All Posts By कोशी प्रेस

    Showing ३,२७१-३,२८० of १३,६५२ items.
  • इलाममा आगामी फागुन २१ निर्वाचनका लागि पत्रकारलाई आचारसंहिता र चुनावी रिपोर्टिङ तालिम

    इटहरी । आगामी फागुन २१ को निर्वाचनका लागि इलाममा पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी तालिम दिइएको छ ।नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजना र महासङ्घ कोशी प्रदेशको सहकार्यमा दिइएको तालिममा कस्ता किसिमका समाचार सामग्री तयार गर्ने, निर्वाचन आचारसंहिताको पालना भए नभएको, उम्मेदवारहरूको प्रोफाइल लगायतका विषयमा छलफल गरिएको थियो ।तालिममा चुनावी खर्चमा हुने पारदर्शिता, भोजभतेर, चुनावी खर्चको प्राप्ति, सरकारी स्रोतको दुरुपयोग, दल र उम्मेदवारको घोषणापत्रको समीक्षा लगायतका विषयलाई समाचारमा उल्लेख गर्न सकिने विषयमा छलफल गरिएको छ ।इलामका अग्रज पत्रकार विजय शेखर भट्टराई र महासङ्घ कोशी प्रदेश समिति सदस

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३१७ पटक पढिएको
  • पाँचथर फिदिम–फालोट सडक खण्डमा फेमे खोलामा ‘पुस एन्ड पुल’ प्रविधिबाट बेलिब्रिज निर्माण सुरु, फागुन १२–१७ गते बिहान ११ देखि अपराह्न ४ बजेसम्म सडक अवरुद्ध

    इटहरी। पाँचथर सदरमुकाम फिदिमदेखि भारतको वेस्ट बङ्गालसम्म सडक सञ्जाललाई जोड्ने फिदिम–फालोट सडक खण्डमा अवस्थित फेमे खोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ ।कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरको अगुवाईमा पुल जोड्न थालिएको हो ।यहाँ ‘पुस एन्ड पुल’ प्रविधिबाट पुल जोड्न थालिएको हो ।फेमे खोलामा पुल थालिएसँगै यो सडकमा सवारी र ढुवानी साधनको आवागमन बन्द गर्न भनिएको छ ।जडानका क्रममा थुप्रै सामग्री सडकमा राख्नुपर्ने भएकाले फागुन १२ गतेदेखि  १७ गतेसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्‍न ४ बजेसम्म यो बाटो अवरुद्ध हुने पूर्वाधार विकास कार्यालय पाँचथर

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २२४ पटक पढिएको
  • धरानको आमसभामा कुलमान घिसिङको आह्वान: सही क्षेत्रमा लगानी र उज्यालो नेपाल पार्टीलाई मत दिएर विकासको नयाँ रोडम्याप कार्यान्वयन गर्ने प्रतिबद्धता

    इटहरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । सोमबार धरान उपमहानगरपालिकामा भएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उहाँले झापाको कन्काई पुल लामो समयसम्म निर्माण हुन नसकेको तर भ्यू टावर छोटो अवधिमा निर्माण भएको उदाहरण दिँदै विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो ।सुनसरी १ का उम्मेदवार डम्बर लावति९जेन्टल०लाई जिताउनु भनेको आफूलाई जिताउनु सरह हुने भएकाले अत्यधिक मत दिएर विजय गराउन आग्रह गर्नुभयो । उज्यालो नेपाल पार्टीलाई मतदान गर्नका लागि म

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • १५९ पटक पढिएको
  • भोजपुरमा प्रतिनिधि सभा निर्वाचन: शेरधन राई र बालकृष्ण थापासहित १२ दलका उम्मेदवार मैदानमा, पुराना शक्तिविरुद्ध नयाँ दलको चुनौतीबीच कडा प्रतिस्पर्धा

    इटहरी। यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न जिलाका मतदातामा छुट्टै उत्साह देखिन्छ भने मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले विभिन्न रणनीति अपनाएका छन् । उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन गाउँ–गाउँ, टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रम गर्दै मतदाता फकाउन व्यस्त छन् । विगत तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेका अरुण गाउँपालिका ३ का गजेन्द्र बहादुर भुजेल मतदान गर्न स्वदेश फर्किनुभएको छ । यो निर्वाचनले देशमै रोजगारी, स्वास्थ्य, शिक्षा, भ्रष्टाचार न्यूनीकरण तथा सुशासन प्रवर्धन हुने विश्वास उहाँको छ ।जिल्ला

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २४५ पटक पढिएको
  • निर्वाचन र होली बिदाले पूर्वपश्चिम राजमार्ग विस्तार प्रभावित: काँकडभिट्टा–लौकही खण्डमा प्रगति भए पनि दुई साता काम रोकिने, विद्युत् पोल व्यवस्थापन अझै चुनौती

