इटहरी । ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पाँचदिने पदयात्रा सुरु गरेको छ । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणकोे आयोजनामा सो पदयात्रा सुरु गरिएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गणले पुस २३ देखि २७ गतेसम्म उदयपुर जिल्लाका दुईवटा फरकफरक स्थानमा रहेका पुराना ऐतिहासिक स्थल उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको करिव ८५ किलोमिटर लामो महाभारत पहाड क्षेत्रमा पदयात्रा सुरु गरेको हो । उदयपुरगढीमा आयोजित उक्त पदयात्राको सुभारम्भ समारोहमा नेपाली सेन
इटहरी । रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो । घुम्ती शिविरमार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नाका साथै ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य परीक्षणसमेत भइरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण सेवा लिन गाउँपालिका केन्द्रसम्म आउन कठिन भएकाले घरपायकमै सेवा उपलब्ध
इटहरी । अत्यधिक चिसो बढेपछि मोरङको कानेपोखरी गाउँपालिकाले पुस २४ र २५ गते विद्यालयमा बिदा दिने निर्णय गरेको छ । केही दिन यता तराईमा शीतलहर चलिरहेको छ । यस्तो अवस्थामा बालबालिकालाई विद्यालय आउन जान समस्या हुने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले सञ्चित बिदाबाट कट्टा हुने गरी दुई दिन विद्यालय बन्द गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले जानकारी दिनुभयो । उहाँले अत्यन्तै कमजोर आर्थिक अवस्थाका बालबालिकालाई घरबाट विद्यालय आउन जान समस्या भएपछि विद्यालय बन्द गरिएको बताउनुभयो ।
इटहरी । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन् । पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि आधार शिविर सुनसान बनेको हो । पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीययाम सकिएपछि पर्यटक आउजाउ गर्न छाडे
इटहरी । कोशी प्रदेशमा प्रदेश सरकार र स्थानीय तहबिच देखिँदै आएको समन्वयको कमजोरी, कानुनी अस्पष्टता र व्यवहारिक समस्यालाई समाधान गर्ने उद्देश्यले प्रदेश समन्वय परिषद् बैठकले ठोस निर्णयहरू गरेको छ । बैठकले विशेषगरी ढुङ्गा–गिटी ठेक्का, वन क्षेत्रको राजस्व सङ्कलन, सीमा व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई प्राथमिक एजेण्डाका रूपमा अघि सारेको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहले उठाउँदै आएका समस्याहरूलाई प्रदेशस्तरबाट सम्बोधन गर्ने र आवश्यक परे केन्द्र सरकारलाई औपचारिक रूपमा आग्रह गर्ने निर्णय गरिएको हो । पछ
वराहक्षेत्र | सुनसरीको वराहक्षेत्र नगरपालिकामा नगरपालिकाका स्वास्थ्यकर्मीहरु घर घरमा पुगेर ज्येष्ठ नागरिक हरुको स्वास्थ्य परीक्षण र परामर्श गर्ने गरेका छन् । ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका हुन् ।नगरपालिकाका चतरा अस्पताल , प्रथामिक स्वास्थ्य केन्द्र मधुवन , प्रथामिक स्वास्थ्य चौकि महेन्द्रनगर , भरौल , प्रकाशपुर लगायत अन्य आधारभुत स्वास्थ संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३–३ महिनामा ज
इटहरी | नेपाल सरकारका पूर्व वरिष्ठ सचिव तथा बेलायत (युनाइटेड किङ्डम) का लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेसँग कस्तुरी कलेजका विद्यार्थीहरूबीच विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।नेपाल सरकारको उच्च प्रशासनिक पद सचिवमा रही लामो समय सेवा गरेका राजदूत घिमिरेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका महत्वपूर्ण निकायहरूमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। पछिल्लो समय उद्यमशीलता, निजी क्षेत्र प्रवर्द्धन तथा आर्थिक विकासका क्षेत्रमा समेत उनको योगदान उल्लेखनीय रहँदै आएको छ। उनी २०८१ साल (जनवरी २०२५) देखि बेलायत
सुन्दरहरैचा | मोरङको सुन्दरहरैचा वडा नं ३ लोचानीमा रहेको सिर्जनशिल क्लब, द्वारा "सुन्दरहरैचा सिर्जनशिल रन २०८२" यही आगामि माघ १७ गते गर्ने भएको छ। शारीरिक स्वास्थ्यको महत्वलाई प्रोत्साहन गर्नु र समुदायलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले गर्न लागिएको रनका लागि नगर खेलकुद समिति, सुन्दरहरैचा नगरपालिका को सहयोगमा र सहकार्यमा आयोजना हुने क्लबका अध्यक्ष एकराज पोखरेलले बताए ।सिर्जनशिल रन २०८२ मा सहभागी हुन विभिन्न उमेर समूहका लागि विविध दौड अन्तर्गत १० कि.मि खुल्ला दौड – सबै उमेर समूहका लागि खुला ५ कि.मि भेट्रान दौड – ४० वर्ष र माथिका लागि १६ वर्ष म
झुम्का | झुम्का खानेपानी मूल उपभोक्ता समितिको हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने उमेश दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित तीन दलीय गठबन्धनलाई पराजित गर्दै दाहालसहितको प्यानलले बहुमत हासिल गरेको हो।उपभोक्ताहरूका अनुसार कुशल नेतृत्व, पारदर्शी व्यवस्थापन र जनमुखी कार्ययोजनाका कारण उमेश दाहालप्रति विश्वास व्यक्त गर्दै मतदाताले विजयी गराएका हुन्। दाहाल नेतृत्वको टिमले रामधुनी क्षेत्रका नागरिकलाई सुलभ मूल्यमा स्वच्छ खानेपानी उपलब्ध गराउने, सबै घरधुरीमा पानीको पहुँच पुर्याउने र खानेपानी सेवाको गु
इटहरी । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् । २०७९ को चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् । पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उनले सुनसरी–१ बाटै चुनाव लड्ने बताएका छन् । यो क्षेत्रमा धरान उपमहानगर सहित बाराह क्षेत्रका केही र रामधुनीका एउटा वडा पर्छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.