इटहरी । सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दैःकमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ । कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण(सिकाइमा प्रत्यक्ष असर परेको छ । ‘पढ्दै(कमाउँदै’ कार्यक्रम नहुँदा ती विषयमा आवश्यक सामग्री जुटाउन, ‘फिल्डवर्क’ सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको उहाँको भनाइ छ । उ
इटहरी । पछिल्लो चार महिनामा झापामा सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् । असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न
सुनसरी । राप्रपा सुनसरी जिल्ला भोक्राहा गाउँपालिका–८, चिरौलि चोकमा आयोजित अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम शनिबार अत्यन्तै उत्साहपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दलबाट आएका सयौँ कार्यकर्ताले राप्रपामा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई पार्टीले स्वागत तथा सम्मान गर्दै कार्यक्रम झन् उत्साहपूर्ण बनेको थियो। कार्यक्रममा सहभागी, सहयोगी तथा नवप्रवेशीप्रति आयोजकहरूले हार्दिक धन्यवाद व्यक्त गरे।अधिवेशन भोक्राहा नरसिंह गाउँपालिका राप्रपा अध्यक्ष हबिव मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र ल
इटहरी । नेपाल लेयर्स कुखुरा पालक संघ सुनसरी–मोरङको प्रथम अधिवेशन तथा साधारण सभाबाट अध्यक्षमा होमनाथ बास्कोटा पुनः सर्वसम्मतिले निर्वाचित भएका छन्।शनिबार इटहरीस्थित लायन्स क्लबको भवनमा सम्पन्न कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रिय अध्यक्ष विनोद पोखरेल प्रमुख अतिथि रहेका थिए। अधिवेशनबाट अध्यक्ष बास्कोटा, उपाध्यक्ष उमेश थापा, महासचिव धनशेर लिम्बू, सचिव माधव प्रसाद डोटेल, कोषाध्यक्ष फरेन्द्र कुमार लिम्बू तथा सदस्य दिपक लामिछानेलगायत ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत मतदानबाट चयन गरिएको हो।अधिवेशनमा संघका अध्यक्ष होमनाथ बास्कोटा र महासचिव धनशेर लिम्बूले प्रगतिविवरण प्रस्तुत गरेका थ
इटहरी । नेपाली हाते कागज बनाउने कच्चा पदार्थ बोकेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदै एक जनाको घटनास्थमै मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नम्बर १४ लुङरुपा निवासी पञ्चे राईको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । साथै अन्य दुईजना घाइते भएका छन् । इलामको सन्दकपुर गाउँपालिकादेखि हाते कागज बनाउने लोक्ता बोकेर पाँचथर आँउदै गरेको ट्याक्टर सिमावर्ती गोरुवालेस्थित सडकबाट खोँचमा खसेर दुर्घटना भएको हो । दुर्घटना पश्चात ट्याक्टरका चालक फरार भएको पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार घा
इटहरी । ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका षडानन्दका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो । बर्खाको समयमा खोला ठुलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताउनुभयो । विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उहाँको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३, स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा ‘बलजफ्ति भन्दा अनुनयन राम्रो: जेन जि संस्करण’ शीर्षकको मानव सम्मान सिद्धान्त सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्टुडेन्ट्स फर लिबर्टीले “चोरी र हिंसाले सधैं सुख, सद्भाव र समृद्धिलाई कम गर्छ” भन्ने मूल विश्वासलाई आधार बनाएर मानव सम्मान सिद्धान्तबारे जागरूकता फैलाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।कार्यक्रमको सुरुवात मानव सम्मान सिद्धान्त, शान्ति, स्वैच्छिक सहयोग र पारस्परिक सम्मानकाे महत्व प्रस्तुत गर्दै संक्षिप्त सत्रबाट गरिएको थियो। त्यसपछि मुख्य सामग्री ‘बलजफ्ति भन्दा अनुनयन राम्रो: जेन जि
✍️विश्व प्रकाश शर्मानेपाली कांग्रेस युवा नेताहो, म नेपाली कांग्रेसको झोले हुँ,गणेशमानको कठोर त्यागबीपीको उज्यालो लोकतन्त्रकिसनजीको निर्भीक वाणीसुवर्णको साहसगिरिजाबाबुको दृढतार सुशीलको सरल, स्वच्छ आत्मालाईधड्कनजस्तै साथ लिएर अघि बढेको।म मात्रै कार्यकर्ता होइनम कालो कांग्रेसी हुँ।सेतालाई कालो भन्दिन, कालोलाई सेतो भन्दिन,सत्यलाई सत्य, गलतलाई गलत भन्न सक्ने हिम्मत बोकेको।कसैको चाकडी गरेर पद खोज्दिन,स्वार्थका लागि झुकेर राजनीति गर्दिन।मेरो झोला विचारको हो,मेरो काँध निष्ठाको हो,र मेरो बाटो सिद्धान्तको हो।पार्टीका गल्तीहरू देख्छु,गुटबन्दी, अवसरवाद,सजावट मात्रै बनेका भाषणहरू सुन्छु—तर म भाग्दिनँ।किनकि
चक्रघट्टी । चक्रघट्टी जेसीज वर्ष २०२५ले आयोजना गरेको ‘जेसीज सप्ताह–२०२५’ अन्तरगत दोस्रो कार्यक्रम ‘चौथो बराहक्षेत्र रन–२०८२’ आईतबार विजयी घोषणा गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ सुर्यराज राई र महिलातर्फ सपना खत्वे पहिलो स्थान हासिल गर्दै विजेता बनेका छन्।कार्यक्रमको सभापतित्व चक्रघट्टी जेसीज वर्ष २०२५का अध्यक्ष जेसि सुरज घिमिरेले गर्नुभएको थियो। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगर प्रमुख रमेश कार्की रहनुभएको थियो।अतिथिहरूमा वडा नं. ३ का अध्यक्ष राजदिप लामा तामाङ, प्रत्येक वर्षझैं यसपटक पनि प्रमुख निर्णायकको भूमिका निर्वाह गरेका वडा नं. ४ का अध्यक्ष तथा राष
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका –१० कामना चौक मा रहेको पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारसभा कार्यक्रम को प्रतिवेदन संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकीले प्रस्तुत गर्नु भएको थियो । यस बर्ष संस्थाले ४९ लाख ५४ हजार ४ सय ३७ दशमलव १६ खुद मुनाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गर्नु भएको छ । हाल यस सहकारी मा २ हजार १ सय २४ जना सेयर सदस्य हरु रहेका छन् । संस्थाको १६ औं वार्षिक साधारणसभा मा विभिन्न विधामा उत्कृष्ट हुने सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा सभापतिको रूपमा पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.