इटहरी । बारुद भरेका बेला भरुवा बन्दुक पड्कँदा ताप्लेजुङमा एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आइतबार ९पुस ६० बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । स्थानीय तिलोकसिंह लिम्बूको अलैँचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।
इटहरी। धनकुटामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८, सान्ताङका २९ वर्षीय मानबहादुर राई छन् । १९ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार ९पुस ५० साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । मानबहादुरले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इटहरी । संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाले भारवहन समान लैजान धनकुटाको मुलघाटमा अन्डरपास निर्माणको भइरहेको छ। अरुण तेस्रो आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डरपास निर्माणको काम भइरहेको हो। धनकुटा नगरपालिका–९, मूलघाट स्थित तमोर नदीमा आयोजनाले करिब ६० मिटर लामो अन्डर पास बनाउने काम धमाधम गरीरहेको छ। कोशी राजमार्गमा पर्ने धरान धनकुटा सडक खण्ड अन्तरगत मूलघाटमा तमोर नदीमाथि २ सय मिटर लामो पक्की पुल रहेको छ। २०४० समालमा निर्माण पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्रै रहेको छ। निर्माणधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइन लगायतका भारी उपकरण सहित एउ
इटहरी। ताप्लेजुङमा एक युवक बन्दुकसहित मृत फेला परेका छन् । मैवाखोला गाउँपालिका ३ लेकुवाका करिब २६ वर्षीय फुर्वा रेन्जु शेपा बन्दुकसहित मृत अवस्थामा फेला परेका हुन् । स्थानीय तिलोक सिंह लिम्बूको अलैँची बारीमा भरुवा बन्दुकसहित शेर्पा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक ९डिएसपी० वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार शेर्पा शनिबार राति २ बजे १८ वर्षीय भतिज सोनम शेर्पासँग अलैँची बारीमा तर्फ जानुभएको थियो । भरुवा बन्दुकमा बारुद भर्ने क्रममा अचानक पड्किएर शेर्पाको घाँटी लागेको सँगै गएका भतिज सोनमको भनाइ रहेको प्रहरीले बताएको छ । घटन
इटहरी। यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टनमात्र उत्पादन भएको छ । यस्तै, गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती व
इटहरी। नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधान गम्भीर रहेको बताउनुभएको छ । धनकुटाको महालक्ष्मी नगरपालिकास्थित घुमाउनेमा रहेको प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहको अनुगमन गर्दै धनकुटा आइपुग्नु भएका कृषिमन्त्री परियारले यस्तो बताउनु भएको हो । उहाँले किसानको समस्या समाधान नगरे देशको समृद्धि सम्भव नहुने बताउनुभयो । सरकार किसानमैत्री रहेको जानकारी दिनुभयो । वर्तमान सरकार जेनजी आन्दोलनबाट बनेको नागरिक सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नै गठन भएको मन्त्री परियारको भनाइ रहेको थियो । आर्थिक करिडोर कार्यालयले मध्यपहाडी राजमार्ग केन्द्रित
इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी ९इन्टर्न० चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालको पाँचौँ तलाबाट खस्नुभएका ३४ वर्षीय डा। अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव अचानक भुइँमा खस्नुभएको थियो । सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत हुनुहुन्थ्यो । पाँचौँ तलाबाट खसेका कारण उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै चिकित्सक यादवलाई अस्पतालकै
धरान | सुनसरीको धरानमा शनिबार साँझ गायक भीषण मुकारुङको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। भोजपुर–सुनसरी समाजको आयोजनामा धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रम गायक तथा संगीतकर्मी दीप श्रेष्ठको प्रमुख आतिथ्य तथा भोजपुर–सुनसरी समाज धरानका अध्यक्ष रेवती रमण राईको अध्यक्षतामा सम्पन्न भयो।धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन प्रदान गर्दै कार्यक्रमबाट उठ्ने रकम भोजपुर–सुनसरी समाजले धरानमा निर्माण गर्न लागेको संस्थागत संरचनाका लागि उपयोग गरिने अध्यक्ष राईले जानकारी दिनुभयो। उहाँले यस्तो कार्यक्रमले संगीत क्षेत्रको प्रवर्द्धनसँगै सामाजिक उद्देश्य
इटहरी । बराहक्षेत्र नगरपालिका –१० मा रहेको रामधुनी प्रकासपुर सामुदायिक वन को २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा सभापतिको रूपमा रामधुनी प्रकासपुर समुदायिक वन उपभोक्ता समुहको अध्यक्ष संगीता किराँतीको अध्यक्षता तथा कोशी प्रदेशका वन तथा बाताबरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री मण्डलले वनलाई सहयोग गर्ने र वन परिसरमा रहेको अन्तारिक पर्यटक आउने गन्तव्य माटो खाडीलाई अवलोकन गर्दै उक्त क्षेत्रलाई स्तरउन्नति गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्तै, वनका अध्यक्ष संगीता किरातीले वन विकास र संरक्षणलाई प्राथमिकतामा रा
इटहरी । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले आफु पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताउनुभएको छ । शनिबार श्रम संस्कृति पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको सभामा साम्पाङले आफु कार्यकर्ता खोज्न र पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताउनुभएको हो । देशमा अन्याय, अत्याचार र भ्रष्टाचार हटाउनका लागि साथ दिन उहाले आह्वान गर्नुभयो । साम्पाङले देशका हरेक मान्छेले केहि न केहि काम गरे देशको समृद्धिको आधार आफै निर्माण हुने जिकिर गर्नुभयो । उहाले बाटो, पूल लगाएत सवै पूर्वाधार निर्माणका लागि विदेशीसंग सहयोग माग्ने प्रवृतिका कारण अन्य देशले नेपाललाई हेपेको बताउनुभयो । उहाले ढल्दै गरेको राष्ट्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.