वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले नया आधुनिक भिडियो एक्स-रे उपकरण खरिद गरेर सञ्चालनमा ल्याएको छ । नगर अस्पतालको आन्तरिक स्रोतबाट खरिद गरिएको उक्त आधुनिक भिडियो एक्स-रे मेसिनको शुक्रवार उद्घाटन गरिएको छ । अस्पतालले ३८ लाखमा खरिद गरेको भिडियो एक्स-रे उपकरणको उद्घाटन नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , इलका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिवस कुबँर , नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्ट, अस्पतालका चिकित्सकहरु, कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।
नगर अस्पतालमा सञ्चालित भिडियो एक्स-रे उपकरण पुरानो र सेवा दिन नसकिने भएको हुदा अस्पतालकै आन्तिक स्रोतवाट आधुनिक भिडियो एक्स-रे उपकरण गरिद गरिएको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टले जानकारि दिए । हप्तामा दुई दिन सोमवार र बिहिवार अस्पतालले भिडियो एक्स-रे को सेवा दिदै आएको र दुई दिनमा १ सय ५० भन्दा बढि सेवाग्राहीले सेवा लने गरेको निमित्त व्यवस्थापक दिवस बिष्टले बताए ।
सेवाग्राहीहरुको माग र आवश्यक्ता अनुसार आधुनिक भिडियो एक्स-रे उपकरण गरिद गरिएको नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले बताए । सेवालाई गुणस्तरिय बनाउन आधुनिक भिडियो एक्स-रे उपकरण गरिद गरिएको फ्रो डि प्रबिधिको उपकरणबाट इको समेत गर्न सकिने उनले बताए । आधुनिक प्रबिधिको उपकरण र दक्ष जनशक्ति भएका कारण सेवा गुणस्तरिय हने उनले बताए । उनका अनुसार हप्ताको दुई दिन सोमवार र बिहिबार नियमित रुपमा नया उपकरणबाट भिडियो एक्स-रे को सेवा प्रदान गरिनेछ ।
हाल दैनिक अस्पतालमा २ सय ७५ देखि ३ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।
२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, फिजोयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको र हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित व्यवस्थापक दिवस बिष्टले बताए ।
हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आक्समिक कक्ष निर्माण भएको त्यस्तै सामान्य सल्यकृयाकालागि भवन पनि निर्माणाधिन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।


