All Posts By कोशी प्रेस

    Showing ५,२८१-५,२९० of १२,९३७ items.
  • तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नुखेती गर्दै

    इटहरी । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन् । लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो । वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताउनुभयो । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु। १० लाख मूल्यबराबरको सिस्नु प्रशोधन गर्ने मेसि

    • प्रकाशित मितिः असार २५, २०८२
    • ३७६ पटक पढिएको
  • मेची राजमार्ग १५ घण्टापछि पुनः सुचारु, बाढीले क्षति पुगेको डाइभर्सन मर्मत

    इटहरी । लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको मेची राजमार्ग सुचार भएको छ । अवरुद्ध भएको पाँचथरस्थित हेंवा खोलाको डाइभर्सन मर्मतपछि १५ घण्टापछि सुचारु भएको हो । फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा मङ्गलबार साँझ ६ बजे आएको बाढीले डाइभर्सनमा क्षति गर्दा यातायात पूर्णरूपमा ठप्प भएको थियो । सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको सक्रिय प्रयासपछि बुधबार बिहान डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । डाइभर्सन मर्मत गरी पुनः राजमार्गमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • १८६ पटक पढिएको
  • आगलागीबाट एक घर जलेर नष्ट

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आगलागीबाट एक घर नष्ट भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङ्देवा टाकुरेका टीकाराम पौडेलको घर आगलागीबाट नष्ट भएको हो । हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार ढुङ्गा, माटो र काठको प्रयोग गरी बनाइएको पौडेलको घर आगलागीबाट पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । घर आगलागी हुँदा भएको क्षतिको यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । यता विद्युत् सर्ट भएर घरमा आगलागी भएको हु

    • प्रकाशित मितिः असार २५, २०८२
    • २५१ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिका-९ मा डेंगु नियन्त्रणको लागि जनचेतना कार्यक्रम सम्पन्न

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा नं. ९ मा डेंगु रोग नियन्त्रण गर्न "खोज र नष्ट गर" अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा वडा नं. ९ का जनप्रतिनिधि, आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज, स्वयंसेवी संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।  कार्यक्रममा डेंगुको नियन्त्रण गर्न  पानी जम्ने सम्भावित स्थानहरू , फोहर ठाउँ ,खाडल, पुराना टायर आदि खोजी नष्ट गर्ने तथा सरसफाइ गर्ने आवश्यकताका बारेमा जानकारी दिइएको थियो। साथै, आधारभूत स्वास्थ्य केन्द्रको टोलीले बराहक्षेत्र नगरपालिका वडा नं. ९ को कार्यालयलाई "मायाको चिनो" हस्तान्तरण

    • प्रकाशित मितिः असार २४, २०८२
    • ४३२ पटक पढिएको
  • एसइई अपडेट: शत प्रतिशत पास र शून्य हुनेको संख्या बराबर चार

    इटहरी । शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले एसइईको नतिजाको अवस्था सार्वजनिक गरेको छ । मंगलबार माध्यमीक शिक्षा परिषद् शैक्षिक सत्र २०८१ मा कक्षा १० अर्थात् एसइईमा भोजपुर जिल्लाबाट प्राप्त नतिजा, उपलब्धि तथा विद्यालयहरूको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित समीक्षा कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ भोजपुरका इकाइ प्रमुखले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा जिल्लाभरिका सामुदायीक विद्यालय ७० वटा र संस्थागत विद्यालय ५ वटा गरी कुल ७५ वटा विद्यालयको सहभागिता रहेको थियो । परीक्षामा कुल २ हजार ९८ जना विद्यार्थीहरु सहभागी भएका थिए ।  जसमा ७ सय ४७ जना पास र  नन ग्रेड १

    • प्रकाशित मितिः असार २४, २०८२
    • ३२४ पटक पढिएको
  • इटहरी–६ मा महिला प्रतिनिधिहरूलाई प्रस्तावना लेखन र लागुऔषध दुव्र्यसन सम्बन्धी तीनदिने सचेतना कार्यक्रम सम्पन्न

    इटहरी । इटहरी उपमहानगरपालिका ६ नं वडामा रहेका बिभिन्न संघ संस्था एवम टोल कमिटीमा आवद्ध महिला प्रतिनिधिहरूलाइ ३ दिने क्षमता अभिबृद्धिका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन र लागुऔषध दुव्र्यवसन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय द्वारा आयोजित कार्यक्रममा महिला प्रतिनिधिहरूलाइ प्रस्तावना लेखन सम्बन्धी तालिम संगै लागु औषध दुव्र्यवसनीले समाज र घर परिवारमा पार्ने नकरात्मक असर साथै बर्तमान कानुनी प्रावधान दण्ड जरिवाना बारे सचेतना जगाइएको थियो । कार्यक्रममा ६० जना भन्दा बढी महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । असार २२ गते देखि सञ्चालन भएर २४ गते समापन गरिएको कार्यक्रममा उपमह

