इटहरी । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका क्रममा मोरङ जिल्लाभित्रका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पार्टी कार्यालय, निजी, सार्वजनिक र सरकारी सम्पत्तिको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाहीको माग गर्दै एमाले मोरङले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाललाई एमालेका १४ वटा जनसङ्गठनका अध्यक्षले सामूहिक रूपमा जाहेरी बुझाएका हुन् । आन्दोलनका व्रmममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नको विवरणसहित एमालेले कारबाहीको माग गर्दै जाहेरी दिए
इटहरी । बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिनुभयो । तालिममा सहभागी महिलालाई घर त
इटहरी । ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् । गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । बाढीले पुल बगाएपछि विद्यार्थीहरू लामो समय पढाइब
इटहरी । बुवाआमा अपाङ्गता भएका छोरालाई गाली गर्दै डोरीले बाँधेर मेलापात हिँड्छन । उनीहरूले उनलाई खान पनि दिएका हुँदैनन । सँगै रहेकी बहिनीलाई समेत उसलाई खान नदिन र कोही मान्छे घरमा आए हेर्न, भेट्न नदिन भन्दै अह्राउँछन् । ३४ औँ विश्व अपाङ्गता दिवसको सन्दर्भमा सडक नाटक प्रस्तुत भइरहँदा उपस्थित दर्शकको मन रोइरहेको थियो । समाजमा अझैसम्म अपाङ्गता भएका नागरिकले हेय भाव सहेर बस्नु परेको दृष्टान्त यथावत् रहेकाले आफूले देखे भोगेका घटनासँग मेल खाएकाले नाटकले दर्शकदीर्घामा रहनुभएकी सुशीला सुवेदीले बताउनुभयो ।फिदिम नगरपालिका महिला तथा बालबालिका शाखा करुणा फाउन्डेसन र युगिन थ्रिएटरको सहकार्यमा नाटक प्र
सुन्दरहरैंचा मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल गछिया युवा समाज र राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच गछिया खेलमैदान हुँदै छ । गछिया युवा समाजले ७-० अन्तरले लिनेण्ड फुटबल क्लब भारतलाई हराएको थियो । भने, राष्ट्रिय जागृती फुटबल क्लबले २-० को अन्तरले दमक फुटबल क्लबलाई हरार्को थियो । दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २ बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् । दुवै टोली बलियो
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा उत्पादन भएका विभिन्न कृषिजन्य सामग्री आगामी मंसिर २२ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा विशेष प्रदर्शनी तथा बिक्रीका लागि उपलब्ध गराइने भएको छ। कार्यक्रम मंसिर २२ गते सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।स्थानीय उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमार्फत गाउँपालिकाका ताजा तथा मौलिक कृषिजन्य सामग्रीहरू सुपथ मूल्यमा खरिद गर्न सकिनेछ। कृषी उत्पादनको प्रवर्द्धन तथा बजार विस्तारमा सहयोग पु-याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका लागि सबै महानुभावलाई उपस्थित रहन टेम्केमैयुङ गाउँपालिकाले अनुरोध गरेको छ।गाउँपालिका
झापा / जनसेवा र देशसेवा केवल भाषण वा नाराबाट मात्र पूरा हुँदैन, यसको लागि अहोरात्र समर्पण, जवाफदेहित्ता र निरन्तर क्रियाशीलता आवश्यक हुने कुरा सबैले स्वीकार गरेका छन्।यिनै मूल्य र सिद्धान्तलाई आत्मसात गर्दै, हल्दिबारी गाउँपालिकामा आज आधारभूत अनुगमन कार्य सम्पन्न गरिएको छ। अनुगमनको क्रममा मान्यजन तथा स्थानीय नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्ने काम प्राथमिकताका साथ गरिएको जनाइएको छ।अनुगमन टोलीका अनुसार, स्थानीय समुदायसँग प्रत्यक्ष संवाद, सेवा उपलब्धतामा देखिएका चुनौती तथा आवश्यक सुधारबारे विस्तृत जानकारी संकलन गरिएको छ।हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अनुगमनको क्रममा भने:&n
इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन –३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हाङ्पाङले मेरिङनेद –६ नाल्बूलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा फुङलिङ नगरपालिका –१० फुरुम्बूलाई १–० गोल अन्तरले पराजित गर्दै खाम्लुङ फाइनलमा प्रवेश गरेको थियो । जित सँगै हाङपाङले न
इटहरी । नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले जिल्लास्तरीय पार्टी एकता सन्देश सभाको तयारी गरेको छ । सो पार्टीले आउँदो मङ्सिर २५ गते जिल्लास्तरीय एकता सन्देश सभा गर्ने गरी तयारी सुरु गरेको हो । नेपाली कम्युनिस्ट पार्टीले सदरमुकामस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गर्दै एकता सन्देश सभाबारे जानकारी गराएको हो । केन्द्रीय नेताको उपस्थितिमा पार्टी एकता सन्देश सभा गर्न लागेको नेकपाले जनाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बू र एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष रामचन्द्र पोमुद्वारा हस्ताक्षरित ‘प्रेस नोट’अनुसार नेपाली कम्युनिस्ट पार्टीका केन
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा भइरहेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज चारवटा खेल भएका छन् । दोस्रो दिनको पहिलो खेलमा महालक्ष्मी नगरपालिका र आमचोक गाउँपालिकाबीच भएको प्रतिस्पर्धामा आमचोकले २–० को सोझो सेटमा जित हात पारेको छ । दोस्रो खेलमा षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिकाबीचको खेलमा हतुवागढी २–१ को सेटमा विजयी भएको छ । तेस्रो खेलमा महालक्ष्मी नगरपालिकाले भोजपुर नगरपालिकालाई २–० को अन्तरमा पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै आजको अन्तिम खेलमा हतुवागढी गाउँपालिकाले रामप्रसादराई गाउँपालिकालाई २–० क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.