बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा अवस्थित चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७औँ साधारणसभा आफ्नो कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।

सहकारीले साबिक भरौललाई कार्यक्षेत्र बनाएर २०५५ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालनमा आएको हो। करिब २७ वर्षको यात्रा पूरा गरिसकेको संस्थामा हाल १,१०८ जना सेयर सदस्य रहेको संस्थाले जनाएको छ।

1765206387794

साधारणसभामा उत्कृष्ट बचत, उत्कृष्ट ऋण चुक्ता, नियमित साँवा बुझाउने, बढी सेयर खरिद गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। यस्तै, उत्कृष्ट कर्मचारीको रूपमा सहायक व्यवस्थापक रेनुका कटुवाललाई पनि सम्मान प्रदान गरिएको अध्यक्ष कुमारी बस्नेतले जानकारी दिइन्। कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष बस्नेतले प्रस्तुत गरिन्।

1765206421278 1

वार्षिक प्रगति प्रतिवेदन सचिव मिना कटुवालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जर्जिना कार्कीले प्रस्तुत गरेका थिए। साधारणसभाको सभापति अध्यक्ष बस्नेत स्वयं रहनुभयो। कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका उप–प्रमुख नन्दकुमारी सुनुवार रहनुभएको थियो। कार्यक्रमको सञ्चालन मौसम विश्वकर्माले गरेका थिए।

1765206392726