इटहरी । ताप्लेजुङस्थित वन पैदावर व्यवसायी सङ्घको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न चौथो जिल्ला अधिवेशनले राई अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष टीकाराम सुनुवार, सचिव रवीन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्षमा कुसुम न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोगटी, मङ्गलसिंह विश्वकर्मा रहनु भएको छ । सङ्घको लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु, सदस्यमा गोपी भट्टराई र जयप्रकाश भट्टराई चयन हुनुभएको छ । व्यवसायीहरुले व्यावसायिक चुनौती, आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरी सङ्घ क
इटहरी । संखुवासभा जिल्ला अस्पताललाई नर्सिङ ट्रस्ट यूकेले दुईवटा अत्याधुनिक इन्क्युबेटर उपलब्ध गराएको छ । समयअवधि पूरा नहुँदै जन्मिने नवजात शिशुको उपचारमा अत्यावश्यक मानिने इन्क्युबेटर प्राप्त भएपछि अस्पतालको नवजात सेवा क्षमता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । बुधबार आयोजित औपचारिक समारोहमा ट्रस्टकी अध्यक्ष सुसन हामब्लिनले जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्य र अस्पताल प्रमुख डा। सन्तोष देवलाई इन्क्युबेटर हस्तान्तरण गर्नुभएको हो । ट्रस्टले संखुवासभालाई दुई थान र मुगु जिल्लालाई एक थान इन्क्युबेटर उपलब्ध गराएको हो । जिल्ला अस्पतालमा वर्षेनी करिब दुई हजार म
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा निस्कने जङ्गली जनावरलाई रोक्ने उद्देश्यले लगाइएको सोलार फेन्सिङले काम गर्न छोडेको छ । आरक्ष क्षेत्रबाट बस्तीमा निस्कने जङ्गली जनावरलाई रोक्न लगाइएको घेराबार (सोलार फेन्सिङ) तार चुडिएर र पोल लडेर काम गर्न छोडेको हो । आरक्षको दक्षिणी क्षेत्र भान्टाबारी, हरिपुरीदेखि उत्तरी सीमा प्रकाशपुर धरहरा टपनसम्म लगाइएको पोल ढलेर र तार चुडिएर सोलार फिनिसिङले काम गर्न छाडेको आरक्ष कार्यालयले जनाएको छ । आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार आरक्षका जनावरबाट मानव बस्तीमा भौतिक र मानवीय क्षति रोक्न लगाइएका विद्युतीय बार चट्याङ, वन्यजन्तु र
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाद्वारा प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता २०८२ मंसिर १८ गते भोलि देखि हुने भएको छ। चार दिनसम्म चल्ने यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।समूह ‘क’ र समूह ‘ख’ गरी दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा अरुण गाउँपालिका, भोजपुर नगरपालिका, महालक्ष्मी नगरपालिका, आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाबाट टिमहरू प्रतिस्पर्धामा उत्रिएका छन्।मंसिर १८ गते पहिलो दिनको खेलमा अरुण गाउँपालिका र भोजपुर नगरपालिकाबीच प्रति
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।आज गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना हुनुहुन्थ्यो । खेलको २८ औँ मिनेटमा जलथल फुटबल क्लबका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसको एक मिनेटमै गाईघाटका जर्सी नम्बर १३ विनोद राईले १ गोल गरि, बराबरी बनाए ।निर्धारित समय भर खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट गाईघाट युनाइटेड उदय
