितिः माघ १२, २०८२
    • ३२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]