All Posts By कोशी प्रेस

    Showing ४,४७१-४,४८० of १२,९०९ items.
  • इटहरी उपमहानगरपालिका भित्र छिरेर जेन(जीले गरे तोडफोड

     इटहरी । विभिन्न ठाउँमा जारी रहेको जेन(जी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।  प्रशासनको दमनपछि आक्रोशित भएका प्रदर्शनकारी सरकारी कार्यालयमा छिरेर तोडफोडमा उत्रिएका छन् ।  इटहरी उपमहानगरपालिकाभित्र पनि जेन(जी प्रवेश गरी तोडफोड गरेका छन् ।  उनीहरू प्रवेश गर्न लागेदेखि नै प्रहरीले अवरोध गरेपछि प्रहरीको घेर तोडेरै प्रदर्शनकारी कार्यालय भित्र छिरेका थिए ।  सोहीक्रममा झडप पनि भएको छ ।  प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र दर्जनबढी सेल अश्रुग्याँस प्रहार गरेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • १७९ पटक पढिएको
  • विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ बढ्यो जेनजीको प्रदर्शन

    इटहरी । विराटनगरमा जेनजी पुस्ताका प्रदर्शनकारीहरू निषेधाज्ञा तोड्दै प्रदेशसभातर्फ अगाडि बढेका छन् । निषेधित क्षेत्रलाई तोड्दै उनीहरू सोमबार दिउँसो प्रदेशसभा भवन अगाडि पुगेका हुन् ।​ देवकोटा चोकमा प्रहरीले राखेको ब्यारिकेड हटाउँदै उनीहरू प्रदेशसभा कार्यालयको गेटमा पुगेका हुन् । उनीहरूले अहिले प्रदेशसभा भवन र मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारी युवाहरूले अहिले सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जेनजी पुस्ताले प्रदर्शन गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • ३४८ पटक पढिएको
  • बानेश्वरमा भइरहेको प्रदर्शन कभरेजका क्रममा दुई पत्रकार रबरको गोलीबाट घाइते

    काठमाडौं । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला पत्रकार श्याम श्रेष्ठलाई  गोली लागेको छ । आन्दोलनको भिडियो खिच्दै गरेको अवस्थामा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई रबरको  गोली लागेको हो। उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ। बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्याँसपछि रबरको गोली चलाएको हो । त्यस्तै बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेको छ । प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकका फोटो पत्रकार ढुंगाना घाइते भएका हुन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • ३५२ पटक पढिएको
  • जेनजी प्रदर्शनमा गोली लागी एकको मृत्यु, ७० भन्दा बढी घाइते

    काठमाडौं । नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत अवस्थामा  मृत्यु भएको अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन्। रेग्मीका अनुसार हाल ७०–८० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । मृतकको परिचय भने सार्वजनिक गरिएको छैन। प्रदर्शन उग्रिँदै गएपछि नयाँबानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाएको थियो। त्यसपछि प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप बढ्दै गएको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • ३२९ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वामा रेविज र टिटी खोप सेवा निःशुल्क

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रेविज र टिटी खोप सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरिएको छ । कुकुरसहितका जनावरले टोकेमा रेविज खोप र खिया लागेका फलामजन्य वस्तुका कारण चोट लागेमा लगाइने टिटी खोप गाउँपालिकाले निःशुल्क उपलब्ध गराउन थालेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२(८३ को नीति तथा कार्यक्रममार्फत बजेटको व्यवस्था गरी रेविज रोगविरुद्धको खोप र टिटी खोप सेवा निःशुल्क उपलब्ध गराउन थालेको हो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार शाहका अनुसार पालिकाका तीन वटा स्वास्थ्य संस्थाबाट उक्त सेवा सुरु गरिएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रस्थित साब्लाखु स्वास्थ्य चौकी, वडा ३ आङ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • ४७७ पटक पढिएको
  • रङ्गेलीमा एकीकृत विपत् केन्द्र १० महिनामा ६०५ निर्माण सम्पन्न

