इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कमलुङ) क्षेत्रको फोटोपुस्तक ‘पाथीभरा’ सार्वजनिक गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले प्रकाशन गरेको उक्त फोटो पुस्तक आइतबार सार्वजनिक गरिएको हो । सदरमुकाम फुङ्लिङमा समितिले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमकाबिच फोटो पुस्तक ‘पाथीभरा’ सार्वजनिक गरिएको हो । प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वमन्त्री मणि लामा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनलगायतले संयुक्त रुपमा पुस्तकको सार्वजनिक गर्नुभएको हो । प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रवर
इटहरी । संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा नेपाल–चीन सीमामा रहेका स्तम्भहरूको निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल किमाथांका सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको टोलीले संयुक्त रुपमा स्तम्भहरुको निरीक्षण गरेको हो । सशस्त्र प्रहरी बल ४ नम्बर अरुण गुल्म चैनपुरअन्तर्गत पर्ने किमाथांका बिओपीका इन्चार्ज नविन खतिवडाको नेतृत्वमा सात जना सशस्त्र प्रहरी, चार जना नेपाल प्रहरी र चीनतर्फबाट आठ जना प्रहरी सहभागी थिए। टोलीले भोटखोला गाउँपालिका–१ किमाथांका क्षेत्रमा रहेका ६६, ६७, ६८र२, ६९र१ र ६९र२ नम्बरका जङ्गे पिल्लरहरूको निरीक्षण र अवस्थाबारे जानकारी लिनुका साथै वरपरको सरसफाइँ समेत
इटहरी। सत्तारुढ दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारको प्राथमिकतामा ठूला आयोजना रहेको बताउनुभएको छ। देशको विकास र समृद्धिमा परिवर्तन ल्याउनेगरी ठूला आयोजनालाई प्राथमिकता दिँदै सरकारले सोहीअनुसार लगानी केन्द्रित गर्ने योजना बनाएको भट्टराईले बताउनुभयो। गृह जिल्ला ताप्लेजुङमा प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले ठूला आयोजनालाई प्राथमिकता दिँदै लगानी केन्द्रित गर्ने र त्यस्ता आयोजनालाई समयमै सम्पन्न गराउन पनि वर्तमान सरकार लागिपरेको बताउनुभयो। प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईले ठूला आयोजनाले मात्र देशको विकासमा परिवर
बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका– १० प्रकासपुर स्थित जय सप्तकोशी इङ्लिस एकेडेमी मा एक दिने ‘स्पिक आउट एमसी सीप तालिम’ सम्पन्न भएको छ । जय सप्तकोशी इङ्लिस एकेडेमी बराहक्षेत्र -१० को आयोजनामा भएको एक दिवसिय तालिममा सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने कला र प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने सिकाइएको छ । उक्त तालिम विद्यार्थीहरुको लागि प्रभाबकारी भएको र एक दिने सिकाइ उपलब्धि मुलक रहेकाे उपस्थित विद्यार्थीहरु ले बताउछन् । कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा २०१६, जेसीआई नेपालका कमलनाथ दाहाल, २०२५, जेसीआई नेपालका सरनण लिम्बु र अर्जुन तामाङले स
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदी किनारमा धरान–१६ की १९ वर्षीया अनिता राईको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार आइतबार बिहान करिब ८ बजे स्थानीयवासी दाउरा खोज्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी धरान पठाउने तयारी गरेको छ । गत शुक्रबार बराहक्षेत्र–१ मा पर्ने मदन भण्डारी राजमार्गको दुध खोलामा मोटरसाइकलसहित बुबा–छोरी बगेका थिए । सो क्रममा बुबा जीवन राईलाई स्थानीयवासी र प्रहरीले तत्कालै उद्दार गर्न सफल भए पन
इटहरी । मोरङ र सुनसरीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडी–रमिते भित्री सडक खण्डमा शनिबार दिउँसो मे २ प ९०९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १० मिटर तल खसेर रुखमा ठोक्किँदा उर्लाबारी नगरपालिका–४ का १७ वर्षीय आरब डाँगीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याउँदा चिकित्सकले दिउँसो ४ः५० बजे मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा उर्लाबारीकै १७ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन् । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । त्यस्तै,
इटहरी। मोरङको विराटनगरमा आज भदौ १ ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदै छ । ०२५ सालदेखि खटयात्रा रथयात्रामा परिणत गरिएको हो । विराटनगरमा वि।सं। १९८८ देखि खटयात्रा थालिएको थियो । दिउँसो ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिनेछ । मुख्यमन्त्री हिक्मत कार्कीले पूजाअर्चना गरेपछि रथयात्रा थालिनेछ । भारतका विभिन्न स्थानबाट समेत भक्तजन सहभागी हुने यो रथयात्रालाई अझ भव्य र व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक सहयोग पुर्याउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
इटहरी। इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने तयारी गरिरहेको बेला गाउँपालिकाले पनि यसलाई अगाडि बढाएको हो। गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार, माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषा किरात सिरिजङ्गा लिपिमा लेखिने० लाई आधिकारिक कामकाजी भाषाका रूपमा प्रयोग गर्न एक जना भाषिक सहजकर्ता सहायक पाँचौँ तह नियुक्त गर्ने तयारी भइरहेको छ। यसका लागि छ जनाले आवेदन दिएका छन् र आगामी भदौ ४ गते बुधबार छनोट परीक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाए
इटहरी । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१र८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला र केचना–कञ्चनजङ्गा ९मेची करिडोर० सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो । जोगमाई खोलामा रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो
इटहरी। भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक कृषि शिक्षण गराउँदै आएको छ । यहाँका कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक शिक्षणमा जोड दिइएको हो । विद्यालय नजिकै १५ रोपनी जग्गा लिजमा लिएर आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको ज्ञान र सीप प्रदान गर्ने काम भइरहेको विद्यालयका प्रधानाध्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.