All Posts By कोशी प्रेस

    Showing ३,०८१-३,०९० of १२,८१४ items.
  • काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा अनलाइन मूल्याङ्कन सफ्टवेयर प्रणाली लागु

    इटहरी। काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा अनलाइन मूल्याङ्कन सफ्टवेयर प्रणाली लागु भएको छ । सन्दर्भ मूल्यसूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । मेची भन्सारसहित मुलुकका आठ वटा भन्सारका परीक्षणका रूपमा यो प्रणाली लागु गरिएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागु गरिएको हो । वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चु

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २८६ पटक पढिएको
  • झापामा डुबेर तीन वर्षीय बालकको निधन

    इटहरी।  झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । बालकको शव हाल सोही अस्पतालमा राखिएको छ । 

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २७५ पटक पढिएको
  • ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

    इटहरी । ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता हुने भएको हो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार आउँदो निर्वाचनमा उक्त मतदाता सङ्ख्या कायम भएको हो । आगामी प्रतिनिधिसभा सदस्यका लागि कायम हुने कुल मतदाता सङ्ख्यामध्ये ४८ हजार २८५ पुरुष मतदाता र ४२ हजार ४२ जना महिला रहेका छन् । यसअघि २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा ८८ हजार २८५ मतदाता रहेका थिए । गत २०७९ सालको निर्वाचनमा भन्दा यसपटक जिल्लामा दुई हजार

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २१६ पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन,भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

    इटहरी।  पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् ।  अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन ।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिनुभयो । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ ह

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २४९ पटक पढिएको
  • ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण

    इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रुपमा झोला वितरण गरेको हो । वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार वडामा रहेका आठ वटा सामुदायिक विद्यालयका २४० जना विद्यार्थीलाई पुस्तक बोक्ने झोला प्रदान गरिएको छ । वडाका उद्यमीहरूले स्थानीय स्तरमा पाइने कच्चा पदार्थको उपयोग गरी उत्पादन गरेको झोला खरिद गरेर विद्यार्थीलाई प्रदान गरिएको वडाध्यक्ष लिम्बूको भनाइ छ । उहाँका अनुसार वडाको चालु आर्थिक वर्ष २०८२÷०८३ को करिब पाँच लाख रुपियाँको बजेटमार्फत विद्यार्थ

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २५६ पटक पढिएको
  • भोजपुर सदरमुकाम क्षेत्रका नागरिकलाई सिलिचुङ खानेपानी आयोजनाले दिलायो राहत

    इटहरी।  भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ । समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ । भुल्के मुहान, डढुवा मुहान, जोरसाघु मुहान, तीनधारे मुहान र तीन भङगाले  गरी पाँच वटा मुहानबाट पानी सङ्कलन गरी स्थानीय नागरिकको घरघरमा वितरण गरिएको समितिका अ

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २६९ पटक पढिएको
  • उर्लाबारी–१ मा तोरीखेती प्रवर्द्धनका लागि १६ लाखको कृषि सामग्री सहयोग

    इटहरी  । मोरङको उर्लाबारी नगरपालिकाले वडा १ का तोरीखेती गर्ने किसानलाई १६ लाख मूल्य बराबरका कृषि उपकरण र बीउ प्रदान गरेको छ । तेलहन बाली पकेट सञ्चालन कार्यक्रम अन्तर्गत नगरपालिकाको १२ लाख रुपियाँ र किसानको ४ लाख ३३ हजार ८ सय रुपियाँ गरी कुल १६ लाख ३३ हजार ८ सय रुपियाँको उपकरण र बीउ वितरण गरिएको हो। वडा १ को सिंहदेवी कृषक समूहले तेलहन बाली लगाउने किसानको लगत सङ्कलन गरी किसानलाई राहत कार्यक्रममा सहभागी गराएको हो । कार्यक्रम अन्तर्गत किसान समूहलाई तोरीको बीउ चार सय किलो, सल्फर ५२५ किलो, ६० थान त्रिपाल, बोरिङ मोटर २२ थान, पाइप रोल ३० थान, डिजिटल काँटा ८ थान, ठेला १५ थान र स्प्रेयर १९ थान सञ्च

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३१४ पटक पढिएको
  • जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका सङ्खुवासभाका कैदी मोरङमा पक्राउ

    इटहरी।  जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनु भयो ।  फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी सङ्खुवासभाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । चिचिला–५ का अमित जबरजस्तीकरणी मुद्दामा २०७५ पुस २७ गतेदेखि केन्द्र

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २१५ पटक पढिएको
  • मोरङमा एम्बुलेन्सबाट गाँजा तस्करी, हवाई फायरमा दुई पक्राउ

    इटहरी। मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागूऔषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा गएराति केराबारी गाउँपालिका–५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र।१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरी धनकुटा शहीदभूमि–६ का निश्चल राई र साँगुरीगढी–२ का खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको छ हो । यसैगी एम्बुलेन्सभित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध गाँजासमेत प्रहरीले बरामद गरेको छ ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २४२ पटक पढिएको
  • इलामका क्षतिग्रस्त सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

    इलाम । इलामका सडक मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षतिग्रस्त सडक र पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो ।क्षति भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवा खोला पुल, जोगमाई खोला पुल र मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अब सडक

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]