All Posts By कोशी प्रेस

    Showing ३,०५१-३,०६० of १२,८१४ items.
  • झापामा स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु

    झापा । झापाको मेचीनगर नगरपालिका–६ मा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। बिहीवार बेलुका काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको पीबी ०२ बीआर ७७६५ नम्बरको मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।दुर्घटनामा स्कुटर चालक मेचीनगर नगरपालिका–६ की अन्दाजी ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक चालक भारतको पन्जाब राज्य, अमृतसर जिल्ला भोलेबाबा निवासी अन्दाजी ३६ वर्षीय सन्दीप सिंहलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

    • प्रकाशित मितिः पुस १८, २०८२
    • २६५ पटक पढिएको
  • सुनसरीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्रका हवलदार पक्राउ

    इनरुवा । सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालकको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरीका हवलदारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको छानबिनका लागि प्रहरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई बिहीबार नै पक्राउ गरेर सोधपुछ गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शुक्रबार पुष्टि गर्नुभयो ।घटनापछि सिर्जित तनाव र अनुसन्धानको प्रक्रियाबारे जानकारी दिँदै सीडीओ घिमिरेले गोली हान्ने मुख्य व्यक्तिलाई नै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,‘‘जसले गोली हानेको हो, उसलाई नियन्त्रणमा लिइएको छ ।’

    • प्रकाशित मितिः पुस १८, २०८२
    • ३११ पटक पढिएको
  • पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न कांग्रेस महाधिवेशन पक्षधरको माग

    काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको पूर्वघोषित नियमित महाधिवेशनका कार्यतालिकाका कार्यक्रम स्थगीत भइसकेको अवस्थामा विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका हुन् । असोज २९ गते विधान बमोजिम देशभरका ५४ प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दैै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए । विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकारले पौष २७ र २८ गते विशेष महाधिव

    • प्रकाशित मितिः पुस १८, २०८२
    • १९३ पटक पढिएको
  • ईक्यान केन्द्रको केन्द्रीय सदस्यमा कमल तिम्सिनाको साझा उम्मेदवारी घोषणा

    इटहरी | नेपाल शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक रूपमा सुदृढ बनाउने अभियानमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका कमल तिम्सिनाले नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान) केन्द्रको आगामी निर्वाचनका लागि केन्द्रीय सदस्य पदमा साझा उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।हाल ईक्यान पूर्वाञ्चल शाखाका सल्लाहकार, पूर्वाञ्चल शाखाका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष रहेका तिम्सिना विगत २२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा निरन्तर, जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्दै आएका अनुभवी व्यक्तित्व हुन्।विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श संस्थाबीच विश्वास र सहकार्यको वाताव

    • प्रकाशित मितिः पुस १८, २०८२
    • ६४० पटक पढिएको
  • भोजपुरमा थपिए दुई हजार तीन सय ७९ नयाँ मतदाता

    दिङ्ला । भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ । मतदाता नामावली दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिएसँगै मतदाताको संख्या एक लाख २३ हजार ३७९ जना बाट बढेर एक लाख २५ हजार ७६६ पुगेको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो । निर्वाचन कार्यालयअनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुरुष, ५९ हजार ९७७ जना महिला तथा एक जना अन्य मतदाता रहेका छन् ।स्थानीय तहअनुसार भोजपुर नगरपालिकामा २० हजार १८९, षडानन्द नगरपालिकामा २१ हजार

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ३२० पटक पढिएको
  • सशस्त्रको गोली लागेर अटो रिक्सा चालकको मृत्यु, सुनसरीको लौकही बजार तनावग्रस्त

    सुनसरी । सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।  साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका छन्। मृतकको शव पूर्व पश्चिम राजमार्गमा राखी सडक अवरुद्ध गरी स्थानीय प्रर्दशनमा उत्रिएका हुन् । सो क्रममा प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन् भने सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफो

    • प्रकाशित मितिः पुस १७, २०८२
    • २८५ पटक पढिएको
  • स्मार्ट सजिलो ट्राभल एन्ड टुरको व्यवस्थापनमा ज्योति माध्यमिक विद्यालयको शैक्षिक भ्रमण सम्पन्न

    इटहरी | इटहरीस्थित ज्योति माध्यमिक विद्यालयले कक्षा १२ का विज्ञान विषय अध्यनरत विद्यार्थी र सिभिल इन्जिनियर अध्ययनरत ४४ जना विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको छ ।विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, सांस्कृतिक र भौगोलिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमण स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको हो। स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सम्पन्न उक्त ६ दिने भ्रमण अन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई तनुहको बन्दिपुर , पोखरा, मनाङ–मुस्ताङ ,मुक्तिनाथ मन्दिर ,गोरखाको मनकामना मन्दिर, चितवन ,गलेश्वर, र

    • प्रकाशित मितिः पुस १६, २०८२
    • ७०२ पटक पढिएको
  • धनकुटाको साँगुरीगढी गाउँपालिका ६, स्थित भेडेटारमा १३ औं खाना महोत्सव अर्थात भेडेटार फुड फेस्टिबल सुरु

    इटहरी । पूर्वको एक प्रमुख पर्यटकीय केन्द्र रहेको धनकुटाको साँगुरीगढी गाउँपालिका –६, स्थित भेडेटारमा १३ औं खाना महोत्सव अर्थात भेडेटार फुड फेस्टिबल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फुड फेस्टिबल अर्थात् खाना महोत्सव हुने जानकारी गराएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पानसमा दीप प्रज्ज्जवल गरी उदघाटन गर्नुभएको थियो । अंग्रेजी नयाँ बर्ष २०२६ को अवसरमा पुष १६ गतेदेखि १८ गते दिनसम्म फेस्टिवल हुनेछ । फेस्टिबलमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकार राखिएका छन् ।  यस्तै, खाद्यान्न, नगदे, औद्योगिक बाली, फलफूल, तरका

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २७३ पटक पढिएको
  • झापाका चौहान दाजुभाइको डिजिटल उडान विश्वकै चर्चित

    इटहरी । झापाको शिवसताक्षी नगरपालिका–२, सङ्गमचोकका दाजुभाइ प्रदीप चौहान र पवन चौहानले विदेश नगई आफ्नै गाउँबाट डिजिटल दुनियाँमा ठूलो सफलता हासिल गरेका छन्। साधारण मोबाइलबाट सुरु गरिएको उनीहरूको ‘सानो क्रियटर’ युट्युब च्यानल आज विश्वकै चर्चित मिनिएचर कन्टेन्ट प्लेटफर्ममध्ये एक बनेको छ । दुई वर्षको अवधिमै च्यानलले करिब ४५ लाख सब्सक्राइबर र करोडौँ भ्युज प्राप्त गरेको छ। साना गाडी, ट्रक, घर निर्माण र कृषि गतिविधिलाई सानो आकारमा देखाइने भिडियोहरू दर्शकको रोजाइमा परेका छन्। दृश्यमा आधारित कन्टेन्ट भएकाले भारतसहित विभिन्न देशका दर्शक उनीहरूको मुख्य दर्शक हुन्। कृषि व्यवसायमा असफल भई ठूलो ऋणमा परेका दाज

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २९९ पटक पढिएको
  • निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी, स्वच्छ र निष्पक्ष चुनाव गराउने सरकारको प्रतिबद्धता

    इटहरी । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ सरकार अघि बढिसकेको बताउनुभएको छ । गृह मन्त्रालय र कोशी प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको निर्वाचन केन्द्रित सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूति सहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको बताउनुभएको हो । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औँल्याएको विषय प्रति सरकार संवेदनशील भएर काम गरिरहेको उहाले बताउनुभ

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २०५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]