इटहरी । विराटनगरमा जेनजी पुस्ताका प्रदर्शनकारीहरू निषेधाज्ञा तोड्दै प्रदेशसभातर्फ अगाडि बढेका छन् । निषेधित क्षेत्रलाई तोड्दै उनीहरू सोमबार दिउँसो प्रदेशसभा भवन अगाडि पुगेका हुन् । देवकोटा चोकमा प्रहरीले राखेको ब्यारिकेड हटाउँदै उनीहरू प्रदेशसभा कार्यालयको गेटमा पुगेका हुन् । उनीहरूले अहिले प्रदेशसभा भवन र मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारी युवाहरूले अहिले सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जेनजी पुस्ताले प्रदर्शन गरेका हुन् ।


