इटहरी। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया आजदेखि सुरु गरेको छ। देउवा पक्षले अघि सारेको कार्यतालिकाअनुसार बिहीबार देशभर वडा अधिवेशन हुँदैछ।कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र आधिकारिकतालाई लिएर दुई समूहले फरक–फरक कार्यतालिका अघि बढाइरहेका बेला देउवा पक्षले आफ्नो छुट्टै अधिवेशन प्रक्रिया सुरु गरेको हो। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। उक्त कार्यतालिकाबारे देउवा पक्षले निर्वाचन आयोगलाई समेत औपचारिक जानकारी गराइसकेक
इटहरी। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै उदयपुरमा जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिले बुधबार गाईघाटस्थित कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै विभिन्न खेल विधाबाट जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो।कर्णाली प्रदेशको सुर्खेतमा आगामी २०८३ मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उदयपुरबाट विभिन्न खेल विधाका खेलाडी छनोट गरिनेछ। जिल्लास्तरीय छनोटबाट उत्कृष्ट ठहरिएका खेलाडी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने र प्रदेशबाट छनोट भएपछि राष्ट्रिय प्रतियोगितामा उदयप
इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं। २ मा क्षेत्रीय सभापति पदका लागि आज मतदान भइरहेको छ।क्षेत्रीय सभापति पदमा राजन मेहता र सुदीप अधिकारीबीच प्रतिस्पर्धा रहेको छ। मतदानमा क्षेत्रीय प्रतिनिधिहरू सहभागी भई आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचनका लागि पार्टीका क्षेत्रीय प्रतिनिधि तथा नेता–कार्यकर्ता मतदानस्थलमा उपस्थित भएका छन्। मतदानस्थलमा सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ।सभापति पदका उम्मेदवारद्वय मेहता र अधिकारीले क्षेत्रीय संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी दिनमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक
इटहरी स् मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो। चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले एक वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए।‘मनोकामना अस्पताललाई दर्ता र नवीकरणका लागि यसअघि नै पटकपटक पत्राचार गरिएको थियो, तर बेवास्ता गरेपछि कारबाही गर्नुपरेको हो,’ श्रेष्ठले भ
इटहरी। गएको तीन वर्षमा नेपालबाट एक हजार ४४२ विदेशी नेपालबाट निष्कासित भएका छन् । निष्कासितमध्ये ‘भिसा अवधि सकिएपछि पनि नेपालमा बसेको कसुर’ मा सबैभन्दा धेरै विदेशी नागरिक निष्कासनमा परेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो । प्रवक्ता ढकालका अनुसार सन् २०२६ को चालु अवधिमा हालसम्म ४५१ जना विदेशी निष्कासनमा परेका छन् । गएको तीन वर्षको आकडा हेर्दा नेपालबाट निष्कासनमा पर्ने विदेशी नागरिकको सङ्ख्या प्रत्येक वर्ष बढिरहेको छ । सन् २०२५ मा ५२३ जना, सन् २०२४ मा ५०१ जना र सन् २०२३ मा ४५८ जना विदेशी नेपालबाट निष्कासित भएका थिए । सन् २०२५ मा निष्कासित ५२३ जनामध्ये ४५९ जना ओभ
इटहरी। इटहरी उपमहानगरपालिका–८ मा रहेको एक अर्ब रुपियाँभन्दा बढी मूल्यको करिब एक बिघा १५ कट्ठा १० धुर जग्गाको स्वामित्व र मोही हकसम्बन्धी विवाद चर्किएको छ । सर्वोच्च अदालतबाट तत्कालीन प्रधान न्यायाधीशसहितको संयुक्त इजलासले बर्सौंअघि उक्त जग्गामा मोही हक नरहेको ठहर गरिसकेको अवस्थामा भूमि प्रशासन कार्यालय सुनसरीबाट अहिले मोही हक कायम हुने भन्दै जग्गा बाँडफाँटको निर्णय गरेपछि जग्गाधनी पक्षले आपत्ति जनाएका छन् । कुनै पनि मोही नभएको र विवादसमेत नरहेको र २०३५ सालमा आफ्नो बुवा रामेश्वर दयाल गोयलले खरिद गरेको जग्गामा परिवारले २०३६ सालदेखि निरन्तर प्लाइउड उद्योग सञ्चालन गर्दै आएको भनिएको छ । क
इटहरी। सुनसरीको धरानस्थित विजयपुर क्षेत्रमा रहेका पिण्डेश्वर, बुढासुब्बा र दन्तकाली मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । पौराणिक, धार्मिक तथा सांस्कृतिक महìव बोकेका यी मन्दिरमा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारत र भुटानबाट समेत श्रद्धालु आउने गरेका छन् । पर्यटन अभियन्ता वासु बरालका अनुसार पौराणिक तथा धार्मिक महìवका कारण धरानका यी तीन वटै मन्दिरमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढदै गएको छ । उहाँका अनुसार वार्षिक रूपमा पाँचदेखि आठ लाखसम्म मानिस पिण्डेश्वर, बुढासुब्बा र दन्तकाली मन्दिरमा दर्शनका लागि आउने गरेका छन् । पौराणिक धार्मिक
इटहरी। पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको मेची राजमार्गअन्तर्गत माइखोलास्थित राजदुवाली सडकखण्ड बिहीबार र शुक्रबार बन्द हुने भएको छ।सो सडकखण्डमा मर्मतको काम भइरहेको र थप मर्मतका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपर्ने भएकाले असोज १५ र १६ गते बिहानदेखि बेलुकासम्म सडक बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। सो सडकखण्डमा ठुला मेसिनरी उपकरण प्रयोग गरी कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले कामका क्रममा जोखिम हुने भन्दै सडक डिभिजन कार्यालय इलामको आग्रहमा दुई दिनका लागि राजदुवाली खण्ड बन्द गरिएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौड्यालले बताउनुभयो।गएको वैशाखदेखि स
इटहरी। भारतको नयाँ कर व्यवस्थाले नेपालको जुट निर्यात प्रभावित हुने भएको छ । यसअघि जुट र जुटबाट निर्मित सामानको आयातमा एन्टी डम्पिङ ड्युटी ९एडिडी० बढाएको भारतले पछिल्लो समय काउन्टर भ्याली ड्युटी ९सिभिडी० पनि लगाइदिएको छ । यसले नेपाली जुट उद्योगीले भारत र बङ्गलादेशबाट कच्चा आयात गरेर मालवस्तु उत्पादनपछि निर्यात गर्ने बाटो मात्रै नभई नेपाली किसानको जुट खरिद गरेर प्रशोधनमा समेत अवरोध पुग्ने दाबी गरिएको छ । भारतले अघिल्लो साता एडिडीमा ५६ गुणासम्म वृद्धि गरेको थियो । त्यो कार्यान्वयनमा ल्याएको केही दिनमै काउन्टर भ्याली ड्युटीसमेत तोकेको हो । भारतको नियम अनुसार पाँच वर्षका लागि एडिडी तोकिन्थ्यो
सृजना ठाकुर ,इटहरी । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारदाता तथा कामको खोजीमा रहेका युवालाई प्रत्यक्ष सम्पर्कमा जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस मेलाको युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शुभारम्भ गर्नुभएको हो। असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने यस मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाताका ७५ भन्दा बढी स्टलहरू राखिएका छन्। कार्यक्रममा बोल्दै सभामुख अर्यालले युवाहरूल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.