    इटहरी। आगामी २१ मा हुने प्रतिनिधि सभा निर्वाचनले पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित हुने भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माणको काम यतिबेला तीव्र रूपमा चलिरहेको छ तर अर्को साताबाट विस्तारको काम प्रभावित हुने देखिएको छ ।पूर्वपश्चिम सडक विस्तार योजना, काँकडभिट्टा–लौकही सडक आयोजनाका पश्चिम खण्ड कार्यालय इटहरीका प्रमुख जगत प्रजापति का अनुसार सडक निर्माणमा काम गर्ने कामदारहरू अधिकांश तराईवासी छन् । गत वर्ष पनि होलीले काममा प्रभाव पारेको थियो । यो वर्ष होलीलगत्तै निर्वाचन पनि भएकाले दुई साता काम रोकिने अवस्था देखिएको उहाँले बताउनुभयो।चुनावी वात

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २२९ पटक पढिएको
  • झापा–५ मा बालेन्द्र शाहको वाचापत्र सार्वजनिक: संविधान कार्यान्वयनदेखि ३०० शय्याको दमक अस्पताल, सुशासन र पूर्वाधार विकाससम्मका प्रतिबद्धता अघि सार्दै चुनावी मैदानमा

    इटहरी  । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत ‘वाचापत्र’ सार्वजनिक गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगार र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।वाचापत्रमा नेपालका संविधान–२०७२ ले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्ने उल्लेख छ । यसै गरी, सङ्घीय सांसदको हैसियतमा भ्रष्टाचार नियन्त्रण, नीति तथा बजेट निर्माणमा क्षेत्रीय आवश्यकताको समावेश, सङ्घ–प्रदेश–स्थानीय तहबिच समन्व

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • १९० पटक पढिएको
  • धनकुटामा कार्यालय गाभिएपछि ११ सरकारी भवनको निर्माण अलपत्र

    इटहरी। धनकुटामा शहरी विकास तथा भवन निर्माण कार्यालय पूर्वाधार विकास कार्यालयमा गाभिएपछि निर्माणाधीन ११ वटा सरकारी भवनको काम अलपत्र परेको छ । ठेक्का लागेर निर्माण सुरु भएका ती भवनको काम पूरा नहुँदै कार्यान्वयन गर्ने कार्यालयको संरचना परिवर्तन भएपछि निर्माणकार्य अन्योलमा परेको हो ।निर्माणको ठेक्का लगाउने कोसी प्रदेशअन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यालय गत साउनदेखि पूर्वाधार विकास कार्यालयमा गाभिएको थियो । कार्यालय गाभिए पनि अघिल्लो कार्यालयले सुरु गरेका योजनाको स्वामित्व लिएर अधुरा काम अघि बढाउन चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रम समावेश गरिएको छैन । पूर्वाधार विकास कार्यालय धनकुटाका

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २६९ पटक पढिएको
  • झापा बाह्रदशीमा जङ्गली हात्तीको आक्रमणमा घाइते महिलाको मृत्यु

    इटहरी । जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १ बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।गत फागुन ७ गते बिहान लखनलाल राजवंशीकी श्रीमती लीलाले बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जङ्गली हात्ती आई उहाँलाई अचानक आक्रमण गरेको थियो ।आक्रमणबाट शरीरको विभिन्न भागमा चोट लागि लीला गम्भीर घाइते हुनुभएको थियो । घाइते राजवंशीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • १५० पटक पढिएको
  • रास्वपाद्वारा सुनसरी–२ मा विस्तृत बाचा–पत्र सार्वजनिक, कृषि, पूर्वाधार र सुशासन मुख्य प्राथमिकता

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यकालागि प्रत्यक्ष निर्वाचन तर्फका उम्मेदवार लाल बिक्रम थापाले बाचा–पत्र सार्वजनिक गरेका छन् । पार्टीले यस निर्वाचनलाई नागरिकको गुमेको विश्वास फिर्ता ल्याउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन र सुशासनलाई केन्द्रमा राखेको जनाएको छ।कार्यक्रममा कार्यवाहक सभापति तथा सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार गोमा तामाङ (सरिन) को उपस्थिति रहेको थियो। उहाँले जनअपेक्षा अनुसार इमानदार र पारदर्शी राजनीतिक अभ्यास आवश्

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • २८२ पटक पढिएको
  • इटहरीको शिक्षादिप एकेडेमी स्कुलको शैक्षिक भ्रमण सम्पन्न

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा रहको शिक्षादिप एकेडेमी स्कुलले कक्षा ९ र १० मा अध्ययनरत ३५ जना विद्यार्थी र ७ जना शिक्षकहरूलाई शैक्षिक भ्रमण गराएको छ ।विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, सांस्कृतिक र भौगोलिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमण स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको हो। स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सम्पन्न उक्त ४ दिने भ्रमण अन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई मनकामना ,पोखरा बन्दिपुर, चितवन लगायतका पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकन गराइएको थियो।विद्यालयक

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ९३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]