इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बुदिनमा सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको छ।
फिदिमबाट मेहेले–सुरुमखिम हुँदै खेवाङतर्फ जाँदै गरेको को।१ ज २३१४ नम्बरको सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा परी सवारी धनी र सवारी चालक गरी दुई जना घाइते भएको स्थानीय ओमेन्सा राईले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयले दुर्घटनामा परी घाइते हुनेको नाम, थर र वतन तथा उनीहरूको अवस्थाबारे थाहा नभएको जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


