काठमाडौँ ।  ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो ।

आगलागीको सूचना प्राप्त हुनेबितिकै ललितपुर महानगर, काठमाडौं महानगर र नेपाली सेनाको बारुणयन्त्र लगाएत सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ललितपुर महानगर प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

दाउरा थकालीका मेनेजर भूवन आचार्यले विद्युत सर्ट भएर आगलागी भएको र आगलागीका कारण छतमा बनाइएको संरचना जलेर नष्ट भएको बताउनुभयो । आगलागीको यकिन कारण र क्षतिको पूर्ण बिबरण आउन बाँकी छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।