इटहरी । आगामी कात्तिक १८ गते इटहरी रंगशालामा आयोजना हुने नेपथ्य लाइभ कन्सर्टको प्रचारप्रसारलाई लक्षित गर्दै इटहरीमा मोटरसाइकल ¥याली आयोजना गरिएको छ ।

जेसीआई इटहरीको आयोजना तथा रोयल इनफिल्डको सहकार्यमा आयोजित ¥याली इटहरीबाट सुरु भई धरान, पानबारी, केराबारी, विराटचोक हुँदै विराटनगर पुगेर पुनः इटहरी फर्किएको थियो। ‘राइड फर द रिदम, राइड फर नेपथ्य’ भन्ने नारासहित निकालिएको ¥याली मार्फत नेपथ्यको सांगीतिक कार्यक्रमबारे पूर्वी क्षेत्रका विभिन्न स्थानमा प्रचारप्रसार गरिएको हो। ¥यालीमा रोयल इनफिल्डका मोटरसाइकल चालक तथा संगीतप्रेमीहरूको सहभागिता रहेको थियो।

आगामी कात्तिक १८ गते बुधबार इटहरी रंगशालामा हुने  ‘नेपथ्य इन कन्सर्ट २०२६’ लाई भव्य बनाउन प्रचारप्रसारका विभिन्न गतिविधि सञ्चालन भइरहेको आयोजकले जनाएको छ। जेसीआई इटहरीका अध्यक्ष मिसन पराजुलीले कन्सर्टको प्रचारप्रसार गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले ¥याली मार्फत इटहरीसहित धरान, केराबारी, विराटचोक र विराटनगर क्षेत्रमा नेपथ्य कन्सर्टको सन्देश पु¥याउने प्रयास गरिएको बताउनुभयो । नेपथ्यको पहिलोपटक इटहरीमा हुन लागेको लाइभ कन्सर्टलाई लक्षित गर्दै आयोजकले तयारी तथा प्रचारप्रसारलाई तीव्रता दिएको छ ।