All Posts By कोशी प्रेस

    Showing २,८९१-२,९०० of १२,८१४ items.
  • मोरङमा जुवाको खालबाट ३ लाख १३ हजार नगदसहित चार जना नियन्त्रणमा

    इटहरी । मोरङको ग्रामथान गाउँपालिका–४ जुरीखोला छेउस्थित बाँसझ्याङमा जुवाको खाल बनाई पैसाको हारमार हुने जुवाजन्य खेल भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। शुक्रबार बेलुका ६ बजेको समयमा  इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवाजन्य खेल खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो। सो क्रममा जुवाको खालबाट १६ थान कौडा र नगद तीन लाख तेह्र हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने ५७ वर्षीय जय किशोर साह, भोजपुर हतुवागढी गाउँपालिका–३ सिन्द्राङ घर भई हाल सुनसरी धर

    • प्रकाशित मितिः माघ ३, २०८२
    • १८५ पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्वाचनसमेत हेर्नेगरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । झापा जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेल रहनुभएको छ। जिल्लाका अरु चार वटा निर्वाचन क्षेत्रमा समेत निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना भइसकेको छ । क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ

    • प्रकाशित मितिः माघ ३, २०८२
    • १८७ पटक पढिएको
  • झापा गोल्डकपका लागि एक सयभन्दा बढी नयाँ सदस्य थपिए

    इटहरी । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको सङ्ख्या एक सय नाघेको छ ।निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो। यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताउनुभयो। गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको सङ्ख्या एक सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झा

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २२८ पटक पढिएको
  • प्रथम माघेमेला गोल्डकपको अन्तिम क्वाटरफाइनलमा लालिगुराँस र झापा आमनेसामने

    इटहरी । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा शनिबार अन्तिम क्वाटरफाइनल खेल सञ्चालन हुने भएको छ । माघे सक्रान्तिको अवसरमा आयोजित गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने भएको हो । शनिबारको विजेताले सेमिफाइनलमा वि।सि।एस। मेमोरियल युवा क्लब सावादिनसँग भेट पक्का गर्ने छ । शुक्रबार भएको खेलमा नाम्थोक युवा क्लब पाँचथरलाई ५–४ गोल अन्तरले पाराजित गर्दै सावादिन सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो खेलमा ड्रिम बोइज एफ।सि। धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २१४ पटक पढिएको
  • बिर्तामोड– भद्रपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    इटहरी । बिर्तामोड– भद्रपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः१५ बजे बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१–०१–०१४ प ५११९ नं। को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो  । मोटरसाइकल चालक भद्रपुर ७ बस्ने ३६ वर्षीय सुदिर निरौला गम्भीर घाइते हुनुभएको थियो । घाइते निरौलालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारका क्रममा राति ९ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८२
    • १८१ पटक पढिएको
  • कोशी प्रदेशका सबै २८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारीका क्रममा कोशी प्रदेशको सबै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशमा रहेका १४ वटा जिल्लामा २८ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यस क्रममा सबै निर्वाचन क्षेत्रमा औपचारिक रूपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी शुक्रबारबाटै निर्वाचन तयारीसम्बन्धी औपचारिक गतिविधि  प्रारम्भ गरिएको छ । इनरुवा समाचारदाताका अनुसार सुनसरीको तीन स्थानमा चार वटा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते हुने भएकाले इनरुवा

    • प्रकाशित मितिः माघ ३, २०८२
    • ३१३ पटक पढिएको
  • अरुण गाउँपालिका प्याउलीद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

    भोजपुर । भोजपुरको अरुण गाउँपालिका प्याउलीद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ। माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका सातवटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ।अरुण गाउँपालिका वडा नम्बर–७ स्थित सिक्रेटारमा रहेको श्री सगरमाथा माध्यमिक विद्यालयको प्राङ्गणमा माघ २ गते आयोजित उद्घाटन समारोह अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा तथा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई रहनु भएको थियो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले शिक्षा र खेलकुद क्षेत्रको

    • प्रकाशित मितिः माघ ३, २०८२
    • ४०८ पटक पढिएको
  • धनकुटाको लेगुवामा लाग्ने ऐतिहासिक अगुल्टे मेला समापन

    धनकुटा | माघे संक्रान्तिको अवसरमा वर्षौँदेखि धनकुटाको लेगुवा क्षेत्रमा लाग्दै आएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको अगुल्टे मेला यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ।धनकुटा र भोजपुर जिल्लाको संगमस्थलमा पर्ने लेगुवामा हरेक वर्ष माघे संक्रान्तिका दिन आयोजना हुने यो मेला पूर्वी पहाडी क्षेत्रकै प्रमुख धार्मिक तथा सांस्कृतिक मेलामध्ये एकका रूपमा परिचित छ। परम्परागत रूपमा आयोजना हुँदै आएको यो मेलाले स्थानीय संस्कृति, धर्म र सामाजिक एकताको प्रतीकको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ।मेलाको अवलोकनका लागि धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका अन्तर्गतका विभिन्न वडासहित छिमेकी पालिकाबाट ठूलो सङ्ख्यामा स

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २०८ पटक पढिएको
  • भोजपुर टुँडिखेलमा ऐतिहासिक डवली मेला सुरु

    भोजपुर | ‘हाम्रो प्रकृति हाम्रो संस्कृति, पर्यटन नै हाम्रो आर्थिक उन्नती’ भन्ने नाराका साथमा पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा डवली मेला सुरु भएको छ । उज्यालो भोजपुर संस्थाको आयोजनामा आगामी फागुन तीन गतेसम्म मेला सञ्चालन हुनेभएको छ । भोजपुरको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान झल्काउने उद्देश्यका साथ ऐतिहासिक भोजपुर डबली मेला आयोजना गरिएको आयोजक उज्यालो भोजपुरका सदस्य देउप्रकाश राईले जानकारी दिनुभयो । उहाँ अनुसार मेलामा स्थानीय उत्पादनको प्रवर्धन, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि फोटो तथा भिडियो प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, विभिन्न राष्

    • प्रकाशित मितिः माघ २, २०८२
    • ४३६ पटक पढिएको
  • कार्यालयमा अचानक बेहोस भई ढलेका सशस्त्र प्रहरी निरीक्षक घिमिरेको उपचारको क्रममा निधन

    झापा । सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक घनश्याम घिमिरेको उपचारका क्रममा निधन भएको छ।२०८२ कार्तिक १ गते बिहान करिब १०:३० बजे शिक्षालय परिसरभित्र ब्यारेकबाट कार्यालय भवनतर्फ जाने क्रममा उनी अचानक बेहोस भई ढलेका थिए। लगत्तै उनलाई उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको थियो।उक्त अस्पतालमा प्रारम्भिक उपचार तथा सिटी स्क्यानपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मोरङको विराटनगरस्थित बिराट नर्सिङ होममा लगिएको थियो। सोही दिन दिउँसो करिब २:२० बजे उनको टाउकोको शल्यक्रिया गरी स्नायु सम्बन्धी कक्षमा राखेर उपचार गरिएको थियो।उपचारकै क्रममा स

    • प्रकाशित मितिः माघ २, २०८२
    • १९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]