इटहरी । ताप्लेजुङबाट नेकपा ९एमाले० को ११ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतिमा चयन हुनुभएको हो । एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु ९दिपेन० अनुसार तोकिएको १२ जना महाधिवेशन प्रतिनिधिका लागि शुक्रबार सहमति जुटेको छ । महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत हुनेमा खुलातर्फ अनन्तबहादुर साँवा, दीपेन्द्र पोमु, घनेन्द्र मादेन, छत्रपति प्याकुरेल, प्रकाश राई ९कैलास० र ज्ञानेन्द्र लावती रहनुभएको छ । यस्तै, महिलातर्फ रनमाया गुरुङ, मीनाकुमारी केदेम, टीका सुवेदी भट्टराई र प्रमिला खनाल चयन हुनुभएको छ । युवातर्फ गोपाल न्यौपाने र दलित प्रतिनिधितर्फ बुद्धिमान परियार चयन हुनुभएको पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष पोमुले जानकारी दिनुभयो । ताप्लेजुङका लागि तोकिएको १२ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले दावी गरेका थिए । शनिबारका लागि तोकिएको महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनको तयारी पूरा भइसकेको समयमा अन्तिममा आएर सर्वसहमति जुटेको निर्वाचन समितिका संयोजक राजकुमार चुडालले जानकारी दिनुभयो ।