इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले अग्रता लिनुभएको छ । श्रम संस्कृति पार्टीका सानबहादुर राईलाई तीन हजार ३३२ मतलेपछि पार्दै एमालेका राईले अग्रता लिनुभएको हो ।

चार वटा पालिकाको मतगणना भइरहदा राईले १० हजार ८५३ मत प्राप्त गर्नु भएको छ । उहाँलाई पछ्याइ रहनुभएका श्रम संस्कृति पार्टीका सानबहादुर राईले सात हजार ५२६ मत पाउनुभएको छ ।

यस अगाडि श्रम संस्कृति पार्टीले अग्रता लिएको थियो । त्यसैगरी कांग्रेसका दिनेश राईले ६ हजार ६७९, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का दिनेश भण्डारीले पाँच हजार ९९१ र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का धर्मराज पौडेलले एक हजार २४८ मत ल्याउनुभएको छ ।