इटहरी । भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो । स्थानीय बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका छन् । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत् विस्तार भएपछि सहज भएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको छ । विद्युत विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ–४ लुङ्गिनका स
इटहरी। ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मेरिङ्देन गाउँपालिका – २, सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको मृत्यु भएको हो । यस्तै अरिङ्गालको टोकाइबाट सोही ठाउँका १४ वर्षीय पेम्बा शेर्पा घाइते भएको स्थानीय सञ्चबीर लिम्बुले जानकारी दिनुभयो । शनिबार बिहान ७ बजेको समयमा उनीहरूले गुलेलीले कालो प्रजातिको अरिङ्गाललाई हानेको र सोही क्रममा अरिङ्गालले टोकेको लिम्बुले जानकारी दिनुभयो । घटनापछि तत्कालै सान्थाक्रा प्राथमिक स्वास्थ्य चौकी लगिएकोमा आइतबार बिहान २ बजे पेम्बा साङ्बुको ज्यान गएको लिम्बुले बताउनुभयो । मृतक शेर्पालाई शरीरका विभिन्न भागमा करिब ४५ वटाभन्दा बढी अरिङ्गाल
इटहरी | पारस अटोमोबाइल्स, इटहरीले यस वर्षको दशैं–तिहार लक्षित गर्दै TVS "Festive Exchange" कार्यक्रम गर्ने भएको छ । असोज ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यस विशेष अफरमा ग्राहकहरूले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ TVS सवारी साधन घर लैजाने मौका पाउने छन् ।कार्यक्रम अन्तर्गत ग्राहकहरूले आकर्षक सुविधा पाउने छन् । जसमा १ लाख रुपैयाँसम्मको नगद छुट, १००० जनासम्मलाई ८ हजार रुपैयाँ बराबरको भाटभटेनी शपिङ भौचर, नागरिकता र लाइसेन्स भए पुग्ने तत्काल वित्तीय सुविधा, एक्सचेन्ज गर्दा अतिरिक्त १० हजार रुपैयाँको मूल्य थप सुविधा, साथै निःशुल्क हेल्मेट, ब्याग र बाइक कभर उपलब्ध गराइनेछ ।यससँगै TVS कम्पनीले
इटहरी । धनकुटामा रहेको औद्योगिकग्राम पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । ६० वटासम्म साना उद्योग सञ्चालन गर्न सकिने क्षमता भएको औद्योगिकग्राममा गत आर्थिक वर्षमा २ वटा उद्योग थप हुँदा १६ वटा उद्योग सञ्चालनमा आएका छन्। स्थानीय कच्चापदार्थमा आधारित उद्योग स्थापनाका लागि भन्दै जग्गा अधिग्रहण गरिएको ४५ वर्षपछि औद्योगिकग्राम सञ्चालनमा आएको थियो । यस अघि १४ वटा उद्योग स्थापना भए पनि गत आर्थिक वर्षमा २ वटा मात्र नयाँ उद्योग संचालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख मेघराज बस्नेतले जानकारी दिनुभयो । ग्राम सम्म पुुग्ने सडक र आवश्यक भवन पूर्वाधार तयार भएको वर्षौं भइसक्यो तर, औधोग
इटहरी । सन्तोष श्रेष्ठ अध्यक्ष रहेको कार्यसमति चयन गर्दै नेपाल तेक्वान्दो सङ्घ जिल्ला समिति पाँचथरको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । फिदिममा शनिबार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा आशिष तावा र दिपेश गुप्ता सचिवमा अनिश राई सचिव र कोषाध्यक्षमा शुष्मा राना मगर कोषाध्यक्ष रहनुभएको छ । यसैगरी चक्र शङ्कर, किरण वान्तावा, गणेश घिमिरे, प्रवेश राई, सूर्य आङदेम्बे, कविता राई, निशान सावाँ, सौगात खान र रोमन न्यौपाने निर्वाचित हुनुभएको सङ्घले जनाएको छ । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले प्रमुख अतिथिको आशनबाट उद्घा
इटहरी । आदिवासी जनजाति युवा महासंघ नेपाल इटहरीका सचिव विष्णु श्रेष्ठले आफ्नो जन्मदिन असोज २ गते लाई यसपटक फरक र अर्थपूर्ण तरिकाले मनाएका छन् । इटहरी उपमहानगरपालिका–१६ स्थित श्री सरस्वती जब्दि विद्यालयका खेल प्रशिक्षक श्रेष्ठले विद्यालय परिसरमा २ सय भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेर जन्मदिनलाई स्मरणीय बनाइएको हो ।सामान्यतया जन्मदिनमा पार्टी तथा भोज आयोजना गर्ने प्रचलन भए पनि श्रेष्ठले भने यसपटक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वृक्षारोपण गर्ने निर्णय गरेका हुन् । जन्मदिनलाई रमाइलो मात्र नभई समाजलाई योगदान दिने खालको बनाउनु पर्छ भन्ने सोचले वृक्षारोपण गरिएको बताए ।वृक्षारोपण कार्य
इटहरी । झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीमा शनिवार बिहान एक माउ हात्ती मृत अवस्थामा फेला परेको छ। करिब २२ वर्षको माउ हात्ती स्थानीय खेतको छेउमा, मृत अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको हुन सक्ने संकेत देखिएको छ। स्थानीय बासिन्दाहरूको अनुसार शनिबार बिहान खेततिर गएका एक किसानले हात्ती मृत देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए। शव भेटिएको स्थान वरपर विद्युतीय तारहरूको अव्यवस्थित जाल रहेको र केही स्थानमा खुला करेन्ट प्रवाह भइरहेको हुनसक्ने भएकाले अनुसन्धान सुरु गरिएको बताइएको छ । स्थानीयका अनुसार बाहुनडाँगीमा हात्तीहरू प्रायः आइरहन्छन्
इटहरी । सुनसरीको इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । इनरुवा ५ स्थित लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नवदउष्टी आँखा अस्पताल इटहरीको प्राविधि सहयोगमा निःशुल्क आँखा जाच शिविर कार्यक्रम सम्पन्न भएको हो । सहकारीका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार तीन सयभन्दा बढीको आँखा जाँच, चश्मा जाँच र औषधी वितरण गरिएको छ । शिविरमा ५४ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । शिविरमा आएकाहरुलाई निःशुल्क सेवा दिएको र मोतिया बिन्दुको बिरामीका लागि अप्रेसनमा समेत छुट गरिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेलले गर्नुभएको
इटहरी । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताउनुभयो । सबैभन्दा राम्रो गुणस्तरको अलँैचीलाई ‘बोल्ड’ भनिन्छ । उहाँका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । भदौ पहिलो स
बराहक्षेत्र । जेन्जी आन्दोलनका नाममा बराहक्षेत्रका जनप्रतिनिधि कार्यालय र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गर्नेप्रति कडा कारबाही गर्न बराहक्षेत्र नगरपालिकाले सर्वदलीय बैठक सम्पन्न गरेको छ।नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकले जायज माग राखी आन्दोलन गर्नु स्वाभाविक भए पनि राजनीतिक प्रतिशोधका नाममा अराजकता मच्चाउनेलाई कुनै पनि हालतमा उन्मुक्ति नदिनुपर्ने निष्कर्ष निकालेको हो। राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले तोडफोडमा संलग्न जुनसुकै पार्टीका भए पनि पहिचान गरी कानूनी दायरामा ल्याउन र हदैसम्मको कारबाही गर्न माग गरेका छन्।बैठकमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशास
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.