इटहरी । इजरायलमा हमासद्धारा मारिएका नेपाली युवा विपिन जोशीको शव सोमबार काठमाडौं ल्याइएको छ । सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जोशीको पार्थिव शरीर आइपुगेको हो । विपिनको पार्थिव शरिरलाई नेपाल ल्याएपछि त्रिभुवन विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यस्तै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, मुख्य सचिव एक नारायण अर्याल, नेपालका लागि इजरायली राजदूत लगाएतले बिपिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका थिए । सो क्रममा प्रधानमन्त्री कार्कीले बिपिनलाई सकुशल स्वदेश फिर्ता गर्न हरसम्भव प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो ।
बिपिन प्रत्येक नेपाली आमाको छोरा भएकाले अव कसैले बिपिनलाई बिर्सन नसक्ने उहाले बताउनुभयो । शवलाई आजै कञ्चनपुरको भिमदत्तनगर स्थित विपिनको घर लगिने र त्यहीं अन्तिम संस्कार गरिने तयारी गरिएको छ । सरकारले विपिनको पाार्थिव शरिरलाई सेनाको विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुस्थीत घरमा पुराउने व्यवस्था मिलाएको थियो । अध्ययनका लागि इजरायल पुग्नु भएका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुज्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो । लामो समयसम्म जोशी बेपत्ता रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले मृत्यु पुष्टि गरेका थिए । इजरायल–हमास युद्धविराम पछि बन्दी साटासाटका क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।


