इटहरी । भोजपुर जिल्लाको पछिल्लो मतपरिणामअनुसार श्रम संस्कृति पार्टीको ध्रुवराज राईले चौध हजार २४१ मतको साथ अग्रता कायम गरेको छ।

 नेकपा ९एमाले० को शेरधन राई बाह्र हजार ३१९, नेपाली कांग्रेसको बालकृष्ण थापा ८, २०९, राष्ट्रिय स्वतन्त्रता पार्टीको रमेश ओझाको पाँच हजार ९३७ र  नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ३७२ मत प्राप्त गरेका छन्।

अरुण, आमचोक, टेम्केमैयुङ, पौवादुङ्मा,भोजपुर, रामप्रसाद, षडानन्द र साल्पासिलोच्छो मत गनिसक्दाको मतपरिणाम रहेको छ।