इटहरी । सुनसरी रोटर्याक्ट क्लबद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरिएको छ।
जेन–जि आन्दोलनका क्रममा भएको आगलागी पश्चात् भइ आउने समस्याहरूलाई मध्यनजर गर्दै, रोटर्याक्ट क्लब अफ सुनसरीले इन्टर्याक्ट क्लब अफ विश्व आदर्श स्कूलसँग सहकार्य गर्दै उक्त उपकरण हस्तान्तरण गरेको रोटर्याक्ट क्लब अफ सुनसरीकी अध्यक्ष आरटिआर सृचा पराजुलीले बताइन्।
पराजुलीले क्लबका युवा सदस्यहरूको सामाजिक उत्तरदायित्व र समुदायप्रतिको प्रतिबद्धता स्वरूप आगो नियन्त्रण र उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त उपकरणहरू हस्तान्तरण गरिएको बताइन्। उनले प्रहरी उपरीक्षक ९एसपी० दीपक गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

