भोजपुर — अरुण गाउँपालिका–१ याङपाङ निवासी नगेन्द्र खत्रीले गाउँपालिकाभित्र पछिल्ला दिनमा देखिएका प्रशासनिक र राजनीतिक गतिविधिप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले विशेषगरी गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको स्थायी प्रहरी चौकीलाई विस्थापित गर्दै मऱ्याङडाँडामा नयाँ अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।खत्रीका अनुसार, प्याउलीमै भौतिक संरचना, बाटो, पानी र बजारसहित सुविधा सम्पन्न नयाँ प्रहरी चौकी भवन सञ्चालनमा रहँदा रहँदै त्यस भन्दा करिब ५०० मिटर माथि अर्को चौकी बनाउन खोजिनु अनावश्यक र जनविरोधी कदम हो। उनले भने, “पहिले नै स्थायी चौकी रहेको ठाउँमा पुनः अर्को चौकी निर्माणक
इटहरी। ताप्लेजुङमा खोलाले बगाउँदा एक जना बेपत्ता हुनुभएको छ । फुङलिङ नगरपालिका–७ निवासी वर्ष ३० का राजन काम्बाङ बेपत्ता हुनुभएको हो । शुक्रबार काम्बाङ ससुरालीबाट घर फर्कने क्रममा फुङलिङ नगरपालिका–८ स्थित रहेको खड्कुले तमोर खोलामा पौडी खेल्दा खोलाले बगाएर बेपत्ता हुनु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । बेपत्ता हुनुभएको काम्बाङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
लेटाङमा १८ दिन देखि बेपत्ता रहेकी लेटाङ २ स्कुल चोककी १३ बर्सिय अंशु गौतम मृत अवस्थामा फेला परेकी छन्। उनको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा बीभत्स रुपमा ह त्या गरेको अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको छ।घटनापछि परिवार र स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। गाउँभर शोक र आक्रोशको माहोल छ। बालिकाको मृत्युको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय लेटाङका राकेश रेग्मीले बताए ।अपराधी पत्ता लगाउन अनुसन्धान तीव्र गतिमा अघि बढाइएको प्रहरीले जनाएको छ।स्थानीयले घटनाको निन्दा गर्दै दोषीलाई शीघ्र कानुनी कारबाही गर्न माग गरेका छन्।
इटहरी । अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’को निर्देशनमा बनेको कथानक फिल्म ‘मैझारो’ शुक्रबार देखि देशभर प्रदर्शनमा आएको छ । उहाँको निर्देशन डेब्यू रहेको यो फिल्मले प्रेम, सम्बन्ध र जीवनका संवेदनशील पक्षलाई चित्रण गरेको बताइएको छ । कम्तीमा ८० शो सहित देशभर प्रदर्शनमा आएको ‘मैझारो’मा धीरज मगर, मिरुना मगर र दीया पुन मुख्य भूमिकामा छन् । पहिलो पटक धीरज र दीया एउटै पर्दामा देखिनुभएको छ । इलामका मनमोहक दृश्यमा चित्रित फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेम सम्बन्ध वरिपरि घुमेको छ। निर्देशक राईले स्वयं पनि फिल्ममा अभिनय गर्नुभएको छ । सोसल–ड्रामा जनराको यो फिल्मको रन टाइम १४१ मिनेट रहेको छ । तिह
इनरुवा । अस्ट्रेलियामा बस्दै आएका दाजुलाई प्रविधिको प्रयोग गरि इनरुवाकि सुरभि भट्टराईले तिहारको टीका लगाइदिएकिछ्न । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा ,आस्था ,निष्ठाका साथ भाईटिका लगाईदिने परम्परा अनुसार अस्ट्रेलियामा बस्दै आएका इनरुवा ५ बलाहाका नेजिन भट्टराईलाई बहिनी सुरभिले आरोग्य र दिर्घायुको कामना गर्दै सप्तरंगी टीका लगाइदिएकी हुन ।कार्तिक शुक्ल द्धितियाका दिन बहिनी यमुनाले यमराजलाई टीका लगाइदिएर दिर्घायुको कामना गरेको र यमराजले दिर्घजीवन पाएको विश्वासका साथ हिन्दुधर्मावलम्बीहरुले सोही दिन भाईटिका लगाउने गरेको मिथक रहेको छ । भाईटिकाका लागि टाढाटाढाका दिदीबहिनी दाजुभाई भेला हुने गर
काठमाडौँ / गायक तथा सङ्गीतकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रवार प्रहरीमा जाहेरी दिएको छ ।गत शनिवार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रवार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको हो ।गायिका नितु पौडेल र सङ्गीतकार बाबुल गिरी (धनबहादुर) झन्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।
इटहरी । इटहरीमा र धरानमा दुई छुट्टा–छुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भाइटीकाको दिन बिहीवार छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। इटहरी उप–महानगरपालिका–११ स्थित भित्री सडकखण्डमा बिहीवार राति करिब २१ः१० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प ३९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय राम सरदारको मृत्यु भएको हो । इटहरी–८ निवासी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले सरदारको मृत्यु भएको प्रहरीले पुष्टि
इटहरी। प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ । भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहनुभएको छ । सुरुआती तीन महिना वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्षको कार्यक्रम देखिए तापनि पछिल्ला तीन महिना पर्यटन प्रचारप्रसारसम्बन्धी कार्यक्रम न्यून देखिए । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराको साथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रम
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिताअन्तर्गत दोस्रो दिन सात वटा कुस्ती सम्पन्न भएको छ । कालीथान मन्दिर मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको दोस्रो दिनको कुस्ती प्रतियोगितामा भारतीय खेलाडीको बर्चस्व रह्यो । नेपाल र भारतका विभिन्न राज्यको कुस्ती खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ५० केजीदेखी १२० केजीसम्म तौल उमेर समूहका मोन्टी पहलमान, रबी पहलमान, कालु पहलमान, रितेश पहलमान, सोभितकुमार यादवसहितको कुस्ती सम्पन्न भएको छ । कुस्तीमा खेलाडी सतिशकुमार यादव, लक्की थापा, भरतकुमार, बाबा लाडी, ओमकार पहलमान, समसेर पहलम
इटहरी। रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमअन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ वटा महिला समूहले गड्याँैला मल उत्पादन थालेका छन् । महिलाहरुलाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताउनुभयो । महिलाह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.