All Posts By कोशी प्रेस

    Showing २८१-२९० of १२,६७१ items.
  • धनकुटामा ऐन्टी रेबिज खोप अभाव

    धनकुटा। धनकुटामा ऐन्टी रेबिज खोप अभाव भएको छ । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको यो खोप विगत ६ महिनादेखि कोटा अनुसार उपलब्ध हुन सकेको छैन । जिल्लामा मासिक दुई सय कोटा निर्धारण गरिए पनि मासिक ३०-४० वटा मात्रै उपलब्ध हुँदै आएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार विगत छ महिना वाट नियमित आपूर्ति हुन सकेको छैन । यो खोप, कुकुर, बिरालो, मुसा, सुँगुर लगायतको जनावरले टोकेको खण्डमा रेबिजविरुद्ध लगाइने गरिन्छ । जिल्ला अस्पतालमा खोप अभाव हुँदा प्रयोगकर्ता निजी स्वास्थ्य संस्थामा महँगो सुल्क तिरेर खोप लगाउन बाध्य छन् । निजी स्वास्थ्य संस्थामा प्रति खोप

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २८ पटक पढिएको
  • मेहता परिवारसँग सरकारको सातबुँदे सहमति

    इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका रविन्द्रकुमार मेहताको परिवार र गृह मन्त्रालयबिच गएराति सात बुँदे सहमति भएको छ । सहमति भएपछि बुधबारदेखि सदरमुकाम इनरुवामा केन्द्रित गर्ने भनिएको आन्दोलन रोकिएको छ । देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका मेहताको परिवार र गृहमन्त्री सुधन गुरुङबिच भएको सहमतिमा मृतकका परिवारका माग यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ । सहमतिअनुसार मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइनेछ । २०८३ साल साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ३७ पटक पढिएको
  • सार्वजनिक सवारीको भाडा दर पेश गर्न आग्रह

    ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सार्वजनिक सवारी साधन व्यवसायीहरूलाई भाडा दररेट पेश गर्न आग्रह गरेको छ । गाउँपालिकाले सात दिनको सार्वजनिक सूचना जारी गर्दै सवारी साधन भाडा दररेट पेश गर्न आग्रह गरेको हो । गाउँपालिकाद्वारा जारी सूचनाअनुसार वडा नं. ४ विशालचोकदेखि वडा नं. १ र वडा नं. ४ को फुङलुङ–थामडाँडा सडकखण्डसम्म सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गर्न आग्रह गरिएको हो । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयमा दरखास्त फाराम लिन तथा आठौँ दिन बिहान ११ बजेभित्र निवेदन दर्ता गरिसक्नुपर्ने उल्लेख गरिएको छ । गाउँपालिकाले प्राप्त प्रस्तावका आधारमा उपयुक्त दररेट निर्धारण ग

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २४ पटक पढिएको
  • नेपालमै आउँछ कार्गो रेल उद्योगी भने भारततिरै जान्छन्

    इटहरी । गत साउन ४ गते सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत स्वस्तिक आयल इन्डस्ट्रिजका ४० कन्टेनर सामान लिएर कन्टेनर कार्गो रेल नेपाल भन्सारक्षेत्र (एनसिवाई) आएको थियो । त्यसको २० दिनपछि अर्को कन्टेनर कार्गो रेल पनि सोही क्षेत्रका लागि कोलकाता बन्दरगाहबाट छुटेको छ । एनसिवाई विराटनगरमा हेन्डलिङ, अनलोड तथा ढुवानीको जोरजाम चलिरहेको छ ।  तेस्रो मुलुकबाट पैठारी भएका सामान बोकेर दोस्रो कार्गो रेल आइरहेको भए पनि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका धेरै उद्योगीले भने भारतीय भन्सारक्षेत्र (इन्डियन कस्टम यार्ड, आइसिवाई) मा गराइरहेका छन् । जबकि कार्गो रेल सञ्चालनको माग सबैभन्दा धेरै मोरङ–सुनसरीका उद्योगी

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ५० पटक पढिएको
  • केराबाट कागज बनाउने तयारी

