इटहरी । नेपालमा इलेक्ट्रिक दुई–पहिया बजारलाई थप विस्तार गर्ने उद्देश्यका साथ वैद्य एनर्जी प्रा. लि. ले नयाँ स्कुटर एथर ‘रिज्टा एस’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

भारतीय कम्पनी एथर एनर्जी लिमिटेडद्वारा उत्पादित यो स्कुटर परिवार लक्षित प्रयोगकर्तालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । एथर ‘रिज्टा एस’  को मूल्य  २ लाख ९४ हजार ९ सय तोकिएको छ । तर, लन्च अफर अन्तर्गत पहिलो १५० ग्राहकले २० हजारसम्मको छुट पाउनेछन्, जसले प्रभावकारी मूल्य  २ लाख ७४ हजार ९ सय ९९ पुग्नेछ । साथै, ग्राहकलाई ०% ब्याजदरमा फाइनान्सिङ, एक्सचेन्ज र नगद छुटको सुविधा पनि उपलब्ध गराइएको छ ।

एथर ‘रिज्टा एस’ मा अटो होल्ड, फल सेफ र इमेर्जेनसी स्टप सिग्नल जस्ता आधुनिक सुरक्षा फिचरहरू समावेश गरिएको छ । साथै, फराकिलो सिट, पर्याप्त फुटबोर्ड स्पेस र ठूलो स्टोरेजका कारण यो पारिवारिक प्रयोगका लागि उपयुक्त मानिएको छ । इटहरी कम्पनीका प्रमुख निश्चल खड्काका अनुसार ‘रिज्टा एस ले दैनिक यात्रालाई सहज, किफायती र भरपर्दो बनाउन सहयोग पु¥याउनेछ ।

यसअघि सार्वजनिक गरिएको रिज्टा जेट को सफलतापछि यो नयाँ मोडेल बजारमा ल्याइएको बताउनु भयो । नेपालमा इलेक्ट्रिक दुई–पहिया बजारलाई थप विस्तार गर्ने उद्देश्यका साथ वैद्य एनर्जी प्रा. लि. ले नयाँ स्कुटर एथर ‘रिज्टा एस औपचारिक रूपमा सार्वजनिक गरेको छ ।  ‘रिज्टा एस’ का लागि देशभर रहेका १० वटा एथर इक्सपेरियन्स सेन्टरमा बुकिङ खुला गरिएको छ । ग्राहकहरूले ९९९ तिरेर अग्रिम बुकिङ गर्न सक्नेछन् ।