All Posts By कोशी प्रेस

    Showing ५,२५१-५,२६० of १२,९३७ items.
  • कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चमा सुधार

    इटहरी । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चमा सुधार गरेको छ । कोशी सरकारले चालु वर्षमा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गर्न सफल भएको छ भने पुँजीगत बजेट कार्यान्वयनमा पनि विगतको तुलनामा उल्लेख्य सुधार गरेको छ । कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै यस वर्षका लागि विनियोजन भएको ३५ अर्ब २७ करोड ९३ लाख रुपियाँको बजेटमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपियाँ खर्च भएको जनाएको छ । सार्वजनिक गरिएको विवरणअनुसार सरकारले गतवर्षको तुलनामा खर्चमा सुधार गरेको छ । साथै सरकारले भने पुँजीगत खर्चतर्फ उल्लेख्य सुधार गरेको छ । गत आर्थिक व

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३७१ पटक पढिएको
  • स्वास्थ्य शाखाको तथ्याङ्कमा रिषिदेव समुदायका ५०% बालबालिका कुपोषण को चपेटामा

    इटहरी । दुहबी नगरपालिकाको स्वास्थ्य शाखाले तयार पारेको तथ्याङ्कले    रिषिदेव समुदायका  ५० प्रतिशत बालबालिका हरुमा  कुपोषणको शिकार बन्दै गएको   देखाएको छ । दुहबी नगरपालिकामा पोषणमैत्री  स्थानिय शासनको अवधारणा सम्वन्धी  अभिमुखिकरण कार्यक्रममा  स्वास्थ्य शाखाका प्रमुख बिन्देस्वर प्रसाद महतोले  उक्त डाटा  सार्वजनिक गर्नुभएको हो ।  दुहबी  नगरपालिकामा बार्षिक  लगभग ११ सय ५० बालबालिकाको  जन्मदर  रहेको  त्यसमा ३३% कुपोषित बालबालिका  देखिएको तथ्याङ्क भेटीएको छ ।   दुहबी  नगरपालिकामा १०%  जनसंख्

    • प्रकाशित मितिः असार २६, २०८२
    • १४३ पटक पढिएको
  • बौदिक अपांगता भएका विद्यार्थीलाई पोशाक वितरण

    इटहरी । धनकुटा नगरपालिका वडा नं. १० मा रहको श्री आधारभूत विद्यालयका विद्यार्थीले पोशाक पाएका छन् । विद्यालयमा अध्ययनरत बौदिक अपांगता भएका १८ जना विद्यार्थीलाई पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष तथा धनकुटा साप्ताहिकका प्रकाशक राजेश्वर बहादुर श्रेष्ठले आमाबाबुको स्मृतिमा पोशाक वितरण गर्नुभएको हो । हालै कोशी प्रदेश सरकार द्धारा अग्रज पत्रकारको रुपमा पुरस्कृत हुनुभएका श्रेष्ठले विद्यार्थीलाई पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गर्नुभएको हो । उहाँले सामाजिक सेवा अन्तरगत पुरस्कारको रकमबाट पोशाक वितरण गरेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धत

    • प्रकाशित मितिः असार २६, २०८२
    • १७० पटक पढिएको
  • नेपाली सेनाद्दारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

    इटहरी । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् । मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको थियो । उक्त शिविर सञ्चालनका क्रममा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सकसहित औषधि र उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय तथा नेपाली से

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३७० पटक पढिएको
  • चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता

    इटहरी । षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ । एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको हो । विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउदा पठनपाठनमा असहजता भइरहेको अवस्थामा घेराबाराले सहजता भएको विद्यालयका प्रधानाध्यापक प्रशुराम काफ्ले बताउनुभयो । मुलबाटो छेउको विद्यालय भएकाले घेराबारा भएपछि विद्यालय सञ्चालनमा सहजता भएको उहाँको भनाइ छ । नजिककै हाटबजार लाग्ने भएकाले मादक पदार्थ खाएर मानिसहरु प्रबेश गरिदिँदा धेरै समस्या रहेकोमा अहिले सहजता भए

