इटहरी । विभिन्न ठाउँमा जारी रहेको जेन(जी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । प्रशासनको दमनपछि आक्रोशित भएका प्रदर्शनकारी सरकारी कार्यालयमा छिरेर तोडफोडमा उत्रिएका छन् । इटहरी उपमहानगरपालिकाभित्र पनि जेन(जी प्रवेश गरी तोडफोड गरेका छन् । उनीहरू प्रवेश गर्न लागेदेखि नै प्रहरीले अवरोध गरेपछि प्रहरीको घेर तोडेरै प्रदर्शनकारी कार्यालय भित्र छिरेका थिए । सोहीक्रममा झडप पनि भएको छ । प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र दर्जनबढी सेल अश्रुग्याँस प्रहार गरेको छ ।


