इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ । सोमबार राति आएको बाढीले लेलेपमा रहेको ५० किलोवाट क्षमताको लघुजलविद्युतमा बाढीले क्षति पुर्याएको हो । गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्याएको विद्युतको पुनर्निर्माण गरी सञ्चालनमा आएको दुई सातामै फेरि अवरुद्ध भएको छ । महिनौ दिन लगाएर मर्मत गरी गत भदौ २ गतेबाट उत्पादन सुरु भएको लघुजलविद्युतमा गएरातिको बाढीले पुनः क्षति पुर्याएको स्थानीय तेञ्जिङ वालुङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको खोलामा रहेको ड्यामसाइड, विद्युत गृह, ट्रान्सफर्मर तथा अन्य विभिन्न क
इटहरी । इटहरीमा २२ वर्षदेखि सञ्चालनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसले अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरेको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी गरिएको उक्त कार्यक्रममा अध्ययनका लागि आवश्यक शैक्षिक परामर्श, लागत तथा अन्य प्रक्रियागत विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिहरुले आफ्ना कलेजमा उपलब्ध विषय, अवसर र खर्च सम्बन्धी विवरण प्रस्तुत गर्दै विद्यार्थी तथा अभिभावकलाई सहजीकरण गरेका थिए । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीका शिक्षा शाखा प
इटहरी । सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित सङ्घीय सांसद भगवती चौधरीले दुहबी नगरपालिका–८, बटेरमारा टोलका करिब ५० विपन्न परिवारलाई झुल वितरण गर्नुभएको छ । हालका दिनमा डेंगुको जोखिम बढ्दै गएको भन्दै स्थानीयबासीले व्यक्त गरेको चिन्तालाई मध्यनजर गर्दै सांसद चौधरीले जनस्वास्थ्य सुरक्षाका लागि यस्तो पहल गर्नुभएको हो। झुल वितरण कार्यक्रमले विपन्न परिवारलाई डेंगु नियन्त्रणमा प्रत्यक्ष लाभ पु¥याउने विश्वास व्यक्त गर्दै सांसद चौधरीले जनताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । स्थानीयवासीहरूले यस कार्यप्रति खुसी व्यक्त गर्दै जनप्रतिनिधिहरूले यस्तै जनहितमुखी कामलाई निरन्तरत
इटहरी । नेपाली समुदायबीच खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम पुर्बेली कप फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको काभ्रेली समाज ह्वाइटले उपाधि जित्न सफल भएको छ भने रोमाञ्चक फाइनलमा प्रतिस्पर्धा गरेको पनौती ११ उपविजेतामा सीमित भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्म काभ्रेली समाज ब्ल्याक र राइजिङ नेपाल ए पुग्न सफल भएका थिए । विजेता बनेको काभ्रेली समाज ह्वाइटले ४ लाख नगद सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता पनौती ११ ले २ लाख नगद सहित ट्रफी र मेडल हात पारेको छ । यसैगरी, सेमिफाइनलमा पुगेका दुवै टोलीले जनही ५० हजार नगद पुर
इटहरी । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२र८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अद
इटहरी। लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर नरेश जिरेलले बताए। भोट खोला र मकालबीचमा पहिरोले सडक बगाएपछि यातयात सेवा अवरुद्ध भएको हो । उत्तर दक्षिण कोशी राजमार्गको मकालु–३ स्थित सम्माटार नेताभिरमा गएराति वर्षासँग आएको बाढीले करिब पाँच सय मिटरको सडक बगाएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए । पहिरो हटाउन सडक कार्यालयका दुई वटा एक्
सुनसरी / सुनसरीको इटहरीस्थित श्री ज्योति माध्यमिक विद्यालयले पछिल्लो समय सामुदायिक विद्यालय पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ईश्वर विक्रम शाहको नेतृत्व आएसँगै विद्यालयले शिक्षादेखि पूर्वाधारसम्मको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आफ्नो पहिचान नवीकरण गर्न सफल भएको हो।विद्यालयले कक्षा १२ मा सिभिल इन्जिनियरिङ संकाय सुरु गरेर फिजिक्स, क्यामेस्ट्री र गणितजस्ता कठिन विषयमा उत्कृष्ट नतिजा हासिल गरेको छ भने साइन्स संकायका विद्यार्थीहरूले शतप्रतिशत नतिजा ल्याएका छन्। यसले सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षा
इटहरी । ताप्लेजुङमा वार्षिक समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सुरु भएको छ । जिल्ला स्थित सङ्घ प्रदेश सरकारको विषयमा कार्यालय र स्थानीय तहहरूको आर्थिक वर्ष २०८१र८२ को समीक्षा कार्यक्रम सुरु भएको हो । जिल्ला समन्वय समितिको आयोजनामा समितिकै सभाहलमा आइतबारबाट सुरु भएको कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तह साथै सरकारी कार्यालय र गैरसरकारी कार्यालयहरूले समीक्षा प्रस्तुत गर्ने छन् । आइतबार कार्यक्रमको उद्घाटन पछि सबैभन्दा पहिले जिल्ला अस्पताल कार्यालयले प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदन प्रस्तुतिको सिलसिलामा जिल्लाका अस्पतालका प्रमुख मेडिकल सुपरिटेनडेन्ट डा। प्रनाम जयरुले अस्पताल
इटहरी । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको
इटहरी । वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएका धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको गत ४ गते मृत्यु भयोे। केही दिनअघि कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी पर्नुभएका मगरको उपचारको क्रममा मृत्यु भएको थियो । पारिवारिक स्रोतका अनुसार श्रीमानको मृत्युको खबर सुनेर विक्षिप्त भई बेहोस हुनुभएकी उहाँकी श्रीमती विद्या मगरको तीन दिनपछि ७ गते मृत्यु भयो । विद्यालाई उपचारका लागि जितपुर नगर अस्पताल पु¥याउँदा पहिले नै मृत्यु भइसकेको घोषणा चिकित्सकले गरिदिएको विद्याका दाजु गणेश मगरले जानकारी दिनुभयो । डम्बर दुई वर्षअघि २०८० असारमा वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएको थियो । श्रीमती विद
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.