    • प्रकाशित मितिः असार २६, २०८२
    • १३९ पटक पढिएको
  • पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन सिडियोद्वारा अनुगमन

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको मोरङ्गका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनुगमन गर्नुभएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा निर्माण भइरहेको नयाँ प्रशासनिक भवनको प्रमुख जिल्ला अधिकारी यादवले अनुगमन गर्नुभएको हो । सोही क्रममा उहाँले वडा नं. १० कै आर.सी.ओ. भवनको पनि अनुगमन गर्नुभएको थियो । गएको जेठ ५ गते एक कार्यक्रमका बीच उक्त प्रशासनिक भवनको शिलान्यास गरिएको थियो । निर्माणाधीन पाँच तले प्रशासनिक भवनको क्षेत्रफल ९ हजार २ सय ५२ स्क्वर फुट रहने छ । अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री र बालबालिकामैत्री भवन निर्माण हुनेछ । भवन भ्याट र पिएस सहि

    • प्रकाशित मितिः असार २६, २०८२
    • १८६ पटक पढिएको
  • मजदुरको न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता

    इटहरी । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमार्फत ‘न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन’सम्बन्धमा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले आज बुझाउनुभएको चार बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले मजदुरको सहज जीवनयापनका लागि पुग्ने पारिश्रमिक निर्धारण गर्नरगराउन प्रदेश सरकारले रोजगारदातासँग छलफल गरी कार्यान्वयन गराउने बताउनुभयो । मन्त्री राईले मजदुरहरूले मुलुकमा प्रजातन्त्र, लोकतन्त्रसहित सङ्घीयता स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याएका चर्

    • प्रकाशित मितिः असार २६, २०८२
    • २७५ पटक पढिएको
  • विराटनगरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

    इटहरी । भारतको जोगवनीदेखि लागुऔषध लिएर आउँदै गरेका २ जनालाई प्रहरीले विराटनगरबाट बुधबार साँझ पक्राउ गरेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३३ वर्षीय श्यामबहादुर पौडेल र मोरङको बूढीगंगा गाउँपालिका–३ का ३७ वर्षीय बिन्दुराज महत्रा पक्राउ परेको प्रहरीले जनाएको छ । भारतको जोगवनीबाट पैदल नै नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । दुवै जनालाई विराटनगर महानगरपालिका–१६ स्थित ३ नम्बर ढाटनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेकाविरुद्ध लाग

    • प्रकाशित मितिः असार २६, २०८२
    • २७० पटक पढिएको
  • मोरङमा ठूलो परिमाणसहित गाँजा बरामद

    इटहरी । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोलानजिकै उखुबारीबाट बुधबार साँझ ठूलो परिमाणमा गाँजा बरामद भएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चोकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले साँझ ६ः३५ बजेतिर गाँजा बरामद गरेको हो । गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा बरामद गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो । संयुक्त टोलीले २६ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उखुबारीबाट गाँजा बरामद गरेको हो । बरामद गरेर तौल गर्दा गाँजा ८ सय २ किलो रहेको डीएसपी चुँडा

    • प्रकाशित मितिः असार २६, २०८२
    • २३९ पटक पढिएको
  • विराटनगरमा श्रमिकहरूले दबावमूलक र्यालीको आयोजना

    इटहरी । न्यूनतम पारिश्रमिक बृद्धि र श्रम कानूनको प्रभावकारी कार्यान्वयनको माग गर्दै विराटनगरमा श्रमिकहरूले दबावमूलक र्यालीको आयोजना गरेका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, कोशी प्रदेशको अगुवाइमा आयोजित र्याली स्थानीय संसारीमाइस्थानबाट सुरु भई महेन्द्र चौकमा कोणसभासहित सम्पन्न भयो। कोणसभामा श्रमिक नेताहरूले श्रम ऐनको अक्षरस पालना र सामाजिक सुरक्षामा सबै श्रमिकको समावेशको माग गरे। अखिल नेपाल मजदुर संगठनका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको हकमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे। नेपाल ट्रेड युनियन कांग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले न्यूनतम पारिश्रमिक ३० हजार ४ सय ४३ रूपैयाँ हुनुप

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]