इटहरी । मोरङको पथरी बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । विसं २०७६ चैत ९ गते कर्तव्यगरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मङ्गलबार पक्राउ गरी आजै मोरङ पठाइएको ललितपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगत छ वर्षदेखि फरार भएका तामाङलाई सुराकीको आधारमा निजकी दिदी अनु तामाङको निवासबाट प्रहरी प्रभाग भैँसीपाटीका इञ्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको थियो । आफ्नो स्थायी ठेगानासमेत बदली लुकिछिपी बसेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ । मानबहा
इटहरी । झापाको दमकमा स्कुटरको ठक्करबाट घाइते भएका एक वृद्धको मृत्यु भएको छ । दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मङ्गलवार राति उपचारका क्रममा निधन भएको हो । श्रेष्ठलाई असार २९ गते साँझ दमक–१० को जहदा टोलमा पैदल हिँडिरहेको बेला मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल दमकको निम्स अस्पतालमा पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि परिवारले उनीलाई पुनः घर फर्काएका थिए। स्वास्थ्य अवस्था झन् गम्भीर भएपछि उनलाई दमक अस्पतालमा भर्ना गरिएको थियो। तर, मङ्गलवार राति ८स्५८ बजे उपचारकै क्रममा मृत्यु भएको झापा प्रहरीले ज
इटहरी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा रोपाइँले गति लिन सकेको छैन । असारको अन्तिमसम्म आइपुग्दा जिल्लामा जम्मा ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । जिल्लामा कुल ८ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । तर भरपर्दो सिचाइँ सुविधा अभाव, पहाडी क्षेत्रमा भइरहेको खण्ड वृष्टिले अधिकांश किसानले राखेको बिउ अझै ब्याडमै रहेको ज्ञान केन्द्रका प्रमुख छत्र विकले बताउनुभयो । साथै विकका अनुसार, पछिल्लो समय सहरी क्षेत्रमा बसाइसराइ बढ्नु, कृषिमा युवाको चासो घट्नु र जागिरे मानसिकताका कारण धेरै खेत बाँझिन थालेका छन् ।
इटहरी । रामधुनी मन्दिर जाने सड्क जिर्ण बन्दै गएपछि सडक पुनः कालोपत्रे गर्न थालिएको छ । रामको पाउँ स्पर्श भएको मन्दिर क्षेत्रमा जाने सड्क विग्रिएपछि सड्क कालोपत्रे गर्न थालिएको रामधुनी नगरपालिकाले जनाएको छ । संघीय सड्क बोर्डबाट विनयोजन भएको रकमबाट रामधुनी नगरपालिकाले ठेक्का खुलाएर सडकको काम सुरु गरिएको हो । सड्क बोर्डको बजेटमार्फत भगवान रामको पाउ स्पर्श भएको सुनसरीको रामधुनी मन्दिर पुग्न विग्रिएको ६६० मिटर सड्कमा कालोपत्रे गर्ने थालिएको छ । पाँच मिटर लम्बाई भएको सड्कको ४ दशमलब ५ मिटर कालोपत्रे हुने रामधुनी वडा ४ का वडा अध्यक्ष कमल कार्कीले बताउनुभयो । उहाँका अनुसार ४९ लाख ६२ हजार ४५१ रुपियाँमा
इटहरी । मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो । हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् । भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । ‘मेड इन जापान’ लेखिएको १ थान पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद भएको उनले बताइन् । पक्राउ परेका हरिकुमारको साथब
बराहक्षेत्र, सुनसरी – बराहक्षेत्र नगरपालिकाले यस आर्थिक वर्षमा पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन शीर्षकमा विनियोजन गरेको २५ लाख रुपैयाँमध्ये २३ लाख ५८ हजार ६ सय ७८ रुपैयाँ खर्च गर्दा सार्वजनिक खरिद नियमावली २०६४ को उल्लंघन भएको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको छ ।सार्वजनिक खरिद नियमावलीको नियम ३१ अनुसार बीस लाख रुपैयाँभन्दा बढीको सेवा खरिद खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने उल्लेख छ। तर नगरपालिकाले सूचना तथा सन्देश प्रकाशनको काममा कुनै सार्वजनिक सूचना जारी नगरी, नगर प्रमुखको तोक आदेशकै भरमा मिडियाहरुलाई रकम वितरण गरेको देखिएको हो।महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ, “पाल
इटहरी । एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ ।सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्रयाक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । यसको असर सिँचाइ आयोजनामा परेको छ । स्थानीय पूर्णबहादुर सम्बाहाम्फेक
इटहरी । मोरङको पथरीशनिश्चरेकी २२ वर्षीय रिजु भट्टराईले मिस ग्लोबल २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगिता युरोपको अल्बानियामा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विश्वका ६० भन्दा बढी देशका प्रतियोगी सहभागी हुने छन् । गत फागुनमा भएको राष्ट्रिय प्रतियोगिताबाट छनोट हुँदै रिजु मिस ग्लोबल २०२५ का लागि छनोट हुनुभएको हो । सन् २०१९ मा ‘मिस पथरी’ को उपाधि जित्नुभएकी रिजुले २०२१ मा ‘मिस पूर्वाञ्चल’ को उपाधि जित्नुभएको थियो ।
धरान | सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको नयाँ कार्यसमिति निर्वाचन सम्पन्न भएको छ । सङ्घको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी भएका छन् । उनले १६०५ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी शिवराज श्रेष्ठलाई ९५८ मतले पराजित गरेका हुन् । शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गरे ।उद्योग सदस्यतर्फ कृष्ण प्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५० र महेन्द्र प्रधानले ५४६ मत प्राप्त गर्दै विजयी भएका छन् । सोही पदका लागि उमेश अग्रवालले २१३, खड्ग बहादुर बस्नेत (राजु)ले २१६ र शिवानन्द साहले २६१ मत प्राप्त गरेका थिए ।वाणिज्य महिला सदस्यतर्फ वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गर्दै विजय हासिल गरिन् ।
इटहरी । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग मङ्गलबारदेखि सञ्चालनमा आएको छ । गत २५ गते देखि अवरुद्ध भएको लोकमार्ग करिब एक सातापछि सञ्चालनमा आएको हो । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा अवस्थित उक्त लोकमार्गको अस्थायी मोटरबेल काठेपुल साथै करिव २ सय मिटर सडक बाढीले बगाउँदा यातायात ठप्प भएको थियो । गत असार २७ गतेदेखि सुरु भएको मर्मत कार्य मङ्गलबार सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । बाढीले बगाएको लेलेप थाक्पुखोला लावाजेन जाने बाटो र उत्तर दक्षिण लोकमार्ग पुनर्निर्माणमा दुई वटा एक्स्काभेटर मेस
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.