All Posts By कोशी प्रेस

    Showing ४,२५१-४,२६० of १२,८९४ items.
  • जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

    इटहरी ।  विराटनगर महानगरपालिका(१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  साथै प्रहरीले उनीहरूले प्रयोग मोटरसाइकल ३ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २६७ पटक पढिएको
  • पाथीभरा मन्दिरमा भक्तजनको सहजताका लागि तयारी तिव्र

    इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउनुहुने तीर्थयात्रीहरूको सहजताका लागि तयारी तीव्र बनाइएको छ । सिजन सुरु भएसँगै पाथिभरा क्षेत्र विकास समितिले तयारी तिव्र बताएको हो । दर्शनार्थीलाई मन्दिर क्षेत्रका बारेमा जानकारीसहित यात्रा सहजताका लागि तोक्मेडाँडा, नयाँ बसपार्क, सुकेटार, काफ्ले पाटी, ठुलो फेदी र मन्दिरसम्म नै यात्रु साहयता कक्ष स्थापना गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाले बताउनुभयो ।यस्तै, पाथीभरा मन्दिरको काफ्ले पाटीसम्म पुग्ने यातायात मार्ग धमाधम स्तरोन्नतिको क्रममा रहेकाले पानी परेको समयमा उक्त मार्ग हिलाम्मे हुने गर्दछ । यसको अस्थायी समाधान गर

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २५५ पटक पढिएको
  • भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन

    इटहरी ।  जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिनुभयो । निःशुल्क खोप अभियान यहि असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५र२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेविज रोग उन्मुलनका लागि वर्षेनी खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • १९१ पटक पढिएको
  • झुम्का कारागारबाट फरार दिपेन लिम्बु संखुवासभामा पक्राउ

    इटहरी । सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका दिपेन लिम्बु संखुवासभामा पक्राउ परेका छन् ।प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे गोप्य सूचनाका आधारमा मादी नगरपालिका–३ जिमी गाउँमा उनको घरमा छापा मारेको थियो । प्रहरी सहायक निरीक्षक धाकबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको चार जनाको टोलीले कोठामा सुतिरहेको अवस्थामा लिम्बुलाई नियन्त्रणमा लिएको हो । हाल उनलाई प्रहरी चौकी मंगलबारेमा राखिएको छ । जिल्ला अदालत इनरुवाको आदेशअनुसार कर्तव्य ज्यान मुद्दामा लिम्बु पुर्पक्षका लागि २०८० भदौ २५ गते झुम्का कारागार चलान भएका थिए । तर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार लिम्बु घ

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ३०९ पटक पढिएको
  • झापामा एक थुनुवाको मृत्यु

    इटहरी । झापामा एक थुनुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । हाडनाता करणीको आरोपमा पक्राउ परेका झापा भद्रपुर नगरपालिका– २ का ३९ वर्षीय थपेन्द्रबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको हो । टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा यहाँ उपचार हुन नसकेपछि बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकोमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा स्रोतले जनाएको छ । सिटी–स्क्यानमा टाउकोमा रगत जमेको पाइएको थियो ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • १९७ पटक पढिएको
  • ताप्लेजुङको ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान

    इटहरी । ताप्लेजुङको ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको छ । विभिन्न संकायअन्तर्गत उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ९रीड नेपाल० ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो । जिल्लाको सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकामा शिक्षा क्षेत्रमा क्रियाशील रहेको गैर सरकारी संस्था रिड नेपालले परियोजना क्षेत्रभित्रका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाका कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार शैक्षिकसत्र २०८२ मा उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई ‘जर्ज बैण्ड मेमोर

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २९१ पटक पढिएको
  • विराटनगर भन्सार जाँचपासमा अनलाइन मूल्याङ्कन सुरु

    इटहरी । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र र सरकारका दुःख एकअर्काको सहकार्यबाट हल गर्नुपर्ने बताउनुभएको छ । विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको बुधबार शुभारम्भ गर्दै अर्थमन्त्री खनालले सरकार सबै हिसाबका आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको हो । उहाँले पाइलट प्रोजेक्टका रूपमा अनलाइन भ्यालुएसन विराटनगर भन्सार कार्यालयबाट सुरु गरिएको बताउँदै यसले व्यावसायिक विश्वसनीयता हासिल हुने बताउनुभयो । उहाँले भन्सार जाँचपासमा हुन सक्ने सम्भावित त्रुटि अनलाइन भ्यालुएसन प्रणालीले हटाउने बताउँदै यसले व्यावसायिक वातावरणलाई सहजीकरण गर्न सहयोग गर

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २८२ पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४४ प्रतिशतले बढ्यो

    इटहरी।  मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो । गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । आव २०८१र८२ को पहिलो दुई महिनाको अवधिमा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ७५ करोड तीन लाख ४८ हजार बरा

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २१९ पटक पढिएको
  • दसैँ–तिहार–छठलगायत चाडपर्वमा घर छाडेर ननिस्कन कोशी प्रदेश प्रहरीको अनुरोध

    इटहरी । दसैँ, तिहार र छठलगायतका पर्व मनाउँदा लामो समयसम्म घरका सबै सदस्यले घर छाडेर नहिँड्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । घरमा हुन सक्ने चोरीडकैतीलाई ध्यानमा राखी घरका सदस्य आलोपालो गरेर घरबाहिर जान प्रहरीले अनुरोध गरेको हो । कुनै कारणले लामो समयसम्म घरका सबै सदस्य घरबाहिर जानु परेमा घरको सुरक्षा प्रबन्ध मिलाएर, छिमेकी वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराएर मात्र जान कोशी प्रदेश प्रहरी कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ । चाडपपर्वलक्षित नेपाल प्रहरीको सुरक्षा रणनीतिका बारेमा बुधबार जानकारी गराउँदै कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोखरेलले सो

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २४५ पटक पढिएको
  • चाडवाड नजिकिएसँगै धनकुटामा बढ्यो चहपल

    इटहरी । नेपाली हिन्दूहरुको महान चाड बडादसैँ सुरु भएसँगै धनकुटामा पनि चहलपहल बढ्दै गएको छ । जसले गर्दा व्यापारीहरु समेत उत्साहित भएका छन् । गाउँदेखि चाडवाडका लागि किनमेल तथा बिक्री गर्र्न आउने मानिसहरुको आउन थालेसँगै चहलहपहल बढेको हो । धनकुटा बजारका मुख्य चोक तथा पसलहरुमा किनमेल गर्न आउनेको बाक्लो भिड देखिन थालेको छ । खाद्यान्न, लत्ताकपडादेखि लिएर खसी–बोकासम्म बिक्रीमा गाउँघरदेखि बजार आउने गर्छ । दसैँ सुरु भएको दिन अर्थात् घटस्थापना अघिदेखि नै धनकुटा बजारमा चहलपहल बढेको पाइएको छ । यसले गर्दा व्यापर हुँदा व्यापारीहरु उत्साहित भएका छन् । दसैँमा नयाँ लुगा लगाउने, मीठो मसिनो खाने सवै जना भेला भएर

    • प्रकाशित मितिः असोज ९, २०८२
    • १९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]