    • प्रकाशित मितिः असार २४, २०८२
    • ३९३ पटक पढिएको
  • विराटनगरमा ४ जनामा कोरोना संक्रमण पुष्टि

    इटहरी । कोरोना संक्रमित देखिन थालेसँगै विराटनगर महानगरले खोप सञ्चालन गर्ने भएको छ। महानगरका वरिष्ठ जनस्वाथ्य अधिकृत रमेश कार्कीका अनुसार पछिल्लो केही दिनयता महानगरमा संक्रमितको संख्या देखिएसँगै सतर्कता अपनाउँदै दीर्घरोगी, ५५ वर्षमाथि उमेर समूहलगायतका नागरिकलाई खोप लगाइने छ। कार्कीका अनुसार महानगरमा हाल ४ जनामा संक्रमण पुष्टि भएको छ। महानगरको वडा नम्बर २ मा दुई जना, वडा नम्बर ९ मा एक जना र वडा नम्बर १६ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। उनले दीर्घरोगीहरुले भीडभाडमा कम जाने र जानैपर्ने अवस्थामा मास्क लगाउनुपर्नेमा जोड दिए। महानगरले बुधबार र बिहीबार रानी अस्पताल, वैजनाथपुर अस्पताल

    • प्रकाशित मितिः असार २४, २०८२
    • २८१ पटक पढिएको
  • पोषणमैत्री स्थानिय शासनको अवधारणा सम्बन्धी अभिमुखिकरण

    इटहरी । दुहबी नगरपालिका  स्वास्थ्य शाखाको आयोजनमा  बहुक्षेत्रीय पोषण    महिला,  बालबालिका तथा किशोर किसोरीहरुका लागी  पोषण  अवस्था सुधारका लागी सरोकारवाला  र जनप्रतिनिधीहरुको ३ दिने अभिमुखिकरण   कार्यक्रम सुरु भएको छ । कार्यवाहक  नगर प्रमुख  मेनुका खतीवडाले  सोमबार उक्त कार्यक्रमको  उद्घाटन  गर्नुभएको हो ।  उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत   सुवर्ण घिमिरे,   जनस्वास्थ्य शाखा प्रमुख बिन्देश्वर  महतो,   फोकल पर्शन  उचित नारायण साह,  लगायत  वडा अध्यक्षहरु कार्य

    • प्रकाशित मितिः असार २४, २०८२
    • ३५४ पटक पढिएको
  • मोरङमा देवरले गरे भाउजूको हत्या

    इटहरी । मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडाले पारिवारिक सम्बन्धलाई हिंसात्मक मोडमा पुर्याएको छ । अंश विवाद ज्यानै लिने घटनामा परिणत भएको हो । यही असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्षीय टंकबहादुर बस्नेतले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ । टीकामाया बोल्न नसक्ने महिला थिइन् । बोली आउँदैनथ्यो, इसारामार्फत मात्र कुरा गर्न सक्थिन् । देवर टंकबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसलाई हिंसामा रूपान्तरण गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । केही समययता मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेनी भाइ टंक

    • प्रकाशित मितिः असार २४, २०८२
    • २९२ पटक पढिएको
  • विद्यालयमा हाजिरी, घरमा जानकारी

    इटहरी । तपाईं विद्यार्थी हुनुहुन्छ वा विद्यार्थी हुँदा कहिलेकाहीँ कक्षा छाडेर साथीभाइसँग कुनै रमाइलो गर्नका लागि भाग्नुभयो कि  वा आक्कलझुक्कल समाचारमा देखिने हाजिरी गरेर जागिर पचाउने शिक्षक त हुनुहुन्न कतिपय अवस्थामा रमाइला लाग्ने यस्ता घटना ओखलढुङ्गा सुनकोशी गाउँपालिकाका विद्यार्थी तथा शिक्षकले अब अनुभव गर्न नपाउने भएका छन् । विद्यार्थीले विद्यालयमा हाजिर गर्दा घरमा अविभावकलाई जानकारी दिने स्मार्ट हाजिरी प्रविधि सुरुवात गरिएपछि सुनकोशी गाउँपालिका–९ मा रहेको कटुन्जे माध्यमिक विद्यालयका विद्यार्थीले अब यस्तो अनुभव सँगाल्न पाउने छैनन् । किनकि घरबाट अध्ययनका लागि विद्यालय हिँडेपछि उनीहरू साँ

    • प्रकाशित मितिः असार २४, २०८२
    • ४०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]