इटहरी । खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको सम्मानमा थापालाई दश हजार नगदसहितको पुरस्कृत गरिएको हो । शहीद मनोज जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले संयुक्त रूपमा पुरस्कृत शिक्षक थापालाई नगद राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापाको
इटहरी। फुङलिङ बजार क्षेत्रभित्र रहेका सुँगुरको खोर हटाउन पुनः दोस्रो पटक फुङलिङ नगरपालिकाले सूचना जारी गरेको छ । यही साउन ११ गते बसेको कार्यपालिकाको ७० औं बैठकले पुनः सुँगुरको खोर हटाउनेसम्बन्धी दोस्रो पटक सूचना जारी गर्ने निर्णय भएका हो । नगरपालिकाले यसअघि गत असार २७ गते पहिलो पटक सुँगुरको खोर व्यवस्थापन गर्न लागि सूचना जारी गरेको थियो । त्यस सूचनाको बेवास्ता गरी स्थानीयले खोर हटाउनुको सट्टा र्यालीसहित विरोध जनाएका थिए । सयौँ स्थानीयले रोजगारको रुपमा सुँगुर पालनको व्यवसाय गरिरहेको हटाउन नहुने अडानका साथ फुङलिङ बजारमा विरोध प्रदर्शन गरेका थिए । जसको सम्बोधन छलफलमा लाग्नको सट्टा नग
इटहरी। रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेती हराउदै गएको छ । मानव स्वास्थ्यका लागि पोसिलो तथा औषधीय गुणयुक्त कोदो खेती गर्ने कृषक नहुँदा कोदो खेती हराउँदै गएको हो । कोदो बालिमा भन्दा अन्य बालिमा किसानको आर्कषण बढदा जिल्लाको उत्तरी क्षेत्र वराहक्षेत्र नगरको सूर्य कुण्ड र धरनको विष्णु पादुका क्षेत्रमा लगाउने कोदो खेतीको क्षेत्रफल किसानले घटाउदै लगेको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । अरु बालीभन्दा कोदो खेती झन्झटिलो हुने र कम उत्पादन हुने बाली भएकाले किसानको आर्कषण कोदो खेतीमा घट्दै गएको छ । सुनसरी जिल्लामा ४६५ हेक्टरमा मात्रै कोदो खेती हुँदै आएको कृषि ज्ञ
इटहरी । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा एक हजार ६४४, सुनसरीमा एक हजार ४५१ र उदयपुरमा एक हजार २३१ घर निर्माण भएका हुन् । जनता आवास कार्यक्रम मोरङका फोकल पर्सन सबइन्जिनियर ओम शर्माका अनुसार सङ्घीय सरकारको क्रमागत योजना अन्तर्गत कोशी प्रदेश सरकारलाई हस्तान्तरण भएका र प्रदेश सरकार जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण हुँदै आएका छन् । प्रदेश सरकारले जनता आवास कार्यक्रम अब जिल्लास्थित पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेको छ । कोशीका १४ जिल्लामा पूर्वाधार क
इटहरी । योङ कम्युनिस्ट लिग नेपाल ९वाइसिएल० फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षमा मिराक लिम्बू चयन हुनुभएको छ । वाइसिएल गाउँपालिका कमिटीको बिहीबार सम्पन्न तेस्रो पालिका सम्मेलनले लिम्बू अध्यक्ष रहेको ३५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो । पालिका कमिटी उपाध्यक्षहरुमा सन्तोष लिङ्खिम, आइतराज लिम्बू र सुवास आङ्बुहाङ चयन हुनुभएको छ । यस्तै सचिवमा सुरेश फेम्बु लिम्बू, सहसचिवहरुमा सरोज ताप्मादेन, मनोज लिम्बू, चितहाङ लिम्बू ९निशान० र कोषाध्यक्षमा विराज लिम्बू चयन हुनुभएको वाइसिएलका जिल्ला अध्यक्ष सन्जिप माबो लिम्बूले जानकारी दिनुभयो । वाइसिएलको पालिका सम्मेलन नेकपा ९माओवादी केन्द्र० का के
इटहरी। श्रीमानले कोदालो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । श्रीमानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा मृत्यु भएको हो । पाँचथरको फालेलुङ गाउँपालिका–७ आहाले घर भई सदरमुकाम फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी राईलाई २७ वर्षीय श्रीमान महेन्द्र तामाङले बुधबार राति कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० रुपेश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार घरबाट ससुराली आएका तामाङले पारिवारिक विवादमा श्रीमतीमाथि कोदालो प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कोदालोको पासोले लाग्दा गम्भीर घाइते भएकी
इटहरी । रामधुनी नगरपालिका–३ मा बसोबास गर्दै आएका ५ सय ६० जना भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा (अस्थायी पुर्जा) वितरण गरिएको छ । मंगलबार भूमि समस्या समाधान आयोग सुनसरीका विज्ञ सदस्य शैलेन्द्र राई समेतको उपस्थितिमा वडाले भबिष्यमा लालपुर्जा दिनेगरी निस्सा वितरण गरेको हो । जसमा ९० जना भूमिहीन दलित, १ सय ७० जना भूमिहीन सुकुम्बासी र ३ सय जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । निस्सा वितरण गर्दै वडा अध्यक्ष बुधनारायण चौधरीले सुकुम्बासी नागरिकले भबिष्यमा लालपुर्जा पाउने प्रकृया सुरु भएको र त्यसका लागि वडाले पहल गर्ने बताउनुभयो । त्यस्तै निस्सा
इटहरी । पथरी ११ फुटबल क्लबले आज एक औपचारिक पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको वार्षिक आर्थिक विवरण सार्वजनिक गर्नुका साथै दोस्रो पथरी शनिश्चरे गोल्डकप २०८२ को औपचारिक घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबको पथरी स्थित शिखर चोकको प्रधान कार्यालयमा सोको जानकारी दिईएको हो । कार्यक्रमको सुरुवातमा क्लबका सदस्य तथा कोच अर्जुन बस्नेत र प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप संयोजक जितन राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने पथरी शनिश्चरे नगरपालिकाका खेलकुद संयोजक दिपक राईले खेलको महत्त्वबारे जानकारी गराउनुभएको थियो । सोही क्रममा क्लबका अध्यक्ष सुमन बिकले
इटहरी । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारलाई थप मदत पुर्याउने उद्देश्यसहित पाथीभरा धामबाट बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो । लाखेजात्रा सञ्चालन समितिद्वारा आगामी साउन २४ गतेदेखि फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदान सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रोदर्श फुटबल क्लब इटहरी सुनसरीबिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै दोस्रो खेलमा सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुँदैछ । यो दुई टीमबीचको खेल साउन २५ गते हुने तालिकामा
इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले काठमाडौँमा आयोजना गरेको चारदिने एकीकृत सेवा शिविरमा पाँच हजारभन्दा बढी नगरवासीले सेवा लिएका छन् भने साढे १३ लाख राजस्व सङ्कलन भएको छ । काठमाडौँमा बस्दै आएका पाँच हजार ३३५ नगरवासीले शिविरबाट सेवा लिएका छन् १३ लाख ४५ हजार ५६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । विभिन्न कामको व्यस्तता तथा बर्खायामको समयमा भौतिक रुपमा नगरपालिकामै आएर नागरिकलाई सेवा लिन व्यवसायी, फरक क्षमता भएका व्यक्ति, आर्थिक रुपले विपन्न र अस्पताल जानुपर्ने समस्या भएका नागरिकहरुलाई सहज सेवा दिने अभिप्रायले काठमाडौँमा शिविर आयोजना गरिएको सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.