इटहरी। प्रमुख र सहायक राजमार्ग गरी एक दर्जन भन्दा धेरै सडक बाढी पहिरो र विपद्जन्य दुर्घटनाको जोखिममा रहेको भन्दै पाँचथर प्रहरीले यात्रा गर्नु पूर्व सुरक्षा सावधानी अपनाउन सर्व साधारणलाई आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरिक्षक० रुपेश तामाङले शुक्रबार सार्वनिक सूचना जारी गर्दै जोखिमको पहिचान भएका जिल्ला स्थित,मेची,मध्य पहाडी र तमोर करिडोर सहित भित्री सडकहरुको सूची सार्वजनिक गर्नुभएको हो । पाँचथर प्रहरीद्वारा जारी गरिएको सूचनामा मेची राजमार्गको फिदिम २ स्थित रमिते पहिरो,फाल्गुनन्द ३ को पाङ्ग्रे भीर, फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमो
इटहरी । भोजपुरका किसानले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भएपनि बजार मूल्य नपाएको उनीहरुको गुनासो छ । स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ लिइरहेको किसानको भनाइ छ । स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँचीलगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि विचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनाउनुभयो । भोजपुरको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती
इटहरी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा आफन्तको खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । माङ्तेवामा गएराति स्थानीय जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरुले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएपनि डाक्टरले उपचार गर्न नसक्ने जनाएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको छ । सामान्य विषयमा उनीहरुबीच विवाद भए
इटहरी । सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २८ वर्षीय अनिल यादव रहेका छन्। सोमबार दिउँसो मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल इनरुवा पठाएको थियो। उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमपछि मृतकलाई उनका भाइ वीरेन्द्र यादवले बुझेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।
इटहरी । इटहरी उपमहानगरपालिका–२० तरहरा खार्सला टोलमा मंगलवार राति करिब ९ बजेतिर चोरी भएको छ। दीपेन्द्र खवासको घरमा कोही नभएको बेलामा अज्ञात व्यक्तिले ताल्चा फोडी करिब १४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ। घरधनी दीपेन्द्र खाना खान बुबा विन्द्रमान खवासको घर गएको बेला चोरले अमूल्य गरगहना चोरी गरेको हो। रानीहार ४ तोला, औंठी ८ आना, झुम्का ८ आना, छड्के १२ आना, तिलहरी ३ आना र सुनको बाला १ तोलासहित जम्मा करिब ७ तोला सुनका गरगहना लिएर फरार भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी चौकी तरहराबाट प्रहरी नायब निरीक्षक टीका नेपालको कमाण्डमा टोली खटिएको थियो। चोरीमा संलग्न व्यक्तिहरू
इटहरी । चट्याङ लागेर झापामा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो । आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उहाँ घाइते हुनुभएको थियो । मुसहर बस्ती निवासी उहाँ खेतमा बाख्रा लिन गए बेला उहाँलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उहाँको बाटोमा नै मृत्यु भएको हो ।
इटहरी । पाँचथरको याङवरक गाउँ पालिका ४ को कालिका निशान धाममा धुमधामका साथ जोर निशान नचाइएको छ । वर्षौंदेखिको परम्परालाई निरन्तरता दिँदै यहाँ कम्फु र जङ्गे नामका जोर निशान धुमधाम साथ नचाइएको हो । यी निशान प्रत्येक वर्ष महानवमीका दिन नव दुर्गा भवानीको प्रतिक र शक्तिका रुपमा पुजा गरेर नचाउने चलन छ । यो वर्ष पनि निशान प्रदर्शनीलाई निरन्तरता दिइएको हो । यी निशान १८३१ साल देखि देखाउन थालिएको इतिहास छ । नेपाल राज्य एकिकरणका क्रममा लिम्बूवान फौज र साह बंशीय सेनाबिच छ पटक सम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि साह सम्झौता गर्दै साह बंशीय राज्यका सेनाले लिम्बुवानलाई उपहार स्वरुप छोडेका २ वटा निशान सहित
इटहरी । पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिनिधित्व गर्दै मिस्टर नेपाल २०२५ न्यु म्यान अफ द वल्र्ड नेपालको उपाधि जित्न सफल प्रतिभाशाली युवा प्रकाश चौहानलाई गृहनगर पथरी शनिश्चरेमा भव्य कार्यक्रमका साथ स्वागत गरिएको छ । उहाँलाई स्वागत पछि नगर परिक्रमा पनि गरिएको हो । पथरी शनिश्चरे वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, पथरी शनिश्चरे जेसीज वर्ष –२०२५ की अध्यक्ष निर्मला भट्टराई, समाजिक व्यक्तित्व हिक्मत श्रेष्ठ, लगायत विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूले मुहार चित्र, खदा सहित अबीर टीकाले बधाई तथा थप सफलताका लागि शुभकामना प्रकट गर्नुभएको थियो । पथरी शनिश्चरे नगरवासी सहित देश–विदेशम
इटहरी । हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको अवसरमा विराटनगरका विभिन्न स्थानमा दुर्गा भवानी सहितका देवी–देवताको माटोको मूर्ति स्थापना गरी आकर्षक मण्डप सजाइएको छ । एक मण्डप बनाउन करिब पाँच लाख देखि साढे १२ लाख रुपैयाँसम्म खर्च भएको बताइएको छ । यसपटक विराटनगरको करिब ३ किलोमिटर क्षेत्रभित्र मात्रै डेढ दर्जनभन्दा बढी मण्डप निर्माण गरिएको छ । यसरी सजाइएका मण्डपमा दर्शन गर्न आउने भक्तजनले विश्वासका साथ पूजा गर्दा मनोकामना पूरा हुने र परिवारमा सुख–शान्ति आउने धारणा राखेका छन् । मण्डप निर्माणमा नेपालका भन्दा पनि भारतीय मिस्त्रीलाई बढी रोजाइमा पारिएको छ । मूर्ति निर्माण देखि बिजुली तथा सजावट सम्म भारतीय
इटहरी । जेनजी आन्दोलनपश्चात् क्षतिग्रस्त कार्यपालिकाको भवनमै सोमबार इटहरी उपमहानगरपालिकाको १५० औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले नगरवासीको सुरक्षालाई प्राथमिकता दिँदै शान्ति, जनसुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन चारवटा महत्वपूर्ण निर्णय गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिनुभयो । निर्णय अनुसार शान्ति–सुरक्षा सुदृढ गर्न इलाका प्रहरीलाई उपयुक्त स्थानमा पुनः व्यवस्थित गरिने छ । सोही स्थानबाट ट्राफिक प्रहरी मार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने निर्णय समेत गरिएको छ । यसले इटहरीभित्रको भिडभाड नियन्त्रण, दुर्घटना न्यूनीकरण र यातायात सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जेन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.