All Posts By कोशी प्रेस

    Showing ३,९९१-४,००० of १२,८६९ items.
  • झापामा सुतिरहेको अवस्थामा सर्पले टोकेर १० वर्षीय बालकको मृत्यु

    इटहरी । झापामा सुतिरहेको अवस्थामा सर्पले टोकेर १० वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको अर्जुनधारा नगरपालिका–११ चाम्लिङ डाँडामा सुतिरहेको अवस्थामा गएराति सर्पले टोकेर १० वर्षीय बालक अनिष राईको मृत्यु भएको हो । उनलाई ओछ्यानमै विषालु सर्पले डसेपछि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्र र त्यसपछि बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ३८७ पटक पढिएको
  • ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि

    इटहरी ।  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ र ८२ देखि चालु आव २०८२र८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१र८२ मा ६५ पुरुष र ३०  महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको थियो । चिश्खुगढी गाउँपालिकामा एक जनामा, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३,

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ३३१ पटक पढिएको
  • समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका द्धारा तीन जना ज्येष्ठ नागरिक सम्मानित

    इटहरी। समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३५औँ अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई ‘जेष्ठ महामानार्थ सम्मान–२०८२’ प्रदान गरिएको हो । सम्मानित हुनेमा वडा नं १ की एक सय पाँच वर्षीया लमीकुमारी राई,  वडा नं ४ नागीका १०२ वर्षीय इन्द्रबहादुर राई र वडा नं ३ अन्नपूर्णका ९८ वर्षीय भीमप्रसाद राई रहनुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव र समाजका जीवन्त सम्पदा भएको बताउनुभयो । उपाध्यक्ष रमादेवी राईले ज्येष्ठ नागरिकको स्याहारसुसार र अधिकार संरक्षण गाउँप

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • २५१ पटक पढिएको
  • निर्माण व्यवसायी सङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा ट्रस्ट भवन निर्माण गरिदिएसँगै राष्ट्रिय परिचयपत्र दिन पुनः सुरु

    इटहरी । निर्माण व्यवसायी सङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा ट्रस्ट भवन निर्माण गरिदिएसँगै ३५ दिनपछि राष्ट्रिय परिचयपत्र सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलेर पुरानो संरचना ध्वस्त भएको थियो । त्यसयता मोरङबाट राष्ट्रिय परिचयपत्र बनाउने काम बन्द थियो ।  सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ट्रस्ट संरचना निर्माण गरिदिएसँगै सेवा सूचारु गरिएको हो । बुधबार नै सङ्घले जिल्ला प्रशासन कार्यालयलाई भवन हस्तान्तरणसमेत गरेको थियो । निर्माण व्यवसायी सङ्घ मोरङका अध्यक्ष महेशकुमार मिश्रले २० लाख रुपियाँ लागतमा तत्कालका लागि भवन निर्माण गर

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • २९८ पटक पढिएको
  • गौरीशङ्कर एग्रोका कारणले लौकही डुबानमा परेको गुनासो

    इटहरी। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका १, २ र ३ नम्बर वडाको राजमार्ग क्षेत्रमा स्थानीय गौरीशङ्कर एग्रो इन्डष्ट्रिज प्रालिको दाना उद्योगका कारणले डुबानमा परेको गुनासो बाहिर आएको छ । दुई हप्ता अघि आएको बाढीको पानी निकासको बन्द गर्ने गरी उद्योग सञ्चालन भएकाले उद्योगकै कारणले राजमार्ग उतरको भाग कोशी २ र ३ को पश्चिम कुुशाहा तथा कोशी १ र ३ को दक्षिणतर्फको भाग लौकही डुबानमा परेको गुनासो स्थानीयहरुले गरेका छन् । दाना उद्योगका कारणले सयौं बिघा धान र उखु खेत डुबानमा परेको स्थानीय शिवनारायण उरावँले गुनासो गर्नुभएको छ । झण्डै ११ विगा क्षेत्रफलमा फैलिएको उद्योगको क्षेत्रमा राजमार्गभन्दा अग्लो हुने गरी भ

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • २८४ पटक पढिएको
  • प्रकाशपुरमा भेट्रान्स कप को चौथो खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लबको जित सेमिफाईनलमा प्रबेश

    सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा चौथो दिन को खेल मा प्रकाशपुरमा भेट्रान्स कप को चौथो खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल दुहवि भेट्रान्स फुटबल क्लब -० र प्रकासपुर भेट्रान्स फुटबल क्लब -३ गोल गरि  सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को तेश्रो दिन को खेल मा सभापति को रुपमा क्लबको उपाध्यक्ष सागर सुब्बा रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा बिस्व आदर्श कलेज का प्रध्यानध्यापक लेखनाथ घ

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ६६४ पटक पढिएको
  • कोशी सरकारद्वारा बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई राहत वितरण

    इटहरी । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरूप रु ३४ लाख ५० हजार वितरण गरेको छ । प्रदेश सरकारले बाढीपहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार राहतस्वरूप इलाममा वितरण गरिएको छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो । सरकारले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपद्बाट भएको खोज–अनुसन्धान तथा राहत

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ४८३ पटक पढिएको
  • नेपाली सेनाद्वारा सञ्चारकर्मीका लागि अभिमुखीकरण तालिम सम्पन्न

    इटहरी । नेपाली सेनाको पूर्वी पृतनाले सञ्चारकर्मीका लागि आयोजना गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत असोज २७ गतेदेखि पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको अभिमुखीकरण तालिममा कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका २३ जना सञ्चारकर्मीको सहभागिता थियो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी गौरवकुमार केसीले नेपाली सेनाले खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनासम्मका विविध क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए। उपरथी केसीले अभिमुखी कार्यक्रमबाट नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी र राष्ट्रिय भूमिकाबारे थप ज्ञान र सन्तु

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ४४२ पटक पढिएको
  • सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन

    काठमाण्डौ । सगरमाथाको शिखरमा पहिलो मानव पाइला पुर्‍याउने अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ नाम्चेका शेर्पाको गएराति निधन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । ९२ वर्षका शेर्पा केही महिनादेखि काठमाण्डौमा उपचाररत हुनुहन्थ्यो । सङ्घले मृतक शेर्पाप्रति श्रदाञ्जली दिँदै उहाँको जीवन साहस, धैर्यता र इतिहास निर्माण गर्ने योगदानको प्रतीक रहिररहने उल्लेख गरेको छ । सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वको सर्वोच्च शिखर सगरमाथामाको शिखरमा पुग्नुभएको थियो । त्यस बेला आधार शिविरभन्दा माथि बाटो पहिल्

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ४३४ पटक पढिएको
  • झापाको गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु

    इटहरी । झापाको गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्। उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • २५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]