    इटहरी। खोटाङको दिक्तेलबाट १९ वर्षको उमेरमा वैदेशिक रोजगारमा दुबई गएका रामकुमार दाहाल अब विदेश नजाने; बरु केराको दाम्चाबाट रेसा निकालेर गाउँमै खाडीको कमाइ खोजिरहनुभएको छ ।  वैदेशिक रोजगारमा १६ वर्ष दुबई, कतार र इराकमा काम गर्नुभएका दाहाल अहिले ३६ वर्षको हुनुभयो । २०८१ सालको दसैँमा घर फर्केपछि स्वदेशमै केही उद्यम गर्ने मनसायले उहाँ खेर गएका केराका थामबाट रेसा निकाल्ने उद्यममा लाग्नुभएको छ । विदेशको कमाइले मोरङको कानेपोखरी–७, चालिस बिघेमा आठ कट्ठा घरखेत जोडेका दाहाल अहिले सोही स्थानमा केराको दाम्चाबाट रेसा (धागो) निकालेर बिक्री गरिरहनुभएको छ । उहाँले शारदा धागो लघु उद्योग दर्ता गर्नुभएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २४ पटक पढिएको
  • नेपालमा टिभीएस अर्बिटर सार्वजनिक, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

    इटहरी । टिभीएस मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टिभीएस अर्बिटर  सार्वजनिक गरेको छ।  सहरी यात्रालाई लक्षित गर्दै ल्याइएको अर्बिटरमा आधुनिक डिजाइनसँगै स्मार्ट प्रविधि, आराम र उपयोगितालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। सोमबार इटहरीको राजस्व ढाटस्थित पारस अटोमोबाइल्स, जगदम्बा मोटर्समा आयोजित एक कार्यक्रमबीच नयाँ विद्युतीय स्कुटर टिभीएस अर्बिटर सार्वजनिक गरिएको हो। टिभीएस अर्बिटरमा ३.१ किलोवाट ब्याट्री रहेको छ भने यसले १५८ किलोमिटर आईडीसी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । अर्बिटरको प्रमुख विशेषतामध्ये उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल रहेको कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ८० पटक पढिएको
  • धनकुटामा बेवारिसे भरुवा बन्दुक फेला

    धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ । धनकुटा प्रहरीका अनुसार सोमबार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीको गस्तो टोलीले साँगुरीगढी गाउँपालिका-८ हर्चुवा क्षेत्रबाट एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १२१ पटक पढिएको
  • विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

    काठमाडौं। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले कार्यदल गठन गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठित कार्यदलले मिलका भौतिक संरचना, मेसिनरी, सम्पत्ति तथा दायित्वको अवस्था र यसअघि भएका अध्ययन तथा निर्णयहरूको समीक्षा गर्नेछ। कार्यदलले पुनः सञ्चालनका सम्भावित विकल्प र आवश्यक रणनीतिसहितको प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्नेछ। बैठकम

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १०४ पटक पढिएको
  • मृगौलियामा एकदिने निःशुल्क स्वास्थ्य शिविर, ४ सय नागरिक लाभान्वित, युवाको सक्रियता र सहकार्यमा जोड

    इटहरी । मोरङको सुन्दरहरैँचा–२ मृगौलियामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब ४ सय स्थानीय नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।  गछिया जेसीज र मृगौलिया स्वास्थ्य चौकीको संयुक्त आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। कार्यक्रममा गछिया जेसीजका अध्यक्ष कमल ढुंगाना (कुन्दन) ले युवाको ऊर्जालाई सामाजिक उत्तरदायित्व र सेवामा जोड्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुन्दरहरैँचा–२ का वडाध्यक्ष विबश प्रधानले विपन्न नागरिकसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन र समयमै परीक्षण गर्ने बा

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ८२ पटक पढिएको
  • सुन्दरहरैंचामा ३२ औँ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचामा ३२ औँ विश्व आदिवासी दिवस विभिन्न जातजातिका मौलिक झाँकी, ¥याली तथा सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजनामा सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खेलमैदानमा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले गनुृभएको थियो । कार्यक्रमको अध्यक्षता महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन याख्खाले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अजम्बर राईले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणसँगै अधिकार सुनिश्चित गर्न राज्यका सबै तहबाट आवश्यक पहल हुनुपर्नेमा जो

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]