इटहरी । वराहक्षेत्र नगरपालिकाले आपनो दशौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको शिविरमा १ सय ३९  पिन्ट रगत संक्कल भएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिनुभयो ।

बिहिवार बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समन्वयमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भई बिरामीहरूलाई समस्या भइरहेको अवस्थामा “रक्तदान जीवनदान” भन्ने मूल नारालाई आत्मसात गर्दै नगरपालिकाले आफ्नो दशौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

नगरपालिकाले बर्षमा दुई पटक संविधान दिवस र नगरपालिकाको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा नगर प्रमुख रमेश कार्की , उप प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु सहित ११ वटै वडाबाट स्थानिय संघ , संस्थाका प्रतिनिधि , समाजिक अगुवा , बुदिजिबि , कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर , शसस्त्र प्रहरी बेस क्याम्प चतरा, निर्वाचन प्रहरी लगायत विभिन्न सामाजिक संस्था ,क्लब लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नगरपालिकाले आफ्नो स्थापना भएको दिवसको अवसरमा दिप प्रज्वल , सरफाई कार्यक्रम , रक्तदान लगायतका ३ दिवसिय कार्यक्रम आयोजना गरेको थियो । २०७३ साल फाल्गुन २७ गते हालको बराहक्षेत्र तत्कालीन वराह नगरपालिकाको रुपमा साबिकका ५ वटा वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकासपुर र मधुवन गाउँ बिकास समितिहरु मिलेर घोषणा भएको थियो ।