इटहरी । ताप्लेजुङका प्रहरी प्रमुखको ‘कमाण्डमा’ ९ जनाको प्रहरी टोलीले उत्तरी ताप्लेजुङको सीमावर्ती बस्तिहरुमा पुगी लामो दूरीको गस्ती ९लङ रुट पट्रोल०कार्य पूरा गरेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमको नेतृत्वमा सुसज्ज्ति हतियार र हतकडी सहित गस्तीमा निस्किएको टोलीले उत्तरी क्षेत्रका घुन्सा, खम्बाछेन, लोनाक, उत्तरी कञ्चनजंघा आधार शिविरसम्मको गस्ती पूरा गरेको हो । डिएसपी गौतमका अनुसार वर्तमान सुरक्षा चुनौती, बिदेशी पर्यटकको निगारानी, हिमाली जडिबुटी तथा वन्यजन्तुको अवैध ओसारपसार नियन्त्रण, अन्तराष्ट्रिय सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिको निगारानी तथा प्रहरी सेवा प्रवाहबारे अति
इटहरी । लागू औषध गाँजासहित सुनसरीको धरानबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर १३ आँपगाछीमा लागू औषध गाँजा ओसार पसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली धनकुटा जिल्लाको सहिदभुमी गाउँपालिका वडा नम्बर ७ का रोहन राईलाई ८ केजी ४ सय ९५ ग्राम लागू औषध गाँजासहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेको समयमा धनकुटा तर्फबाट धरान आउँदै गरेको यात्रु वाहक ना १ ज ५६२९ नम्बरको सवारी साधनका यात्रु राईलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँज
इटहरी । सुनसरीको इनरुवा नगरपालिका–९ नहरचोक आसपास लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलवार साँझ इनरुवा–जाल्पापुर भित्री सडकखण्डमा जाँचका क्रममा इनरुवाबाट जाल्पापुरतर्फ गइरहेको बा ३ च ५५८५ नम्बरको स्कारपियो रोकेर चेकजाँच गर्न खोज्दा चालकले गाडी नरोकी फरार भएको प्रहरीले जनाएको छ। सम्बन्धित मार्गमा सतर्कता बढाइएपछि अस्थायी प्रहरी चौकी साम्बला, पोखरीचोकबाट खटिएको टोलीले नहरचोकबाट झण्डै १०० मिटर पर सवारी साधन छाडिएको अवस्थामा फेला पारेको हो। चालक भने फरार अवस्थामा रहेकाले खोजतलास सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय सु
इटहरी । तेह्रथुमबाट शैक्षिक भ्रमण सकेर सुनसरीतर्फ फर्किंदै गरेको को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्ती नजिकै आइतबार दिउँसो करिब ४ः२५ बजे दुर्घटनामा पर्दा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय बस चालक भुवन चौधरीको विराट टिचिङ अस्पताल, विराटनगरमा उपचारका क्रममा मंगलवार मृत्यु भएको हो। सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक भ्रमणका लागि पठाएको उक्त बसमा चालकसहित ४१ जना सवार रहेका थिए। दुर्घटनामा परेकाहरूमध्ये अधिकांश घाइते भएपनि उपचारपछि घर फर्किएका छन्। तर, चालक चौधरी भने गम्भीर
इटहरी । धनकुटा नगरपालिका–२, चापेका कृषक अमृत रानामगरले आफ्नो बारीमा लगाएको किवी अहिले सबै मास्नुभएको छ । विसं २०७० देखि किवी खेती सुरु गर्नुभएका मगरले करिब पाँच रोपनी क्षेत्रफलमा किवी लगाउनुभएको थियो । विभिन्न रोगकिराले सताएपछि उहाँको बारीमा अहिले केही बोट मात्रै किवी छ । किवीले सुरुमा त राम्रै आशा देखाए पनि पछिल्लो समय उत्पादन घट्दै गएपछि तथा देखिएको रोग किराको उचित उपचार नपाउँदा खेती छाड्न बाध्य भएको उहाँको भनाइ छ । सुरुमा त आम्दानी पनि ठिकै थियो तर अहिले विभिन्न रोगकिराको समस्या भने जस्तो उत्पादन नहुने तथा बिक्री नहुने भएपछि मासियो राना भन्नुहुन्छ । धनकुटाको चाँपे जिल्लामा किवी खेती सुरुवात
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.