All Posts By कोशी प्रेस

    Showing ५,०११-५,०२० of १२,९१९ items.
  • एसईईमा उत्कृष्ट अंक ल्याउने छोरालाई बुबाबाट ६ लाखको बीमा पोलेसी उपहार

    भोजपुर | बदलिंदो समयसँगै उत्सव, विवाह वा विशेष अवसरहरूमा गहना वा जिन्सी उपहार दिनुको सट्टा बीमा पोलेसी उपहार दिने चलन विस्तार हुँदै गएको छ।त्यही सन्दर्भमा, भोजपुर नगरपालिका–१२ टक्सार निवासी खेमराज खत्रीले एसईई परीक्षामा उत्कृष्ट अंकसहित सफल भएका छोरा खगेन्द्र खत्रीलाई बीमा पोलेसी उपहार दिएका छन्। उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, भोजपुर उपशाखामार्फत ६ लाख रुपैयाँको "अनमोल रत्न बाल सावधिक जीवन बीमा योजना" अन्तर्गत बीमा पोलेसी प्रदान गरेका हुन्।उक्त बीमा पोलेसी हिमालयन लाइफ इन्स्योरेन्सको भोजपुर उपशाखा प्रमुख बिमल रणपहेलीले खगेन्द्र खत्रीकी आमा ध्रुवकला  बुढाथोकीलाई हस्तान्तरण

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ९२३ पटक पढिएको
  • धार्मिक क्षेत्र संरक्षण र जल व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा ः मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण तथा सुधार र जल व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । आज वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुनसरीको वराहक्षेत्र नगरपालिका(१ स्थित वराहक्षेत्र मन्दिरमा आयोजित दोस्रो वराहजयन्ती कार्यक्रममा उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक महत्त्वलाई कायम राख्दै यसको संरक्षणप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । हरेक वर्ष हजारौँ श्रद्धालुहरूको आगमन हुने यस तीर्थस्थलमा पूर्वाधार र संरचनाको स्तरोन्नति अपरिहार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरक

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३३४ पटक पढिएको
  • नेपाल मुस्लिम संघ, इटहरी नगर समिति : मोहम्मद नौशाद आलमको नेतृत्वमा २५ सदस्यीय समिति सर्वसम्मत चयन

    इटहरी | नेपाल मुस्लिम संघ, इटहरी नगर समितिको प्रथम नगर अधिवेशनबाट मोहम्मद नौशाद आलमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।नगर समितिका संयोजक मोहम्मद नौशाद आलमको अध्यक्षता तथा नेपाल मुस्लिम संघ कोशी प्रदेश कार्यसमितिका सभापति एवं कोशी प्रदेशसभा सदस्य हाजी इस्राईल मसूरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।नयाँ निर्वाचित कार्यसमितिमा अध्यक्षमा मोहम्मद नौशाद आलम, उपाध्यक्षमा सविर मियाँ र इन्तियात बरकाती, सचिवमा नुर मोहमत सहसचिवमा कमाल आलम, कोषाध्यक्षमा जरिना खातुन, सहकोषाध्यक्षमा मोहमत इलियास रहेका छन्। त्यस्तै, सदस्यहरूमा दिलबर अली, जैतुन खातुन, खलिल मियाँसहित २५

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ८२६ पटक पढिएको
  • खोटाङ मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु

    इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । विभिन्न सात बुँदे माग राख्दै प्रमुख भट्टराईले साउन ११ गते (आइतबार) बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो । खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ ।  बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग भट्टराईको छ । बाँस, बाँसबाट बनेका मान्द्रो लगायतका सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी लिएर खोटाङबाट साउन ४ गते काठमाडौँ जानुभएका प्रमुख भट्टराईले आज बिहानबाट सत्याग्रह सुरु गर्नुभएको

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३४३ पटक पढिएको
  • ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु

    इटहरी । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो । सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आइतबार बिहान करिब ९ बजे बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ३० वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ । दुर्घटनामा परेको बोलेरोमा विक र चालक मा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • २०५ पटक पढिएको
  • बाढीले मोटर गुड्ने पुल बगाएपछि स्ट्रेचरमा बोकेर बिरामीको उद्धार

    इटहरी । बाढीले मोटर गुड्ने  पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो । फक्ताङलुङ गाउँपालिका –५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति पुगेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ । यस्तै, मर्कामा गएराति फक्ताङलुङ –६ लुङथुङका स्थानीय परेका छन् । करिब ३० वर्षीया महिला पेम्बा शेर्पा सिकिस्त बिरामी परेपछि स्थानीयले घण्टौँसम्म बोकेर उहाँको उद्धार गरेका छन् ।

    • प्रकाशित मितिः साउन ११, २०८२
    • १९५ पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

    इटहरी । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिनुभयो । आव २०८०र८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कानुसार आव २०८१र८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची

    • प्रकाशित मितिः साउन ११, २०८२
    • २६३ पटक पढिएको
  • हात्तीको आक्रमणमा परेर दुई दिदीबहिनी गम्भीर घाइते

    इटहरी । झापाको दमकमा आइतबार बिहान हात्तीको आक्रमणमा परेर दुई जना दिदीबहिनी गम्भीर घाइते भएका छन् । बिहान करिब ४ बजेतिर मर्निङ वाकमा गएको बेला दमक वडा नं। १ बरगाछी नजिक जङ्गली हात्तीको आक्रमणमा परेर स्थानीय सुनिता राई र कविता राई गम्भीर घाइते हुनुभएको हो । वडा नं। १ का वडाध्यक्ष हरीप्रसाद न्यौपानेका अनुसार बिहान पख हात्तीले दुवैलाई फ्याँकेर छोडेको स्थानीयले तत्कालै देखेपछि उद्धार गरेर दमक अस्पताल ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगर लगिएको छ । स्थानीय हम्सेदुम्से सामुदायिक वनबाट निस्केको हात्ती घटनापछि वनतर्फ गएको पनि बताइएको छ ।

    • प्रकाशित मितिः साउन ११, २०८२
    • २९६ पटक पढिएको
  • मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द

    इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमाको सिमाना भई बग्ने मुङ्वाखोलामा ह्युमपाइप बिच्छ्याई डाइभर्सन निर्माण तथा ढलानको काम भइरहेकाले उक्त समयावधिसम्म सडक बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ । हाल मङ्वाखोलामा मेवा डेभलपर्स हाइड्रोपावर लिमिटेडले डाइभर्सन निर्माणको काम गरिर

    • प्रकाशित मितिः साउन ११, २०८२
    • २०९ पटक पढिएको
  • झापामा मानव–हात्ती द्वन्द्व, एक वर्षमा ६ मानव र ४ हात्तीको मृत्यु

    इटहरी । झापामा एक वर्षमा मानव–हात्ती द्वन्द्वमा परी छ जना मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएका छन् ।  डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१ र८२ मा जिल्लामा हातीको आव्रmमणमा परी छ जनाले ज्यान गुमाएका हुन् । उनीहरूलाई १० लाखका दरले ६० लाख रुपियाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताउनुभयो । हात्तीबाट मानवीय क्षति भइरहँदा हात्तीले पनि क्षति बेहोरिरहेका छन् । एक वर्षमा चार वटा हात्तीको विभिन्न कारणले मृत्यु भएको छ । हात्तीको आव्रmमणबाट झापामा सात जना सख्त घाइते भएका थिए । उनीहरूलाई उपचार खर्चबापत सात लाख ३८ हजार ४३२ रुपियाँ प्रदान गरिएको थियो । त्यस्तै

    • प्रकाशित मितिः साउन ११, २०८२
    • २२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]