    इटहरी । मोरङको रङ्गेली–८, दर्बेसामा निर्माणाधीन मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (एकीकृत विपत् केन्द्र) को निर्माण १० महिनामा ६० प्रतिशत सकिएको छ । कोशी प्रदेश सरकारको प्रदेश सहयोग कार्यव्रmम अन्तर्गत एकीकृत विपत् केन्द्रको निर्माण भएको हो । यो कार्यव्रmमका लागि प्रदेश सरकारलाई स्विस सरकार विकास सहयोग एसडिसीले सहयोग गरेको छ । प्रत्येक पालिकामा वारुणयन्त्र, शववाहन, एम्बुलेन्स, अग्निनियन्त्रक र विपत्का जनशक्ति व्यवस्थापन गर्न आर्थिक कठिनाइ भएपछि मोरङका धनपालथान, कानेपोखरी गाउँपालिका र रङ्गेली, सुनवर्षी नगरपालिकाको संयुक्त लगानीमा एकीकृत विपत् व्यवस्थापन केन्द्रको निर्माण थालिएको हो । गत मङ्स

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • २६१ पटक पढिएको
  • चौदण्डीगढीमा भूमिहीनलाई लालपुर्जा वितरणका लागि ऐलानी जग्गा नापजाँच तीव्र

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न ऐलानी जग्गा नापजाँचलाई तीव्रता दिएको छ । नगरप्रमुख कालुमान लामाले आफ्नो कार्यकालभित्रै भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने पूर्वप्रतिबद्धता अनुसार भूमिहीन दलित र सुकुमवासीलाई उनीहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न अहिले जग्गाको नापनक्सालाई तीव्रता दिएको बताउनुभयो । जिल्लाभर नै अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या रहेको तर भूमि आयोग र सरकारी कर्मचारीको काम जनमैत्री नभएको भन्दै नगरप्रमुख लामाले गुनासो गर्नुभयो । उहाँले जस्तोसुकै प्रतिकूल परिस्थिति भए पनि अ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • १७३ पटक पढिएको
  • इलामको नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई बिओपीको उद्घाटन

    इटहरी । इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई वटा बोर्डर आउट पोस्ट ९बिओपी० को उद्घाटन गरिएको छ। इलामको सूर्योदय नगरपालिका ४ छब्बीसे र सूर्योदय नगरपालिका(१, मानेभन्ज्याङको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई वटा बिओपीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी बंशीराज दाहालले उद्घाटन गर्नुभएको हो । सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले सिमानामा शान्ति सुरक्षा कायम गर्न भवन निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले सीमा क्षेत्रमा रहेको सशस्त्र प्र

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • ३८० पटक पढिएको
  • धनकुटा जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

    इटहरी ।  जिल्ला कारागार धनकुटामा क्षमताभन्दा करिब चार गुणा बढी कैदीबन्दी हुँदा समस्या भएको पाइएको छ । आवश्यक पर्ने क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेसँगै समस्या भएको पाइएको हो । कारागारको क्षमता पचास जना रहेकोमा अहिले एक सय ७६ जना कैदीबन्दी राखिएका छन् । जुसले गर्दा उनीहरूको दैनिक स्वास्थ्या समस्यादेखि लिएर खान, बस्न र सुत्न समेत हुँदै विभिन्न समस्या देखा परेको पाइएको छ । कारागारमा अहिले सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दामा कैदीबन्दी रहेका छन् । ज्यान मुद्दामा ६९ जना, जबरजस्ती करणीमा ६५ जना, लागुऔषधमा ५० जना, चोरी डकैतीमा नौ जना र अन्य १३ जना गरी एक सय ६७ जना कै

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • २२५ पटक पढिएको
  • पथरी शनिश्चरेमा थारु समुदायको जितिया पर्व भव्यताका साथ सम्पन्न

    इटहरी । मोरङको पथरी शनिश्चरे–४ स्थित सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा थारु समुदायले जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम कार्यक्रम मनाएका छन् । “भाषा, संस्कृति, भेषभूषा र जातीय पहिचानको संरक्षण” भन्ने नाराका साथ थारु कल्याणकारिणी सभा पथरी शनिश्चरेको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्बापोले विविधतामा एकता रहेको उल्लेख गर्दै सबै समुदायको संस्कृति संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । थारु कल्याणकारिणी समितिका मोरङ अध्यक्ष प्रदीप विश्वासले थारु भाषा, पोशाक, साहित्य, संस्कृति जोगाउन आग्रह गर्नुभयो । वक्ताहरूले तीन दिन सम्म निराहार बस्ने महिलाहरूको यो मौलिक पर्व सन्

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • ३५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]