इटहरी । जायज मागसहित देशभर प्रदर्शनमा उत्रिएको जेन–जेड पुस्ता माथि सरकारी पक्षबाट भएको दमनको विरोधमा मंगलबार पनि आन्दोलन चर्किएको छ । इटहरीमा २ जना सहित देशभर १९ जनाले ज्यान गुमाएपछि झनै उग्र बनेका प्रदर्शनकारीले देशभर नै  आन्दोलन  चर्काएका हुन । यसैबिच प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर  इटहरीमा सोमबार २ जनाको मृत्यु भए पछि आक्रोशीत भिडले मंगलबार प्रदर्शन सहित बिभिन्न क्षेत्रमा तोडफोठ र आगजनी गरेका छन् । जेनजी पुस्ताले मंगलबार इटहरीका मेयर हेमकर्ण पौडेल , नेपाली कांग्रेस र एमाले पार्टि कार्यालयमा आगजनी गरेका छन् भने कोशी प्रदेशका कानुनमन्त्री रेवती रमण भण्डारीको घरमा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले सोमबार उपमहानगर परिषर  र इलाका प्रहरी कार्यालयमा छिरेर तोडफोड मचाउनुका साथै बिभिन्न शाखाहरूमा आगजनी समेत गरेका थिए । त्यसको २४ घण्टा बित्न नपाउदै प्रदर्शनकारीहरूले  इटहरी १ आपगाछि स्थित मेयर पौडेलको घरमा पनि आगजनी गरेका हुन्  ।